back
CTIZAN AD

निर्मला हत्याका दुई वर्ष, निलम्बित डिएसपी जिसी भन्छन्–दिलीपबाहेक अरु हुन सक्तैन

वि.सं.२०७७ साउन ११ आइतवार

783 

shares

११ साउन, काठमाडौँ । १० साउन २०७५ मा कन्चनपुरको भिमदत्त २ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भयो । त्यसको भोलिपल्ट भीमदत्त १८ निम्बुखेडास्थित उखुबारीमा उनको शब फेला पर्यो । तर, प्रहरीको एकपछि अर्को गल्तीले रुमल्लिएको यो हत्या प्रकरणका अभियुक्त अझै फेला परेका छैनन् । बरु थप अनुसन्धान ठप्प बनेको छ ।

हत्या प्रकरणको अनुसन्धानमा खटिएका आठप्रहरीविरुद्ध नै प्रमाण नष्ट गरेको तथा आरोपितलाई यातना दिएको अभियोगमा दायर मुद्दा कन्चनपुर जिल्ला अदालतमा विचाराधीन छ । मुद्दाको फैसला आएपछि मात्र अनुसन्धानलाई गति दिने प्रहरीको तयारी छ । यस्तै अनुसन्धान निचोड नै बाझिएकाले पनि मुख्य आरोपि दिलीपसिंह विष्टलाई पक्राउ गर्न प्रहरीले आँट गर्न सकेको छैन ।

मुख्य आरोपि सिंह नै बलात्कारपछि हत्यामा संलग्न रहेको निलम्बित डिएसपी अंगुर जिसीले दाबी रगेका छन् । उनले हत्या घटनाको आफ्नो अनुसन्धानमा आफू अडिग रहेको बताउँदै उक्त घटनामा दिलीप बाहेक अरुको संलग्नता हुनै नसक्ने बताएका छन् ।

उनले आंकलनको भरमा नभई धेरै कोणबाट अनुसन्धान गरेर मात्र आफूले यस्तो दाबी गरेको बताएको पनि आइतबारको नयाँपत्रिका दैनिकमा समाचार छ ।

उनले नेपाल प्रहरीमा आफूभन्दा बिज्ञ अनुसन्धान अधिकृतहरु रहेको बताउँदै भनेका छन्, ‘मैले हचुवाका भरमा कसैलाई खडा गरेको भए उहाँहरुले पत्ता लगाउनुहुन्थ्यो । तर, दुई वर्ष वित्यो दिलीपबाहेक अहिलेसम्म कोही भेटिएका छैनन् । पछिल्लो अनुसन्धानले पनि दिलीपलाई दोषी देखाएको छ । निर्मलाकी आमाले पनि उसैविरुद्ध किटानी जाहेरी दिनु भएको छ । एआइजी धीर बस्नेतको नेतृत्वको टोलीको रिर्पोट गलत भएको आइसकेको छ । डिएनए रिर्पोट नै गलत भएको बिज्ञ समितिबाट प्रमाणित भइसकेको छ । अर्थात्, हाम्रो अनुसन्धान नै सहि थियो भन्ने धेरैजना पुगेका छन् ।, तर हिम्मत गरेका छैनन् ।’

वि.सं.२०७७ साउन ११ आइतवार ०९:०९ मा प्रकाशित

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कालोसिसा (ब्ल्याक फिल्म)...

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

कम्युनिष्ट शक्तिबीच सहकार्य जरुरी छः संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय...

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

काठमाडौँ । कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ...

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी ब्याङककमा भोलिदेखि...

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

देशभर प्रदर्शन हुँदै ‘भागदौड’

काठमाडौँ । यही असार २६ गतेदेखि चलचित्र ‘भागदौड’ देशभर प्रदर्शन...

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइँदै

ललितपुर । ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल...