११ साउन, काठमाडौँ । सोमबारबाट फेरि मनसुन सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमानमहाशाखाले सोमबार बाट फेरि मनसुन सक्रिय हुने जनाएको हो । मनसुन सक्रिय हुँदा तीन–चार दिनसम्म धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने छ । केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागले जारी गरेको विशेष मौसमी बुलेटिनमा जानकारी दिइए अनुसार सोमबार रातिबाट मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहने छ । साथै अरब सागरबाट समेत पर्याप्त जलवाष्पयुक्त हावा भित्रिने सम्भावना देखिएकाले फेरि झरी सुरु हुने विभागको पूर्वानुमान छ ।
सोमबार १२ रातिबाट ३–४ दिनसम्म नेपालमा मनसुन सक्रिय भै देशको धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र केही स्थानहरुमा भारी वर्षा हुने सम्भावना रहेको विभागले उल्लेख गरेको छ ।
१३ देखि १५ गतेसम्म नारायणी,कर्णाली, महाकालीमा बहाब बढ्नेर यसका केही सहायक नदीमा बहाब सतर्कता आसपास पुग्न सक्ने। साथैपश्चिम राप्ती, बबई,तिनाउका सहायकनदीहरुमा जलसतह बढ्ने र केहीमा सतर्कता आसपास पुग्न सक्नेसंभावना रहेको तथापर्सीप्रदेश ५ र सुदूरपश्चिम प्रदेशकोनेपाल(भारत सीमा आसपासतराईकोभूभागको धेरै स्थानमा मध्ययम देखि भारी बर्षा भई साना नदीमा आकस्मिक बहाब भई सतर्कता आसपास पुग्न सक्ने पूर्वानुमान रहेकोले सो अवधिमा सतर्कता अपनाउन मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
बाढीपूर्वानुमान बुलेटिन(Flood Forecast Bulletin)
(जारी मिति: २०७७-०४-११गते बिहान ०७बजे)
नदीहरुको हालको अवस्था (Present River Status)
आजबिहानको मापन अनुसारकन्काई, कमला, बागमती,नारायणी, पश्चिम राप्ती, बबई, महाकालीर यसका सहायक नदीमा बहाव स्थिर छ तथा सबैमा बहावसतर्कता तह भन्दा तलै छ। कर्णाली र यसका सहायक नदीमा बहाव सामान्य बढ्दो छ तरसतर्कता तह भन्दा तलै छ ।
बाढी पूर्वानुमान(Flood Forecast)
पूर्वानुमान आज: श्रावण-११ (आईतबार)( विहान ७ बजे देखि २४ घण्टा)
- आजकोशीरनारायणीमा बहाव सामान्य घटबढ हुने, कर्णाली,महाकाली र यसका सहायक नदीमा बहाव केहि बढ्ने तरसबैमा बहाव सतर्कता तह भन्दा तलै हुने पूर्वानुमान छ ।
- कन्काई,कमला, बागमती, पश्चिम राप्ती, बबईर यसका सहायक नदीमा बहाव केही घटबढ हुनेर सबैमा सतर्कतातलै हुने पूर्वानुमान छ ।
- आजईलाम,झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी,सिराहा, धनुषा, महोतरी, रौतहट,सिन्धुली,मकवानपुर,सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नुवाकोट, काठमाण्डौ उपत्यका, गोरखा, धादिङ, लमजुङ, तनहूँ,स्याङ्जा, कास्की,पर्वत, म्याग्दी, चितवन, नवलपरासी,कपिलबस्तु, अर्घाखाँची,गुल्मी, पाल्पा, रोल्पा, प्यूठान, रुकुम, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, बैतडीर आसपासभई बहने केहि साना नदीमा बहाव केहि बढ्ने तर सतर्कता तह भन्दा तलै हुने पूर्वानुमान छ ।
पूर्वानुमानभोलि:श्रावण-१२ (सोमबार)( विहान ७ बजे देखि २४ घण्टा)
- भोलिकोशी, नारायणी, कर्णाली, महाकालीकासहायक नदीमा बहाव केहि बढ्ने र सबैमा सतर्कता तह भन्दा तलै हुने पूर्वानुमान छ ।
- कन्काई,कमला, बागमती, पश्चिम राप्ती, बबईर यसका सहायक नदीमा बहाव केही बढ्ने र सबैमा बहाव सतर्कता तलै हुने पूर्वानुमान छ ।
- भोलिप्रदेश ५, कर्णाली र सु.प. प्रदेशकोमध्यपहाडी, चुरे र तराईबाट बहनेस-साना नदी जलाधारमा क्षणिक मध्यम बर्षा भईकेहिमा आकस्मिक बहाव हुने न्यून संभावना रहेको छ ।अन्य प्रदेश भई बहने साना नदीमा बहाव सतर्कता तह भन्दा तलै हुने पूर्वानुमान छ ।
