back

श्रीकृष्ण बम मल्लको शब्द संगीतमा अन्जु पन्तको स्वरमा तीज गीत ‘आमाले नदुखाउनु मन’ सार्बजनिक

वि.सं.२०७७ साउन ९ शुक्रवार

246 

shares
NTC AD
Global IME AD

९ साउन, काठमाडौँ । पोहोर साल जस्तै यस बर्ष पनि नेपालि नारीहरुको महान चाड हरितालिका तीज २०७७ लाई लक्षित गर्दै बिभिन्न गीतहरु बजारमा आइरहेका छन् । यस भित्र धेरै गीत मात्र व्यवसाय केन्द्रित बनाईएको छ । यसैलाई ध्यानमा राख्दै मौलिक संस्कृति र परम्पराको जगेर्ना गर्ने उदेस्य सहित संगीतकार तथा गीतकार श्रीकृष्ण बम मल्लले आफ्नै शब्द संगीतमा सामाजिक यथार्थता संग सम्बन्धित रहँदै एक गीतलाई भर्खरै सार्बजनिक गरेका छन् ।

एक परिवारको सदस्य घरदेशबाट परदेश हुँदा र फर्किंदा कोरोना भाइरसको संक्रमित भएपछी क्वारेन्टाइनमा उनको दैनिकी बित्छ्न् । अन्यको उपचार गर्दा पनि ति व्यक्तिले कोरोनालाई जित्न नसक्दा भएको मृत्यु तथा उक्त वियोगमा डुबेको परिवारको यथार्थतालाई गीतमा प्रस्तुत गरिएको छ ।

गीतमा मोडल करिश्मा ढकाललाई बिधुवाको भूमिकामा देखाइएको छ । आफ्नो श्रीमानको मृत्यु तीज कै समयमा भएपछी यस बर्षको तीज पर्ब आफ्नो माइती परिवार संग मनाउन नसकिएको बिलौना गीतको म्युजिक भिडियोमा देख्न सकिन्छ । ‘आमाले नदुखाउनु मन’ नाममा बजारमा आएको गीतमा सर्वप्रिय गायिका अन्जु पन्तको सुमधुर स्वर सुन्न सकिन्छ ।

आमाले नदुखाउनु मन बोलको गीतको म्युजिक भिडियोलाई श्रीकृष्ण बम मल्लले नै निर्देशन गरेका हुन् भने छायांकन बिनोद खड्का र राजन के.सी. को साथै सम्पादन विकाश ज्ञवालीले गरेका छन् ।

 

वि.सं.२०७७ साउन ९ शुक्रवार १५:५३ मा प्रकाशित

NLIC AD
NABIL bank AD