काठमाडौँ । विश्व बजारको प्रभाव स्वरुप नेपाली बजारमा सुनको मुल्य निरन्तर उकालोमा छ । बुधबार पनि सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार छापावाला सुनको मूल्य तोलाको ९८ हजार दुई सय रुपैयाँ थियो।
तेजाबी सुनको मूल्य तोलामा तीन सय पाँच रुपैयाँ बढेर ९८ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार तेजाबी सुनको मूल्य तोलाको ९७ हजार सात सय ६० रुपैयाँ थियो।
यस्तै तेजाबी सुनको मूख्य तोलामा २० रुपैयाँले घटेर १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।
वि.सं.२०७७ साउन १४ बुधवार १२:२७ मा प्रकाशित






























