back
CTIZAN AD

सगुनको आईपीओमा लगानी नगर्न धितोपत्र बोर्डको आग्रह

वि.सं.२०७७ साउन १७ शनिवार

825 

shares

१७ साउन, काठमाडौँ । नेपाल धितोपत्र बोर्डले सगुन इन्कर्पोरेशन कम्पनीमा लगानी नगर्न आग्रह गरेको छ ।

बोर्डले सूचना जारी गरी बोर्डबाट स्वीकृति प्राप्त नगरेका निष्कासन तथा योजनाहरुमा सहभागी नहुन सर्वसाधारण लगानीकर्ताहरुलाई लगानी नगर्न भनेको हो ।

जारी सूचनामा केहि समययता विभिन्न पत्रपत्रिका था संचारमाध्यममा विदेशमा दर्ता भएको सगुनले नेपाली लगानीकर्ताहरुलाई लक्षित गरी धितोपत्र सार्वजनिक निष्कासन जारी गरेको समाचार तथा विज्ञापनहरुप्रति वोर्डको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

सूचनामा बोर्डको स्वीकृति बिना नेपालमा धितोपत्रको निष्काशन गर्ने कार्य गैरकानुनी हुने र त्यस्तो धितोपत्रमा लगानी गर्दा विद्यमान कानुननको व्यवस्थाबाट लगानीकर्ताहरुको हित संरक्षण नहुने हुँदा कुनै पनि कम्पनीले गर्ने धितोपत्रको सार्वजनिक निष्काशनमा लगानी गर्दा बोर्डको स्वीकृति प्राप्त गरेको निष्काशनमा मात्र लगानी गर्न बोर्डले आव्ह्वान गरिएको छ ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा २७(१) मा संगठित संस्थाले नेपालमा धितोपत्रको निष्कासन गर्नुअघि बोर्डमा दर्ता गराउनु पर्ने र दफा २९(१) मा संगठित संस्थाले एकपटकमा पचासजना भन्दा बढी व्यक्तिहरुलाई धितोपत्र बिक्री गर्ने भएमा त्यस्तो धितोपत्रको बिक्री वितरणको निमित्त सार्वजनिक निष्काशन गर्नुपर्ने व्यवस्था रहेको छ ।

केही गैरआवासीय नेपालीहरुको लगानीमा अमेरिकामा स्थापना भएको सगुनले केहि समय अघि नेपालमा कार्यालय नै स्थापना गरेर सगुनमा लगानी गराउन प्रचारप्रसार गर्दै आएको छ ।

वि.सं.२०७७ साउन १७ शनिवार ०९:५३ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...