back
CTIZAN AD

नेकपा भित्रको अन्तरसंघर्ष र आगामी बहसका विषयहरु

वि.सं.२०७७ साउन ११ आइतवार

807 

shares

अध्यक्ष द्वय, कमरेड, केपी शर्मा ओली र कमरेड प्रचण्डले स्थायी समिति र केन्द्रीय कमिटि बैठक बोलाउन विलम्ब नगरिकन बैठकवाटै समस्याको सबै हल खोज्नु पर्छ । कमरेड,अध्यक्षद्वयले पुर्व पार्टीको तत्कालिन बैचारिक कार्यदिशा बहुदलियजनवाद र २१ औ सताब्दीको जनवादको सारसंश्लेषित समेटेर बनाएको ‘समाजवाद उन्मुख जनताको जनवाद’ कार्यदिशा, विधि, बिधानबाट पछाडि हट्ने ठाउँ छैन । पछाडि फर्कन नसक्ने गरी पुल हिजै भत्काई सक्नु भएको छ । पछाडि फर्कनका लागि गरिने अर्थहिन बहस आवश्यक छैन । ब्यत्तिवादी समूह स्वार्थ भन्दा माथि उठेर सिङ्गो पार्टीको जीवन रक्षाका लागि सिष्टम, विधि पद्दति केन्द्रित छलफल र निर्णयमा जोडदिनु पर्छ ।

हिजोको परम्परावादी संसदीय सुधारवादको गोलचक्कर काट्ने बहसको अर्थ छैन । बहस, अगाडि हेरेर बर्तमान संबिधानको पुर्ण कार्यान्वयन, खाद्य संप्रभुता, सामजिक न्याय, आर्थिक, सामाजिक, साँस्कृतिक रूपान्तरण, शिक्षा र स्वास्थ्यमा सरकाकीरण, कृषिमा व्यवसायीक र आधुनिक करण, दलाल नोकरशाही पुँजिवादका बिरूद्ध योजनाबद्ध अभियानात्मक कार्यक्रमका लागि ठोष हुनुपर्छ । बहस, बैज्ञानिक समाजवादको बैचारिक, राजनीतिक, दार्शनिक, आर्थिक, सामाजिक, साँस्कृतिक पक्ष, जन परिक्षणबाट निरन्तर खारिएको सुसंकृत कुशल नेतृत्वको सामूहिक टिम विकास र नेपाली समाजवादको मोडल कस्तो हुन्छ ? मा केन्द्रित हुनुपर्छ। बैज्ञानिक समाजवादको नेपाली मोडल विकास गर्न अग्रगामी दिशामा बहस केन्द्रित गर्नुपर्छ । बहस, पार्टी र सरकारको सुध्दिकरण र सुद्धिढकरणका लागि हुनपर्छ । बहस, आलोचना, आत्म आलोचना, आचरण सुधार, रूपान्तरण र सुदृढ एकताका लागि हुनपर्छ । बहस, कार्यशैली सुधारसहित नेतृत्व तहमा ठोष कार्यबिभाजन पुर्णताका लागि हुनपर्छ । बहस चिन्तन, शैली, प्रवृत्तिहरुको चरित्र किटान र रूपान्तरणका लागि ठोष संघर्षमा हुनुपर्छ । कमिकमजोरिबाट सच्चिएर माथी उठेको नेतृत्व, रूपान्तरण सहितको एकताबद्ध सृदृढ र गतिशिल पार्टीका लागि ठोष छलफल र निर्णय आजको आवश्यकता हो ।

वस्तुगत राजनीतिक परिदृश्य :
नेपाको पछिल्लो राजनीतिक परिदृश्यमा राष्ट्रिय, अन्तर्राष्ट्रिय चासो तथा सर्वत्र चर्चाको शिखरमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को स्थायी समितिको बैठक बनेको छ। कोरोना प्रकोप, बाढी पहिरो र डुबानका समस्या र भारतसँग सिमा विवाद थप पेचिलो बन्दै गएको छ । पार्टी विधि, बिधान पद्दति र प्रणाली एकातिर नेतृत्वको तौरतरिका र कार्यशैली अर्कोतिर हुनुका कारण पार्टी अन्तरबिरोधमा फसिरहेको छ। आफूले राम्रो काम गरेको देख्न नसकेर आफूलाई नेतृत्वबाट हटाउन बिदेशी र पार्टी भित्रका नेताहरू षड्यन्त्रमा लागे भन्ने पार्टी, अध्यक्ष, प्रधानमन्त्री ठोष, तथ्य, प्रमाण र आधारबिहिन आरोप र अभिव्यक्तिले एजेण्डा केन्द्रित भएर चलिरहेको स्थायी समिति बैठक रूमलिएको छ । प्रश्न जे जति उठेका छन् ती, नेतृत्वका, अभिव्यक्ति, तौरतरिका र कार्यशैलीसँग गैर जिम्मेवार अबिब्यक्ती संग सम्बन्धित छ ।

