back
CTIZAN AD

निशेषधाज्ञामा लापरवाहीले वीरगन्जमा बढ्यो कोरोनाको उच्च जोखिम

वि.सं.२०७७ साउन ११ आइतवार

717 

shares

११ साउन, काठमाडौँ । सरकारले लकडाउन खोलेको केही दिनमै वीरगन्जमा निषेधाज्ञा लगाउनुमा मुख्यकारक लापरवाही देखिएको छ । भारतको बिहारसँग खुला सीमा जोडिएको र बिहारमा संक्रमितको संख्या तीब्र गतिमा बढिरहेका कारण पनि वीरगन्ज अझ उच्च जोखिममा परेको हो ।

‘दुवै देशका नाका सिल छ तर लकडाउन खुकुलो भएसँगै लुकिछिपी मान्छेहरु वीरगन्ज छिर्न सुरु गरिसकेका थिए,’ सामाजिक अभियन्ता ओमप्रकाश सर्राफले भने, ‘नाकामा खटिएका सुरक्षाकमीले ५/५ सय रुपैयाँ लिएर मान्छेलाई उताबाट यता छिराएका छन् । यही लापरवाहीले आज वीरगन्जको यो अवस्था आएको हो ।’ उनका अनुसार वीरगन्जमा कैयन पसले रक्सौलका निवासी हुन् । उनीहरु बिहान रक्सौलबाट आएर पसल खोल्थे, साझ फर्किन्थे ।

नाकामा कुनै किसीमको रोकटोक थिएन । बिहिबार राति वीरगन्जमा संक्रमण पुष्टि भएका पाँच थुनुवा भारतीय नागरिक रहेको तथ्यले पनि सर्राफको तर्कलाई पुष्टि गर्छ । पर्साकी प्रहरी उपरीक्षाक गंगा पन्तले संक्रमण पुष्टि भएका पाँच थुनुवा भारतीय नागरिक रहेको बताइन् । उनीहरु लुकिछिपी वीरगन्ज छिरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।

वीरगन्ज उपमहानगरपालिकाका मेयर विजय कुमार सरावगीले भने स्थानीय प्रहरी प्रशासनको लापरवाहीका कारण वीरगन्जमा कोरोना समुदायस्तरमा फैलिएको आरोप लगाए । आइतबारको अन्नपूर्णपोष्ट दैनिकबाट

वि.सं.२०७७ साउन ११ आइतवार ०९:२६ मा प्रकाशित

राष्ट्रिय स्वाधीनताका लागि छिटो वामपन्थीकाे कार्यगत एकता आवश्यक: प्रचण्ड

राष्ट्रिय स्वाधीनताका लागि छिटो वामपन्थीकाे कार्यगत एकता आवश्यक: प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल...

कम्युनिस्टहरूलाई आत्ममन्थन गर्न माधव नेपालको आग्रह

कम्युनिस्टहरूलाई आत्ममन्थन गर्न माधव नेपालको आग्रह

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री...

कोशीमा भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन अनुरोध

कोशीमा भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन अनुरोध

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

मेला हेर्न गएका बालकको डुबेर मृत्यु, अर्काको खोजी जारी

मेला हेर्न गएका बालकको डुबेर मृत्यु, अर्काको खोजी जारी

सिद्धार्थनगर (भैरहवा) । मोहर्रम पर्वका अवसरमा रूपन्देहीको रोहिणी गाउँपालिका–१ गुजरपुरवास्थित...

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...