१६ साउन, काठमाडौँ । कोरोना पछिको पहिलो एकदिवसीय खेलमा इंल्याण्डले आयरल्याण्डलाई ६ विकेटले पराजित गरेको छ ।
बिहिबार बेलुका साउथेम्प्टनमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ्ग गरेको आयरल्याण्डले ४४.४ ओभरमा १७२ रन बनाउदाँ सबै विकेट गुमाउन पुग्र्यो । आयरल्याण्डका लागि एकदिवसीय क्रिकेटमा डेब्यु गरेका कर्टिस क्याम्परले सर्वाधिक ५९ रन बनाएका थिए । इंल्याण्डका लागि बलिङ्ग तर्फ डेभिड विलीले सर्वाधिक ५ विकेट लिन सफल भए ।
आयरल्याण्ले दिएको १७३ रनको लक्ष्य इंल्याण्डले २७.५ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । इंल्याण्डका लागि साम बिलिंग्सले सर्वाधिक ६७ रन बनाए भने आयरल्याण्डका लागि बलिङ्गमा क्रेग योङ्गले सर्वाधिक २ विकेट लिए ।
जितसँगै इंल्याण्डले ३ खेलको एकदिवसीय श्रृखलामा १-० को अग्रता लिएको छ ।
वि.सं.२०७७ साउन १६ शुक्रवार १२:२८ मा प्रकाशित


























