back
CTIZAN AD

सरकार र न्यायलयमाथि प्रश्न गर्दै नेकपा प्रवक्ताले भने, ‘हद भयो, असह्य भयो’

वि.सं.२०७७ साउन ११ आइतवार

780 

shares

काठमाडौं । सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकार र न्यायलयको कार्यसम्पादन असह्य हुने खालको भएको टिप्पणी गरेका छन् । सरकारले गरिब निमुखाप्रति अन्याय गरिरहेको र न्यायलयले पीडित माथि नै अन्याय गरिरहेको श्रेष्ठको टिप्पणी छ ।

उनले सरकार र न्यायलयको भूमिकाले जनतामा निकै असह्य र आक्रोशको अवस्था सिर्जना गराएको बताए । आइतबार सामाजिक सञ्जालमार्फत बोल्दै श्रेष्ठले भने, ‘‪के हुदैछ यस्तो ? न्यायालय र सिङ्गै राज्य प्रणाली र ब्यबस्थामाथि नै प्रश्न उठ्ने गरी न्यायालयद्वारा निर्णय किन गरिदैछ ? बास र छाक टार्ने समस्याबाट पिडीत गरीब चेपाङ युवाको हत्या सँवेदनशील सुरक्षा अङ्गबाट नै दर्दनाक ढङ्गले पिटी पिटी किन गरिन्छ र सुकुम्बासी झुप्रामा आगो किन लगाईन्छ ? कथित दलित भएकै आधारमा बर्बर सामुहिक हत्या किन गरिन्छ ? हद भयो ,असह्य भयो। न्याय स्थापित होस् र दोषी माथि कार्बाही होस् ।’

https://www.facebook.com/100007426923538/posts/2677547365836135/?d=n

प्रवक्ता श्रेष्ठले सरकार र न्यायलयको चरित्र नबदलीय त्यसले दुस्परीणाम दिने पनि चेतावनी दिए । लोकतान्त्रिक प्रणालीअनुरुपको राज्यको पुनसंरचना पनि आवश्यक रहेको श्रेष्ठको भनाई छ ।

‘यो अवाजलाई समयमै सम्बोधन गरौं र राज्यका अङ्गहरुको लोकतन्त्र अनुरुप पुनसंरचना गरी लोकतन्त्रलाई व्यवहारतः अभ्यास गरौं र विकास गरौं, अन्यथा निरासा, आक्रोस, अनिश्चय र तरलता को परिणाम के होला ? समयमै सबैले सोचौं, परिणाम सधैं सकारात्मक नै हुन्छ भन्न सकिन्न’, श्रेष्ठले भने ।

पछिल्लो साता रञ्जन कोइरालाको सन्दर्भमा गरिएको फैसलासँगै सर्वौच्च अदालत विवादमा तानिएको छ भने चेपाङ्ग बस्तीमा आगो लगाउने सरकारी निकायको गतिविधि र रुकुममा भएको नरसंहारप्रति सरकारको निकै आलोचना भएको छ । कुनै पनि घटनाबारेमा स्पष्टीकरण नदिँदा सरकार झनै विवादमा पर्दै गएको छ ।

वि.सं.२०७७ साउन ११ आइतवार १३:०५ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...