back
CTIZAN AD

पूर्वमाओवादी नेताहरुप्रति आक्रामक जमरकट्टेलको प्रश्न : के प्रचण्डलाई कमजोर पारेर पार्टी एकता जोगिन्छ ?

वि.सं.२०७७ साउन १८ आइतवार

1.2K 

shares

काठमाडौं । सत्तारुढ नेकपाका नेता एवं बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले पूर्वमाओवादी नेताहरुको शैली गलत भएको भन्दै आक्रोश पोखेका छन् । उनले पार्टीको अन्तरसंघर्षमा पूर्वमाओवादी नेताहरुले नै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई असहयोग गरेर कमजोर पार्न खोजेको आरोप लगाए ।

नेता जमरकट्टेलले सामाजिक सञ्जालमार्फत प्रचण्डलाई कमजोर पारेर पार्टी एकता जोगाउन नसकिने पनि बताएका छन् । ‘आन्दोलनमा बिचार, नेतृत्व र संगठको महत्वलाई ठिक ढंगले बुझ्नुपर्दछ’, सामाजिक सञ्जालमार्फत उनले प्रश्न गरेका छन्, ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रका पूर्वमाओवादी पक्ष किन एक ढिक्का हुन सकेन ? अध्यक्ष कमरेड प्रचण्डलाई किन कमजोर बनाउन खोजीदैछ ? स्थायी समिति र केन्द्रीय समिति का नेताहरू किन चुप लागेर बसेका छन ? अध्यक्ष कमरेड प्रचण्डलाई कमजोर पारेर पार्टी एकता जोगिन्छ त ?’

बालुवाटारमा गोप्य भेट गर्ने पूर्वमाओवादी नेताहरुप्रति नेता जमरकट्टेलले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको सहयोग खोजेर पार्टी एकता नजोगिने पनि टिप्पणी गरेका छन् । उनले प्रचण्डको नै कुरा नसुन्नेले अरुको कुरा नपत्याउने पनि बताएका छन् । ‘कतिपय स्थायि समितिका सदस्य कमरेडहरूको भावना राम्रै होला तर अध्यक्ष कमरेडको त्यत्रो त्यागलाई अपमान गर्ने, उहाँको कुरा नसुन्नेले तपाईंहरूको कुरा पत्याएर एकता जोगाईदिनु हुन्छ’, उनले भनेका छन् ।

नेता जमरकट्टेलले पार्टी एकता जोगाउनको निम्ति पनि पूर्वमाओवादीहरु एक ढिक्का हुनुपर्ने बताएका छन् । कमीकमजोरीको समिक्षा गरौंला भन्दै उनले अध्यक्ष प्रचण्डको वरिपरि एकताबद्ध हुन र सक्रिय हुन आह्वान गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रका पूर्वमाओवादी पक्ष किन एक ढिक्का हुन सकेन ? अध्यक्ष कमरेड प्रचण्डलाई किन कमजोर बनाउन खोजीदैछ ? स्थायी समिति र केन्द्रीय समिति का नेताहरू किन चुप लागेर बसेका छन ? अध्यक्ष कमरेड प्रचण्डलाई कमजोर पारेर पार्टी एकता जोगिन्छ त ?

उनले भनेका छन्, ‘मेरो बिचारमा पार्टी एकता जोगाउन अध्यक्ष वरिपरि नै पुर्ब माओबादी धार केन्द्रित हुनु पर्दछ । कमिकमजोरीको समिक्षा गर्दे जाउला पुर्ब माओवादी पक्ष अध्यक्ष कमरेड प्रचण्डको वरिपरि एकताबद्व बनौ । उहाँले अगाडी बढाउने सबै कदमहरूलाई साथ दियौ। संकटको बेलामा मौन भएर कोही पनि नबसौ । यतिखेरको हाम्रो मतले बिशेष अर्थ राख्नेछ । तब मात्रै पार्टी एकता जोगिने छ ।’

नेकपाभित्र आन्तरिक विवाद चुलिँदै जाँदा पूर्वमाओवादी खेमाकै केहि मन्त्रिसहित स्थायी समिति सदस्यहरु प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली निकट देखिएका छन् । उनीहरुले प्रचण्डको एजेण्डालाई गलत भएको भन्दै खुलेरै ओलीको समर्थन गरेका छन् ।

ओलीले एकल रुपमा स्थगित गराएको अनि प्रचण्डले सञ्चालन गरेको गत मंगलबारको स्थायी समिति बैठकमा पनि पूर्वमाओवादीका ४ स्थायी समिति सदस्यहरु उपस्थित थिएनन् । बैठकमा अनुपस्थित नेताहरुले बुधबार साँझ गोप्य रुपमा ओलीलाई भेटेर आफ्ना कुराहरु राखेका थिए । जससँगै पूर्वमाओवादी खेमामा ठुलो तरंग सिर्जना भएको थियो भने प्रचण्डलाई ओलीसँग मिल्न दबाब सिर्जना भएको थियो ।

यस्ताे छ जम्कट्टेलकाे फेसबुक स्टाटस

मेरो यो धारणा पार्टी एकता कमजोर पार्न र गुटबन्दीलाई बढवा दिनको लागि होइन ।एकता लाई मजबुत बनाउन को लागि नै हो…

Posted by Shalik Ram Jamkattel on Saturday, August 1, 2020

वि.सं.२०७७ साउन १८ आइतवार १३:५२ मा प्रकाशित

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...