१४ साउन । नेपालमा बलात्कारका घटना क्रुर र ज्यादतीपूर्ण रुपले बढ्दै गएका छन् । यस्तै घटना दोहोरिएको छ, बाजुराको बुढिगंगा नगपालिकामा ।
बाजुराको बुढिगंगा नगरपालिका २ बजेडीका एक ६५ वर्षीय पुरुषले आफ्नै १४ वर्षीया छोरीलाई बलात्कार गरेको रहस्य निकै ढिलो गरी खुल्न आएको छ । ६ कक्षामा पढ्दै गरेकी ती बालिकाको पेटमा ६ महिनाको बच्चसमेत रहेको पुष्टि भएपछि स्थानीयहरुको उजुरीमा ६५ वर्षीय बाबुलाई पक्राउ गरिएको छ ।
लकडाउनका कारण नियमित स्कुल नभएपनि स्कुले विद्यार्थीको पेट ठूलो देखिएपछि छरछिमेक र स्थानीयहरुले बालिकालाई सोधपुछ गरेका थिए । लगभग १ वर्ष यता पटक पटक बाबुको बलात्कार सहेकी ती बालिकाले सोधपुछका क्रममा भनिन् ‘मलाई रगत आयो, बान्ता र वाकवाकी बढ्यो के गरम भनेर बुबालाई भन्दा यो आफै ठिक हुन्छ, कसैलाई भनिस भने मारिदिन्छु भन्नुभयो।’
१४ वर्षीय आफ्नै छोरी बलात्कार गरी पेट बोलाउने बाबुलाई जिल्ला प्रहरी बाजुराले पक्राउ गरेर अनुसन्धान भैरहेको जिल्ला प्रहरी बाजुराका सूचना अधिकृत दानबहादुर रोकायले गोरखापत्रका सम्वाददातालाई बताएको समााचारमा उल्लेख गरिएको छ । फाइल तस्विर
वि.सं.२०७७ साउन १४ बुधवार १०:२८ मा प्रकाशित






























