back
CTIZAN AD

अमेरिकी अर्थतन्त्रमा ३२.९ प्रतिशतको गिरावट,राष्ट्रपतीय निर्वाचन पछि सार्न राष्ट्रपति ट्रम्पको सुझाव

वि.सं.२०७७ साउन १६ शुक्रवार

717 

shares

दोस्रो त्रैमासिकको पहिलो प्रक्षेपणले अमेरिकी उपभोक्ता खर्चमा ३४.६ प्रतिशतको व्यापक गिरावट आउने जनाएको छ ।

१६ साउन, अमेरिका । कोरोनाभाइरस महामारीबीच अप्रिलदेखि जुनसम्मको अवधि (दोस्रो त्रैमासिक) मा अमेरिकी अर्थतन्त्रमा गिरावट आई ३२.९ प्रतिशत संकुचित भएको सरकारले बिहीबार जनाएको छ ।

यो गिरावटलाई सरकारी अधिकारीले अपेक्षा गरिएभन्दा सामान्यत कम खराब भएपनि अमेरिकी आर्थिक रेकर्डमा सन् १९४७ पछि अहिलेसम्मकै सबैभन्दा खराब अवस्था हो ।

सरकारले भनेको छ, “वाणिज्य विभागको तथ्याङ्क वार्षिक दर हो त्यसैले अन्य विकशित अर्थतन्त्रसँग रिपोर्ट गरिएको त्रैमासिक संकुचनसँग तुलना गर्न सकिदैन ।”

दोस्रो त्रैमासिकमा पहिलो अनुमानका अनुसार उपभोक्ता खर्च, जुन सबैभन्दा अर्थतन्त्रको ठूलो कारक मानिन्छ ,मा व्यापक गिरावट आएको कारण कूल ग्राहस्थ उत्पादनमा पनि कमी आएको छ । दोस्रो त्रैमासिकको पहिलो प्रक्षेपणले अमेरिकी उपभोक्ता खर्चमा ३४.६ प्रतिशतको व्यापक गिरावट आउने जनाएको छ ।

यसैबीच सन् २०२० को अमेरिकी राष्ट्रपतीय निर्वाचन पछि सार्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार सुझाब दिएका छन् ।

अमेरिकी राष्ट्रपतीय निर्वाचनका लागि पछिल्ला दिनहरूमा भएका सर्भेक्षणमा ट्रम्पको अवस्था कमजोर देखिँदै गएका समय महामारीको कारण देखाउँदै उनले यस्तो अवस्थामा मतदानको परिणाम पनि सही आउन नसक्ने धारणा राखेका छन् ।

“जबसम्म नागरिकले सही तथा सुरक्षितरूपमा मतदान गर्न सक्दैनन् त्यतिन्जेल निर्वाचनलाई पछि सारियोस्” अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीट्मार्फत आग्रह गरे ।

सन्देशमा भनिएको छ, “निर्वाचनमा मेलमार्फत गरिने मतदान प्रक्रिया सन् २०२० का अमेरिकी इतिहासमा अत्यन्त ‘गलत र भ्रामक’ हुनेछ । यो संयुक्त राज्य अमेरिकाका लागि ठूलो अफ्ठ्यारोको विषय हुनेछ ।”

वि.सं.२०७७ साउन १६ शुक्रवार ०८:१८ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...