इतिहासमा, ब्रिटिस इन्डिया पस्नु अगाडिकै शैलीको अनुसरण गर्दै, अहिले एमसीसी परियोजना मार्फत् रणनीति पोलीसीका साथ नेपाल छिर्ने ध्ययेमा अमेरिका आउन खोजेको देखिन्छ। हिजो माहाकाली सन्धीदेखि आज एससीसी परियोजना राष्ट्रहितमा देख्ने वर्तमान सरकारको नेतृत्वसँग अमेरिका र भारत प्रधानमन्त्री हटाउने हदसम्म भड्किएका छन् भन्ने लाग्दैन। महाकाली सन्धीबाट भारतले लाभ लिएकै छ । माहाकालीमा तैनाथ भारतिय सेनाको क्याम्प छँदैछ । मानसरोवर जोडने नेपाली भुभागभित्र सडक खन्न रोक लागेको छैन । एकतर्फी बाँध भत्काउन परेको छैन । भारत बेखुसी हुनपर्ने कारण के छ र ? नेपालको सरकारको नेतृत्व फेर्न षड्यन्त्र भयो भन्नेकुरा ‘बनको बाघ भन्दा मनको बाघ’ले अल्लि बडि भयवित बनाएको हो कि ! नक्शा प्रकाशन र राम नेपालमा जन्मिएका हुन भनेको कुराले भारतिय मिडियाहरू एग्रेसिव भएर अमर्यादित रूपमा गालिगलौज, अफाह फैलाई रहेका छन् । भारतिय मिडिया र हिन्दु धर्मालम्बीहरू अल्लि चिडिएको देखिन्छ । उनीहरूको त्यो अफवाह खण्डन हाम्रो मिडियामार्फत गर्नुपर्छ । दोक्लाम भिडन्तपछि चीनसँग सिमा अन्तरबिरोध चर्काउन अमेरिका भारतमा सैन्य सहायताको कुरा गरिरहेको छ । भारलाई उक्साउँदै छ भन्ने समचारहरू आइरहेका छ । अमेरिका–चीन ब्यापार अन्तरबिरोध चर्कदै गएपछि चीन बिरूद्ध भारत उक्साउन उध्देलित देखिन्छ ।

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर भारत थोरै असन्तुष्ट हुन सक्छ, बोल्दा कुटनैतिक मर्यादा ख्याल नपुगेकोमा भारतको दुखेसो हुन सक्ला ? त्यो,सम्माननीय प्रधानमन्त्री ज्युले राम्रोसँग महसुस गर्नु भएको हुनु पर्छ ? आफ्नै पार्टी भित्रका सहयोध्दाहरू कमरेडहरूलाई ‘अराष्ट्रवादी’ ‘दलाल’ देख्ने गंभिर भुल हो । त्यो भुलप्रती वहाले पश्चताप हुनपर्छ ।

सरकारले नक्शा प्रकाशन गरेर राम्रो काम गरेको छ । पार्टी र सरकारको पहलमा भएको ऐतिहासिक निर्णयको सर्वत्र स्वागत भएको छ। पार्टी नेतृत्व, प्रधानमन्त्री ज्यूलाई नेपालीहरूले धन्यवाद दिएकै छन्। नङ्सा प्रकाशन पर्टी र सरकार दुबैको महत्वपुर्ण भुमिका छ । लिडरसिपलाई सामुहिक जस जान्छ । मुख्य काम अझ, धेरै बाँकी छ। नक्शामा भएको जमिन नेपाल राज्यले भोगचलन गर्न कहिले पाउने हो ? उत्तर सजिलो छैन । सिमानामा भारतिय पक्षले एकतर्फी, बाँध र ड्याम बनाएर नेपाल तर्फका तराई मधेसका दर्जनौ स्थानहरू डुवानमा परेका छन् जनता घरवारबिहिन भएका छन् यो समस्या कहिले सुल्झाउने हो रु। दर्जनौं स्थानमा रातारात सिमा स्तम्भहरू सारेर सिमा मिचिएको मिचिएकै छन्, सिमानामा हाम्रा सुरक्षाकर्मी प्रहरी जवान र सिमानाका जनता कुटपिट, गालि, व्ययिजेतिमा परेका छन् । सिमा समस्या कहिले समाधान हुने हो ? उत्तर सहज छैन। १९५० लगायतका असमान सन्धि सम्झौता ज्युदै छन् । कालापनीवाट भारतिय सेनाको कहिले हट्छ ? भारतसँग यी, यावत दर्जनौ ज्वलन्त समस्याहरू छन् । तत्काल हल गर्नका लागि कुटनीतिक पहल र वार्ताद्वारा समस्या समाधान गर्नतिर सरकारको ठोष पहल कहाँ पुगेको छ ? जवाफ दिन सकेको स्थिति छैन । प्राथमिकता अहिले कुन हो ?, ग्रेटर नेपाल र भगवान राम अयोध्यापुरि चितवन नेपालका हुन भन्ने होकी ?  वा, आधार, प्रमाण र पुष्टि भएका बाढी डुवानका समस्या,जमिन फिर्ता लगायतका तत्काल जल्ला बल्दा मुद्दा सल्ट्याउन बातावण बनाउन प्राथमिकता दिनु ?  कुन प्रश्न प्रधान हो। ब्यवहारमा ठोष पहल कदमी बिनाको राष्ट्रवादको भडकिलो नाराले कुटनैतिक वातावरण बन्न सम्भव हुन्छ कि हुदैन ? प्रश्न यहाँ हो । भारतसँग छिटो वार्ता गरी समस्या समाधान गर्ने काम र परिणामको राष्ट्रवाद आज र अहिलेको प्रमुख खाँचो हो । आक्रोश, आलोचना र बिरोध जनताको स्थरबाट ठिक र जायज छ । प्रधानमन्त्रीको अहिलेका अभिब्यक्तीवाट कुटनैतिक परिपक्वत कायम गरी वार्ताको वातावरण बनाउन सहयोग पुग्यो वा वातावरण भड्कियो रु नेतृत्वको ध्यान पुगेनकी भन्ने हाम्रो चिन्ता हो। फेरिपनि कुरादेखि कुरासम्मको गोल चक्कर काट्ने परिमाण बिनाको राष्ट्रवादले हाम्रो आजको आवश्यकता पूरा हुँदैन। हाम्रो आवश्यकता प्रोपोगाण्डामा होइन काम र परिमाणसहितको राष्ट्रवाद आजको आवश्यकता हो।

