१८ साउन, काठमाडौँ । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दैनिक ५० हजार भन्दा बढिले बढि रहेको छ । शनिबार भारतमा ५४ हजार भन्दा बढि कोरोना नयाँ संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट ८ सय भन्दा बढिको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा मात्रै भारतमा ५४ हजार ८ सय ६५ कोरोना भाइरसका नयाँ संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट ८ सय ५२ जनाको मृत्यु भएको छ ।
यससँगै भारतमा कोरोना संक्रमितको संख्या १७ लाख ५१ हजार ९ सय १९ पुगेको छ भने संक्रमणबाट मृत्यु हुनेको संख्या ३७ हजार ४ सय ३१ पुगेको छ ।
विश्वभरमा कोरोना भाइरसबाट संक्रमितहुनेको संख्या १ करोड ८० लाख १३ हजार १ सय ८९ पुगेको छ भने संक्रमणबाट ६ लाख ८८ हजार ७ सय १८ जनाको मृत्यु भएको छ ।
वि.सं.२०७७ साउन १८ आइतवार ०९:२२ मा प्रकाशित





























