back
CTIZAN AD

नौ व्यक्ति मृत अवस्थामा भेटिए, ५ जनाको पहिचान खुल्न बाँकी

वि.सं.२०७७ साउन ७ बुधवार

696 

shares

७ साउन,काठमाडौं । प्रहरी प्रधान कार्यालयले मंगलबार र बुधबार बिहानसम्म देशका विभिन्न ठाउँमा नौ जनाको मृत शरीर भेटिएको जानकारी दिएको छ । त्यसमध्ये ५ जनाको पहिचान खुल्न नसकेको बताइएको छ ।

कास्की: पोखरा महानगरपालिका-१९ अकला मन्दिरस्थित भेटिखोला किनारामा सोही महानगरपालिका-१६ कुरेचौर बस्ने ४८ वर्षीय बिष्णु आचार्य मंगलबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।

गोरखा: भिमसेन थापा गाउँपालिका-३ शिशवघारीस्थित बुढीगण्डकी नदीको किनारमा हाल नाम, थर, वतन, उमेर नखुलेका पुरुष मंगलबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।

बर्दिया: गेरुवा गाउँपालिका-१ माधवपुरस्थित गेरुवा कर्णाली नदीको दोभानमा हाल नाम, थर वतन, उमेर नखुलेकी महिला मंगलबार दिउँसो मृत अवस्थामा फेला परेकी छन् ।

जाजरकोट: भेरी नगरपालिका-१० आली बस्ने हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुष सोही ठाउँस्थित मकै बारीमा मंगलबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।

भोजपुर: अरुण गाउँपालिका-२ सराङ बस्ने ५८ वर्षीया जिता राई सोही ठाउँस्थित सुके खोलाको पानीमा मंगलबार साँझ मृत अवस्थामा फेला परेकी छन् ।

जाजरकोट: भेरी नगरपालिका-३ स्यांला बस्ने ४० वर्षीय पट बहादुर विक आफ्नै घरको आँगनमा बुधबार बिहान मृत अवस्थामा फेला परेका छन् ।

ललितपुर: ललितपुर महानगरपालिका-१२ ईटीचोकमा हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुष बुधबार बिहान मृत अवस्थामा फेला परेका छन् ।

चितवन: भरतपुर महानगरपालिका-४ गैंडाचोक नारायणी तिरस्थित बाँसको झ्याङमा हाल नाम, थर, वतन नखुलेकी करिब ५२ वर्षीया महिलाको शव बुधबार बिहान फेला परेको छ ।

जुम्ला: हिमा गाउँपालिका-४ कुदुस्थित सडकदेखि करिब ६० मिटर तल कोदो बारीमा सोही ठाउँ बस्ने ३५ वर्षीय लगम भन्ने लोक बहादुर शाही बुधबार बिहान मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ । छ ।

वि.सं.२०७७ साउन ७ बुधवार १८:३४ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...