‘फुटाउ र राज गर’को तरिकामा माहिर साम्रज्यवादी र बिस्तारवादी शक्तिहरूलाई सबैभन्दा टाउको दुखाईको विषय हो, कम्युनिष्टहरूको एकता । माक्र्सवाद फेल भयो भनेर डंका पिटिरहेको पुँजिवादी साम्राज्ववादीहरूले बिश्वबाट कम्युनिष्टहरू विलायो भन्दै गर्दा नेपालमा सशस्त्र युध्द लडेर आएको पार्टी, हिजो एक आपसमा भिडेर एकले अर्कालाई चुनावमा हराई रहेका एमाले र माओवादी पार्टी मिलेर एकता गरेको उनीहरुका लागि आश्चर्यचकित अप्रत्यासित घटना थियो। कम्युनिष्टहरूलाई आपसमा लडाएर, फुटपारि कम्युनिष्ट प्रभाव कमजोर पार्ने सपनामा बिर्को लागेपछी उनीहरुमा छटपटाहट र बेचैनी पैदा भएकै हो । विगत दुई वर्षयता नेपालमा अमेरिकन गतिबिधि अस्वभाबिक रूपमा बढेको देखिएकै विषयमा हो। ईतिहाँसको अनुभबमा, कम्युनिष्टलाई दमन गर्न भियतनाम पसेको अमेरिकन सेना भियतनामी जनताबाट लखेटिएर ठुलो नोक्सानी र हार ब्यहोर्नपरेदेखि त्यसयता खास गरिकन सशस्त्र क्रान्तिको नेतृत्व गरेर आएका कम्युनिष्ट नेतृत्व र शक्तिप्रति उनीहरु सकारात्मक भएको थाहा छैन। बिस्वभरिका कम्युनिष्ट आन्दोलनलाई अमेरिकाले सकरात्मक हेरेको पाईदैन । नेपालमा सशस्त्र जनयुद्धका हिसाबले विचार निर्माणको दशक, सशस्त्र जनयुध्दको दशकमा कम्युनिष्ट क्रान्तिकारिहरूलाई आतंकवादीको नजरवाट व्यवहार गरे । पूर्व माओवादी शान्ति प्रकियामा आएर नयाँ संविधान निर्माण र बैधानिक नयाँ निर्वाचनको शान्तिपूर्ण प्रतिस्पर्धाको यो दशकसम्म आउदा उनीहरू अझै, सन्देहकै घेराबाट हेर्दैछन् भन्नेकुरामा कुनै भ्रम छैन । तीन दशक यताका अनु भबहरूबाट प्रष्ट छ । भारत र अमेरिकाको टाउको दुखाईको विषय कमरेड प्रचण्डनै हुँदै आउनु भएको छ । आज पनि अन्तर्यमा उहाँनै टाउको दुखाईको विषय हो भन्ने लाग्छ । अहिलेपनि नजर कमरेड प्रचण्डतिरै छ । प्रचण्ड, पार्टी र सरकारको मुल भुमिकामा पुग्न नपाउन भन्ने कामना उनीहरूले यो वा त्यो कोणबाट गरिरहेकै देखिन्छ । नेकपाभित्र अहिले बर्तमान सरकारको नेतृत्व हटाउन त्यति महत्व दिएका छन् भन्नेकुरा सहि लाग्दैन । प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर भारत थोरै असन्तुष्ट हुन सक्छ, बोल्दा कुटनैतिक मर्यादा ख्याल नपुगेकोमा भारतको दुखेसो हुन सक्ला ? त्यो,सम्माननीय प्रधानमन्त्री ज्युले राम्रोसँग महसुस गर्नु भएको हुनु पर्छ ? आफ्नै पार्टी भित्रका सहयोध्दाहरू कमरेडहरूलाई ‘अराष्ट्रवादी’ ‘दलाल’ देख्ने गंभिर भुल हो । त्यो भुलप्रती वहाले पश्चताप हुनपर्छ ।

