back
CTIZAN AD

निगमलाई परेको समस्या बुझिदिन र सहयोग गर्न आग्रह

वि.सं.२०७७ साउन ७ बुधवार

714 

shares

७ साउन, काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आवश्यकता र औचित्यताका आधारमा तत्कालीन करार सेवामा कार्य गरेका कर्मचारीमध्येबाट व्यवस्थापन गर्ने नीति लिएको भन्दै अहिलेको कठिनाइप्रति धैर्यतापूर्वक सहयोग गरिदिन अनुरोध गरेको छ । निगम सञ्चालक समितिको आजको बैठकले सरोकारवाला सबै पक्षलाई अर्को व्यवस्था नहुञ्जेलसम्म निगमलाई परेको समस्या बुझिदिन आग्रह गरेको हो ।

निगमले कोभिड–१९ को प्रभावले निगमको आन्तरिक तथा अन्तरराष्ट्रिय उडानमा प्रत्यस असर परी आर्थिक दायित्व बढेको तथा ऋण सहायताबाट खरिद गरेका जहाजको साँवा तथा ब्याज भुक्तानी गर्नसमेत नसक्ने अवस्था आएकाले तत्कालीन करारमा कार्यरत जनशक्तिलाई निरन्तरता दिन नसकिएको स्पष्ट पारेको छ । करार सेवाका कर्मचारीको सम्झौता नवीकरण नभएपछि विरोधमा उत्रिएपछि निगम बाध्यात्मक परिस्थितिलाई बुझिदिन आग्रह गरिएको निगमले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

निगमले करार सेवाका १४५ कर्मचारीको साउनबाट सम्झौता नवीकरण नगर्ने निर्णय गरेको थियो । निगमको सञ्चालक समितिको गत असार ३ गतेको बैठकले एमए ६० र वाई १२ ई विमान सञ्चालनमा नल्याउने निर्णय गरेको थियो । चीनबाट ल्याइएका ती छवटै विमानको व्यावसायिक उडान बन्द गरेर नयाँ विमान खरिद गर्ने प्रक्रियामा निगम अघि बढेको छ । निगमको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको प्रतिवेदन निकट भविष्यमा प्राप्त हुने क्रममा रहेकाले उक्त प्रतिवेदनपश्चात् निगमको जनशक्ति व्यवस्थापनको आँकलन हुने निगमले विज्ञप्तिमा उल्लेख गरेको छ ।

सरकारी स्वामित्वको निगमले आन्तरिक उडानलाई निरन्तरता दिनुपर्ने बाध्यता छ । निगमले दुर्गम क्षेत्रमा रहेका नागरिकलाई भरपर्दो र विश्वसनीय सेवा तथा सुविधा दिनका लागि निकट भविष्यमा उडानलाई अगाडि बनाउने निर्णय गरेको छ । निगमको आन्तरिक सेवा र नियमित अन्तरराष्ट्रिय उडान शुरु भएपछि जनशक्ति व्यवस्थापनलाई आवश्यकताका आधारमा व्यवस्थापन गरिने पनि निगमले उल्लेख गरेको छ

वि.सं.२०७७ साउन ७ बुधवार १८:५६ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

वरिष्ठ पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सशरीर अदालतमा...

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

रेजिडेन्ट र इन्टर्न चिकित्सकका माग तत्काल सम्बोधन गर्न नेपाल चिकित्सक संघको माग

काठमाडौं । नेपाल चिकित्सक संघले देशका विभिन्न मेडिकल कलेजका रेजिडेन्ट...

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...