back
CTIZAN AD

प्रहरी हेडक्वाटरमा थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४४ पुग्यो

वि.सं.२०७७ साउन १५ बिहीवार

741 

shares

काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप ९ जना प्रहरीमा कोरोना संक्रमण पुष्टी भएको छ । प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा थप ९ जनामा कोरोना संक्रमण देखिएको हो ।

यससँगै प्रहरी प्रधान कार्यालयमा कार्यरत ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको नेपाल प्रहरी प्रवक्ता एसएसपी कुबेरबहादुर कडायतले जानकारी दिए । उनका अनुसार प्रधान कार्यालयको सञ्चार, सवारी शाखालगायतमा कार्यारत प्रहरीमा कोरोना देखिएको हो ।

कोरोना संक्रमित देखिएका प्रहरीको कन्ट्रयाक्ट टेसिङ सुरु गरिएको उनले जनाए ।

पछिल्लो कोरोना संक्रमणको पुष्टी भएसँगै देशभर कोरोना संक्रमित प्रहरीको संख्या २ सय २१ पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यसअघि जिल्ला प्रहरी कार्यालय स्याङ्जामा एसपीसहित ३८ जना प्रहरीमा कोरोना संक्रमण देखिएको थियो ।

वि.सं.२०७७ साउन १५ बिहीवार १२:०३ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...