(नेकपा) भित्रको बहस, छलफलले ठोस,संश्लेषित आकार लिदै ठोस निचोडमा पुग्न नसक्नुका कारण मध्य मुल कारण बहस छलफल लेनिनवादी संगठनात्मक पद्धतिभित्रबाट भन्दा पनि आत्मकेन्द्रित गुट ब्यक्तिवादी गुट स्वार्थमा रूमलिदै गहिरहेको हो कि रु बैठकभित्र, एजेण्डा केन्द्रित बहस, छलफल गरि औपचारिक जनवादको जगमा औपचारिक आधिकारिक निर्णयतिर जाने छाँटकाँट अझै देखिदैन । निकाशका लागि नेतृत्वका बिचमा अनौपचारिक छलफल एकहदसम्म आवस्यक हुन्छ ।

जिबित पार्टीभित्र बैचारिक छलफल, बहस हुन्छ, संघर्ष र एकता चल्छ चलिनै रहन्छ । दुई फरक स्कुलिङ, दुई फरक धारबाट गाईडेड हुँदै, हिजोको बर्ग संघर्षमा बर्ग संघर्षका फरकरूपहरू मध्ये, एउटाले सशस्त्र जनयुध्द र अर्कोले शान्तिपूर्ण जनआन्दोलन चुनावी प्रतिस्पर्धाको राजनीतिक अभ्यास गर्दै, इतिहासमा परिवर्तनको संवाहक शक्तिमा दर्जहुँदै विशाल शक्ति आर्जन गरि युगिन नाम राख्न सफल दुबै पार्टीहरू हिजो एक आपसमा लड्दा र मिल्दाको प्रत्यक्ष अनुभव र अनुभूति यति छिट्टै भुल्ने छुट इतिहासले कसैलाई दिएको छैन। कम्युनिष्ट शक्तिहरू फुट्दाको दुःख र मिल्दाको खुसि जनताले आफ्नो मताधेशबाट प्रतक्ष ब्यक्त गरिसकेका छन् । संघिय गणतन्त्रात्मक समाजवाद उन्मुख नयाँ संविधान निर्माण गरी गणतन्त्र संस्थागत गर्न आईपुगेका दुईठुला कम्युनिष्ट पार्टीहरू एकआपसमा लडेर चुनावी मैदानमा जादाको परिणाम के अयो रु २०६४ साल, २०७० साल र मिल्दाको परिणाम २०७४ सालको निर्वाचन परिणमले प्रष्ट गरेको छ । अहंकार र दम्भ पाल्दा जनताले कति बेला कसरी कस्तो स्वाद चखायो आदरणिय नेतृत्वगणलाई संझाईरहन नपर्ला  । अहिले ७०५ र ३०५ हिजोको त्यही दम्भ र अंहकार नाथ्री किन रसाउन थाल्दै छ रु हिजोलाई संझ, ‘अहंकार र दम्ब छोड’ ‘नफुट, एकतावध्द होउ’ माक्र्सवादलाई स्मरण र आत्मसाथ गरियो भने सहि ठाउँमा पुगिन्छ भन्ने लाग्छ ।