पूर्वानुमानपर्सी:श्रावण-१३(मंगलबार)( विहान ७ बजे देखि २४ घण्टा)
- पर्सी कोशी,नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहावबढ्ने तर सतर्कता तह भन्दातलै हुने ।कर्णाली,महाकाली रयसका केही सानासहायक नदीमा बहाब सतर्कता तह आसपास पुग्न सक्ने पुर्वानुमान छ ।
- कन्काई,कमला,बागमती,पश्चिमराप्ती,बबई र यसका सहायक नदीमा बहावबढ्दो हुनेरसतर्कता भन्दा तलै हुने।कन्काई,कमला,बागमती,पश्चिमराप्ती, बबई, तिनाउका केहि स-साना सहायक नदीमा आकस्मिक बहाव भई सतर्कता आसपास सम्म पुग्न सक्ने पुर्वानुमान छ ।
- पर्सीप्रदेश १, २, बागमती, गणडकी, प्रदेश ५, कर्णालीर सुदूरपश्चिमप्रदेश भई बहने स-साना नदीहरूमा बहाव बढ्ने र केहीमा सतर्कता आसपास सम्मपुग्न सक्नेपूर्वानुमान छ ।पर्सीप्रदेश ५ र सुदूरपश्चिम प्रदेशकोनेपाल-भारत सीमा आसपासतराईकोभूभागको धेरै स्थानमा मध्यम देखि भारी बर्षा भई साना नदीमा आकस्मिक बहाब भई सतर्कता आसपास पुग्न सक्ने पूर्वानुमान छ ।
सरोकारवालाका लागिपरामर्श (Advisory):
- आज र भोलिकोशी, नारायणी,कर्णाली, महाकाली,कन्काई, कमला, बागमती,तिनाउ,पश्चिम राप्ती,बबई र यसका सहायक नदीमा बहाव केहि घटबढ हुने तर सतर्कता आसपास नै हुने पूर्वानुमानरहेकाले तटिय क्षेत्रका कार्य सतर्कता साथ गर्न सकिने छ।
- पर्सी देखितीन दिन सम्मकोशी, नारायणी,कर्णाली, महाकाली,कन्काई, कमला, बागमती,तिनाउ,पश्चिम राप्ती,बबई र यसका सहायक नदीमा बहावबढ्ने र सतर्कता तलै हुने भएपनिकन्काई, कमला, बागमती, पश्चिमराप्ती, बबई, तिनाउका केहिसहायक नदीमा आकस्मिक बहाव (Flash Flood) भई सतर्कता आसपास सम्म पुग्न सक्ने पुर्वानुमान रहेकाले साना नदीतटिय क्षेत्रमा सतर्क रहौ ।
- पर्सीप्रदेश ५ र सुदूरपश्चिम प्रदेशकोनेपाल-भारत सीमा आसपासतराईकोभूभागको धेरै स्थानमा मध्यम देखि भारी बर्षा भई साना नदीमा आकस्मिक बहाब भई सतर्कता आसपास पुग्न सक्ने पूर्वानुमान रहेकाले सतर्कता अपनाईराखौ।
- आज इलाम,झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिराहा, धनुषा, महोतरी, रौतहट,सिन्धुली,मकवानपुर,सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नुवाकोट, काठमाण्डौ उपत्यका, गोरखा, धादिङ, लम्जुङ, तनहूँ,स्याङ्जा, कास्की, पर्वत, म्याग्दी, चितवन, नवलपरासी, कपिलबस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, रोल्पा, प्यूठान, रुकुम, दाङ, बाँके, बर्दिया, सुर्खेत, दैलेख, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, बैतडीर आसपास भई बहने केहि साना नदीमा बहाव केहीबढ्ने संभावना रहेकोले तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाऔ।
नोट :
- २०७७ श्रावण १२बेलुका देखि देशका सबै नदीमा बहावबढ्ने र १३ देखि १५ गतेसम्म नारायणी,कर्णाली, महाकालीमाबहाब बढ्नेर यसका केही सहायक नदीमा बहाब सतर्कता आसपास पुग्न सक्ने। साथैपश्चिम राप्ती, बबई,तिनाउका सहायकनदीहरुमा जलसतह बढ्ने र केहीमा सतर्कता आसपास पुग्न सक्नेसंभावना रहेको तथापर्सीप्रदेश ५ र सुदूरपश्चिम प्रदेशकोनेपाल-भारत सीमा आसपासतराईकोभूभागको धेरै स्थानमा मध्ययम देखि भारी बर्षा भई साना नदीमा आकस्मिक बहाब भई सतर्कता आसपास पुग्न सक्ने पूर्वानुमान रहेकोले सो अवधिमा सतर्कत रहौ ।आगामी ३ दिनको बाढी पूर्वानुमान र मौसम पूर्वानुमान बारे नियमित अपडेट हुन अनुरोध छ ।
(बाढीपूर्वानुमान वुलेटिन यस विभागको वेवसाइट मा समेत हेर्न सकिने छ)विभागकोफेसबुकपेजNepal Flood Alert (नेपालबाढीसुचना) हेरौं। विभागकोट्विटरपेजःNepal Flood Alert (नेपालबाढीसूचना) हेरौं ।
वि.सं.२०७७ साउन ११ आइतवार ०९:२१ मा प्रकाशित






