पार्टी एकता, पुरानो संसदीय यथास्थितिवाद मानेर भएको भ्रम कसैमा पनि पर्नु हुदैन । समस्याको गाठो परेको विधि, पध्दति र कार्यशैली पालना ठिकसँग नभएर हो। जहानिर गाँठो परेको छ त्यहिनिरबाट गाँठो फुकाउन छलफल सोझिएन भने नेकपाभित्रको छलफल हप्ता, महिना र बर्षदिन गरेपनी निकास आउँदैन । पुर्व एमाले र पुर्व माओवादी केन्द्र दुबै पार्टी बिघटन भएर नेकपा बनेको २ बर्ष भयो । पार्टी एकता औपचारिकतामा सकार्ने । तर, ब्यवहारमा हाम्रो घरमा उनीहरू डेरा बस्न आएका हुन् । हामी घर धनि हौं उनीहरू डेरावाल हुन जस्तो गरी मिनिमाईज गर्ने तरिकाले सोचेर एकता सुदृढ गरौं भन्नुको अर्थ के रहन्छ रु। बिनासंकुचन, हार्दिकता पूर्वक पार्टी एकताको मुल्यमा आत्मसाथ गर्नैपर्छ । पुर्वरत दुईपार्टीहरू एकअर्को पुरानो पार्टीमा,प्रबेस गरेका होईन। एउटा पार्टीमा अर्को पार्टी बिलय भएका होईन । पुरानो दुबै पार्टी भत्काएर दुबै पार्टीका पुँजिलाई समेटेर नयाँ पार्टीको संस्थागत पुँजी मार्ग निर्देशक सिध्दान्त, मार्क्रसवाद- लेनिनवाद, न्युनतम कार्यक्रम जनताको जनवाद र अधिकतम कार्यक्रम समाजवाद र साम्यवादको लक्ष किटान गरी नेकपा बनेको हो। लाइन, दिशा र कार्यक्रममा आधारभुत समान बुझाईका आधारमा, नीतिगतरूपमा समान अस्थित्व स्वीकार गरी अगाडि बढनका लागि पार्टी एकता भएको हो भन्ने अन्तरहृदय देखिनै आत्मसाथ नगर्दासम्म पार्टी एकता सुदृढ हुँदैन ।

पार्टी एकताको मुल सहमति भनेको जेष्ठ २ गतेको सहमति हो:
पार्टी एकता पुर्व दुई पार्टीले फरकरूपमा अवलंबन गर्दै आएको ‘जनताको बहुदलिय जनवाद’ ‘२१ औं शताब्दीको जनवाद’ र माओवाद एकता महाधिवेशनमा छलफल परिमार्जन गरि नयाँ बिचार बिकास गर्ने गरी स्थगित गरिएको छ । पार्टीको मार्गदर्शक सिध्दान्त ‘माक्रर्सवाद, लेनिनवाद’ जनताको बहुदलिय जनवाद र २१ औं शताब्दीको जनवादका सकारात्मक बिषयहरूलाई समेटेर तत्कालिन कार्यनीतिक कार्यक्रम ‘समाजवाद उन्मुख ‘जनताको जनवाद’ र अधिकतम रणनीतिक कार्यक्रमकारूपमा ‘बैज्ञानिक समाजवाद’ अन्तरिम बिधान र राजनीतिक प्रतिबेदनमा ठोष गरिएको छ । पार्टी एकतापछी नेकपाको पाँचौ औपचारिक बैठकका रूपमा नेकपाको स्थायी समिति बैठक बस्न सुरू भएको एक महिना बितेको छ।अहिले पार्टीभित्र नेतृत्वका बीचमा चलिरहेको बहस छलफल पार्टी एकताको घोषित, मूल्य, मुल्यमान्यता, सहमती, समझदारी, विधि, बिधान पध्दति तथा, संगठनात्मक प्रणालीलाई बुझ्ने र लागू गर्ने प्रश्नमा जुन मतभिन्नता देखिएको छ । बस्तुत पार्टी भन्दा आफुलाई माथी ठान्ने ब्यक्तिवादी मनोगत प्रवृत्तिका कारण सिङ्गोपार्टी संकट र अन्योलको घेरामा पर्दै गएको छ । कम्युनिष्ट पार्टी मुलभुतरूपमा जनवादी केन्द्रियताको लेनिनवादी संगठनात्मक प्रणालीबाट परिचालन हुन्छ। संगठन परिचालनको लेनिनवादी पध्दती भन्दा उन्नत कम्युनिष्ट पार्टीको संगठन परिचालनको अर्को पध्दति बिकाश भएको छैन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको बहस, छलफलले ठोस,संश्लेषित आकार लिदै ठोस निचोडमा पुग्न नसक्नुका कारण मध्य मुल कारण बहस छलफल लेनिनवादी संगठनात्मक पद्धतिभित्रबाट भन्दा पनि आत्मकेन्द्रित गुट ब्यक्तिवादी गुट स्वार्थमा रूमलिदै गहिरहेको हो कि रु बैठकभित्र, एजेण्डा केन्द्रित बहस, छलफल गरि औपचारिक जनवादको जगमा औपचारिक आधिकारिक निर्णयतिर जाने छाँटकाँट अझै देखिदैन । निकाशका लागि नेतृत्वका बिचमा अनौपचारिक छलफल एकहदसम्म आवस्यक हुन्छ । तर, अहिलेको वान टु वान बार्ता, अनौपचारिक एजेण्डा भन्दा बाहिरको छलफल झन्झन् दलदलमा फस्दै गएको होकी ! अनऔपचारिक छलफलहरू घनिभुत हुने तर, निकासहिन अकर्मण्यतामा पर्नुले पार्टी र पार्टी पंङ्ती र आम जनतामा राम्रो संप्रेषण परेको छैन। मुल नेतृत्व प्रष्ट हुनैपर्छ, कम्युनिष्ट पार्टीभित्र साम, दाम, डण्ड, भेदको कौटिल्य शास्त्र प्रयोग गरी पार्टी चल्दैन । माक्र्सवादी लेनिनवादी संगठनात्मक पद्धतिभित्रवाट मात्र समस्याको हल र कम्युनिष्ट पार्टी एकताको रक्षा र सुदृढ गतिशिल पार्टी सम्भव छ । बिधिको पालना नेतृत्वबाटै हुनु पर्छ । समस्याको निकाश नेतृत्वले नै दिनु पर्छ । समग्रको हितमा अंशको त्याग हरेक तहमा आवश्यक हुन्छ । कुशल नेतृत्व हो होइन भन्नेकुरा उसको डाडु पन्यौं चलाईको शैलीमा भर पर्छ । उसको आचरण र ब्यवहारमा भर पर्छ । ब्यक्ती प्रधान होईन, सामुहिक पध्दति र नीति प्रधान नेतृत्व आवस्यक छ ।

अहिले, नेतृत्वले एकपटक पुन आफुले आफैलाई चिमोटेर हेर्न आवस्यक छ भन्ने लाग्छ । कमरेड केपी ओली र कमरेड प्रचण्डले संस्थागतरूपमा पार्टी एकता गर्ने फैसला गर्नु भयो । पार्टीमा हामीले एकता गर्न लाग्यौं भन्ने सन्देश दिनुभयो । उहाँहरु दुबै अध्यक्ष कमरेडहरूले पार्टी एकता गर्ने एकल निर्णयको प्रस्ताव दुवै पार्टीका नेता कार्यकर्ताहरूले सहर्ष स्विकार गरे । आदरणिय अध्यक्ष द्वयले ‘हामिले पार्टी एकताबाट पछाडी फर्कन नसक्ने गरी पुल भत्काएर आयौ’ अब पछाडी फर्कने बाटो छैन भन्दै, २०७४ जेष्ट २ गते पार्टी एकताको ७ बुँदे सहमति गरी पार्टी एकता भएको घोषणा भयो। आज पार्टीभित्रको अन्तरबिरोध र छलफलको प्रकृतिहेर्दा पार्टीको ध्येय, उद्देश्य, घोषित मूल्य, मान्यता, बिचार, विधि, बिधानको अवमुल्यन गर्ने र पद, प्रतिष्ठा, अवसर म र मेराका लागि ब्यक्तिवादी गुटस्वार्थको मुल्याङ्कनको प्रबिधिक बिषयमा केन्द्रित हुँदै गएको देखिन्छ। पार्टी एकताले पुर्णता पाएको छैन। केन्द्रीय, निकाय, प्रदेश निकाय र स्थानिय पार्टी निकायमा पार्टी कमिटिहरू, भात्री संगठनहरूले पुर्णता पाउन सकेको छैन। पार्टीमा तीन तिहाई भन्दा बढी नेता कार्यकर्ताहरूको कार्य बिभाजन छैन । जिम्मेवारी छैन । बैठक, भेला, प्रशिक्षण छैन । बैचारिक र राजनीतिक छलफल र संगठन सुदृढीकरण, सुदृढिकरणको नाम निसान छैन । पार्टीको मुल नेतृत्वमा नै पार्टीको विधि, बिधान पालना गर्ने अरूले हो । मेरो कामत बनाईदिने मात्र हो भन्याजस्तो छ । बिचार प्रधान हुन पर्ने बहस किन प्रबिधिक प्रधान बनिरहेको छ रु सामुहिक निर्णय पध्दतिको अरूचि र भएका निर्णयहरूको सहि कार्यन्वयनको अभाव हो । नेता कमरेडहरूको क्रिया, प्रतिक्रिया धारणाहरू सुन्दा सिङ्गो पार्टीको भविष्यको चिन्ता भन्दा आत्म स्वार्थको अन्तरमुखी भाब बडि देखिन्छ । पार्टीको, बिचार,विधि, बिधान र प्रणाली स्थापित गर्ने विषय सहायक जस्तो रु पद, प्रतिष्ठा, गुट महत्वकांक्षा विषय प्रधान जस्तो रु बनाएर, विधि, बिधान पद्दति केही होइन, व्यक्तिनै सर्वश्रेष्ठ हो भन्दै, मनपरेको नेतालाई निरपेक्ष देवत्वकरण र मन नपरेको नेतालाई राक्षसीकरण गर्न सडकमा नारा जुलुस चलेको छ । गुट भेला र सडक आन्दोलन नेतृत्वको रुचि बढ्दै गएको छ । द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादमा बिज्ञानप्रति अविश्वास र अधिभुतवादी आर्दशवादमा विश्वास जनाउने एकता विरोधी,अलगाववादी भडुवा प्रवृत्ति पक्ष पोषण भन्दा अरू के हुन सक्छ रु । पद, प्रतिष्ठा र गुट स्वार्थ केन्द्रीत बहस छाड्नु पर्छ । मुल नेतृत्वले मेरो गोरूको बारै टक्का भन्ने हठ छोडेर निकाशको लागि लचकताको ढोका खोल्नु पर्छ । पार्टी एकताको रक्षा गर्नु पर्छ ।

बहस, व्यक्ति पुँजीवादी सामन्ती र पुँजिवादी संस्कार भन्दा माथि उठेर गर्नु पर्छ । बहस, कम्युनिष्ट संस्कार र चरित्रमा टेकेर सामुहिक र संस्थागत प्रणाली स्थापित गर्नका लागि सोझिनु पर्छ। बहस, बहुदलिय जनवाद र २१ औं शताब्दिको जनवादमा फर्कने पश्चगामि पुरानो दिशामा होईन, समाजवाद उन्मुख जनताको जनवादको कार्यन्वयनको पुर्णता र बिचार बिकाशका लागि हुन पर्छ । बहस, पार्टीको मार्गदर्सक सिध्दान्त, मालेमावाद, समकालीन नेपाली कम्युनिष्ट आन्दोलन र बर्ग संघर्षका क्रमबाट बिकाश भएका कमरेड मदन भण्डारी र कमरेड प्रचण्डका बिचारमा टेकेर, नयाँ बिचार सश्लेषणको चिन्तन मनन्तिर मोडिनु पर्छ । बर्तमान राजनीति उपलब्दीको जगबाट बैज्ञानिक समाजवादको मार्ग निर्देशक बिचार संष्लेषणका लागि बहस सोझिनु पर्छ । हिजोको परम्परावादी संसदीय सुधारवादको गोलचक्कर काट्ने बहसको अर्थ छैन ।

छलफलले रूपान्तरणको ठोष निचोड खेजेको छ :
‘बिचारधारात्मक राजनीतिक कार्यदिशा सहि वा गलत हुनुका कारण नै सबै कुराको छिनोफानो हुन्छ।’  चिनियाँ क्रान्तिका महान नेता, माओसेतुंग को यो भनाई समाजमा बर्ग र बर्ग संघर्षका रूपहरू रहदा सम्म बर्ग पक्षधरताका हिसावमा पार्टी र राज्यसत्ता सञ्चालनको प्रश्नमा कहिल्यै पनि पुरानो हुँदैन। पार्टी विपरितहरुको बीचको एकत्व र संघर्षको नियमबाट सञ्चालन हुन्छ । विपरित बर्गका प्रतिबिम्वहरूले पार्टी आन्तरिक जिवनमा प्रभाव पारिरहेको हुन्छ । पार्टिभित्र बिचार संघर्ष भएन भने पार्टीको आन्तरिक जीवनको मृत्यु हुन्छ । राष्ट्र र जनताको हितमा पार्टीले एकता, संघर्ष र रूपान्तरणको विधिबाट विचार विधिमा वर्ग पक्षधरता प्रष्ट पार्दै, पटक पटक पुनरताजकी गर्दै, अगाडि बढनु पर्छ । कम्युनिष्ट आन्दोलनको भबिस्य बिनास वा विकास कतातिर लाने भन्ने प्रश्न प्रमुख कारण बाह्यपक्ष होइन, आन्तरिक कारणनै मुख्य र निर्णायक हुन्छ । अमेरिका भारत जोकोहीले चाहेरपनि नेपाल कम्युनिष्ट पार्टी फुटाउन सक्दैन । मुख्यतः आन्तरिक रूपमा कम्युनिष्ट चरित्रबाट च्युत भएर गैर कम्युनिष्ट चरित्र र पथभ्रष्ट गईयो भने तहस नहस बिनासको कारण आफै होइन्छ । बनाउन समय लाग्छ, पतन हुनलाई धेरै समय लाग्दैन। तसर्थ स्मरण पर्छ, ‘बिचारधारात्मक स्प्रष्टतामा जोडदेउ’ ‘राजनीतिलाई केन्द्रमा राख’ । खुल्ला र स्प्रष्ट होउँ, छलछाम र षडयन्त्र नगर। भन्ने माओको भनाई अहिलेको नेकपा भित्रको अन्तर संघर्षमा मनन गर्दै, आन्तरिक समस्याको मुल मर्ममा छलफल सोझियो भने निकाश सम्भब छ, । पार्टी एकता सुदृढ हुन्छ, बाह्य सक्तिको चाहानाले केही लछार पाटो लगाउन सक्दैन ।

अध्यक्ष द्वय, कमरेड, केपी शर्मा ओली र कमरेड प्रचण्डले स्थायी समिति र केन्द्रीय कमिटि बैठक बोलाउन विलम्ब नगरिकन बैठकवाटै समस्याको सबै हल खोज्नु पर्छ । कमरेड,अध्यक्षद्वयले पुर्व पार्टीको तत्कालिन बैचारिक कार्यदिशा बहुदलियजनवाद र २१ औ सताब्दीको जनवादको सारसंश्लेषित समेटेर बनाएको ‘समाजवाद उन्मुख जनताको जनवाद’ कार्यदिशा, विधि, बिधानबाट पछाडि हट्ने ठाउँ छैन । पछाडि फर्कन नसक्ने गरी पुल हिजै भत्काई सक्नु भएको छ । पछाडि फर्कनका लागि गरिने अर्थहिन बहस आवश्यक छैन । ब्यत्तिवादी समूह स्वार्थ भन्दा माथि उठेर सिङ्गो पार्टीको जीवन रक्षाका लागि सिष्टम, विधि पद्दति केन्द्रित छलफल र निर्णयमा जोडदिनु पर्छ । एजेण्डा केन्द्रिकृत छलफल, औपचारिक बैठकमै आदरणिय नेता कमरेडहरूले जोडदिनु पर्छ। सैध्दान्तिक, बैचारिक, दार्शनिक, राजनीतिक, आर्थीक, साँस्कृतिक र सांगठनिक सिष्टम, पद्दति, प्रणालि बिकाश र कार्यशैली सुधारका लागि अग्रगामि दिशामा मोडिनु पर्छ । बहस, व्यक्ति पुँजवादी सामन्ती र पुँजिवादी संस्कार भन्दा माथि उठेर गर्नु पर्छ । बहस, कम्युनिष्ट संस्कार र चरित्रमा टेकेर सामुहिक र संस्थागत प्रणाली स्थापित गर्नका लागि सोझिनु पर्छ। बहस, बहुदलिय जनवाद र २१ औं शताब्दिको जनवादमा फर्कने पश्चगामि पुरानो दिशामा होईन, समाजवाद उन्मुख जनताको जनवादको कार्यन्वयनको पुर्णता र बिचार बिकाशका लागि हुन पर्छ । बहस, पार्टीको मार्गदर्सक सिध्दान्त, मालेमावाद, समकालीन नेपाली कम्युनिष्ट आन्दोलन र बर्ग संघर्षका क्रमबाट बिकाश भएका कमरेड मदन भण्डारी र कमरेड प्रचण्डका बिचारमा टेकेर, नयाँ बिचार सश्लेषणको चिन्तन मनन्तिर मोडिनु पर्छ । बर्तमान राजनीति उपलब्दीको जगबाट बैज्ञानिक समाजवादको मार्ग निर्देशक बिचार संष्लेषणका लागि बहस सोझिनु पर्छ । हिजोको परम्परावादी संसदीय सुधारवादको गोलचक्कर काट्ने बहसको अर्थ छैन । बर्तमान संबिधानको पुर्ण कार्यन्वयन, खाद्य संप्रभुता, सामजिक न्याय, आर्थिक, सामाजिक, साँस्कृतिक रूपान्तरण, शिक्षा र स्वास्थ्यमा सरकारीकरण, कृषिमा व्यवसायीक र आधुनिक करण, दलाल नोकरसाही पुँजिवादका बिरूध्द योजनावध्द अभियानात्मक कार्यक्रमका लागि ठोष छलफल हुनु पर्छ । बैज्ञानिक समाजवादको बैचारिक, राजनीतिक, दार्शनिक, आर्थिक, सामाजीक, साँस्कृतिक र जन परिक्षणबाट निरन्तर खारिएको कम्युनिष्ट संस्कार र संकसतिवाट सुसंकृत कुशल नेतृत्वको सामूहिक टिम बिकास र रक्षामा जोडदिनु पर्छ । नेपाली समाजवादको मोडल कस्तो हुन्छ ?केन्द्रित हुनुपर्छ।बैज्ञानिक समाजवादको नेपाली मोडल विकास गर्न अग्रगामी छलफल गर्नुपर्छ । बहस, पार्टी र सरकारको सुध्दिकरण र सुदृढकरणका लागि हुनपर्छ । बहस, आलोचना, आत्म आलोचना, आचरण र कार्य शैली सुधारमा हुन पर्छ । नेतृत्व तहमा ठोष जिम्मेवारीको मुर्तिकृतका लागि हुनपर्छ । बहस प्रवृत्तिहरुको पहिचान, किटान र रूपान्तरणका लागि हुनुपर्छ। सिमा, समस्या, कमिकमजोरिवाट सच्चिएर माथी उठेको नेतृत्वपंङ्ती, रूपान्तरण सहितको एकताबद्ध र गतिशिल पार्टी र पार्टीको मार्गदर्शनद्वारा निर्देशित भएर चल्ने सरकार लागि छलफल र ठोष निर्णय आजको आवश्यकता हो । आजको बस्तुगत माग, फुटवाद र गुटवाद छोडौं !! रूपान्तरण सहित सुदृढ एकताबद्ध पार्टी रोजौं !!

वि.सं.२०७७ साउन ११ आइतवार ०८:४७ मा प्रकाशित

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

१. पृष्ठभूमि बीपी सडक निर्माणको अर्थराजनीतिमा शक्ति, धन, र नीतिगत...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...