back
CTIZAN AD

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापा भन्छन्, ‘धोवीघाट गठबन्धनजस्तै नेकपा विघटन गराउन खुमलटार गठबन्धन गराईयो’

वि.सं.२०७७ साउन २२ बिहीवार

912 

shares

काठमाडौं । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले नेकपा विघटन गराउन खुमलटार गठबन्धनको निर्माण गरिएको आरोप लगाएका छन् । बिहिबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले तत्कालिन माओवादी विघटन गराउन धोवीघाट गठबन्धन बनाएजस्तै नेकपा विघटन गराउन खुमलटार गठबन्धन बनाइएको आरोप लगाएका हुन् ।

थापाले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति लक्षित गर्दै पार्टी विभाजनको खुल्लमखुल्ला रिहर्सल गरिएको आरोप लगाए । बुधबार दाहाल पक्षीय नेताहरुले गरेको छलफल र पत्रकार भेटघाटप्रति लक्षित गर्दै उनले ‘ग्याङ अफ फोरको पत्रकार भेटघाटपछिको परिदृश्य’ भनि टिप्पणी गरेका छन् ।

थापाले खुमलटार गठबन्धनबाट ओलीलाई हटाएर प्रधानमन्त्रीमा दाहाल, पार्टी अध्यक्षमा माधवकुमार नेपाल, राष्ट्रपतिमा झलनाथ खनाल र उपप्रधान तथा परराष्ट्रमन्त्रीमा नारायणकाजी श्रेष्ठलाई बनाउन खोजिएको खुलासा पनि गरेका छन् । थापाले १० वर्ष अघि साउनमा धोवीघाट गठबन्धन गरि प्रचण्डलाई अपदस्त गरिएजस्तै १० वर्षपछिको साउनमा नेकपा विभाजन गर्न उस्तै खेल भएको उल्लेख गरेका छन् ।

यसअघि बुधबार दुई अध्यक्षबीच छलफल हुने कार्यक्रम तय भएको भएपनि दाहाल समुहले बेग्लै भेला र पत्रकार सम्मेलन गरेसँगै छलफल स्थगित भएको थियो । पार्टीभित्रको द्वन्द गम्भीर चरणमा पुगेको बेला भएको दाहाल पक्षीय भेलालाई अर्थपूर्णं रुपमा लिइएको छ ।

यस्तो छ थापाको स्टाटस

१० बर्षअघि साउन यही बेला
धाेवीघाट गठबन्धनकाे परिणति
आकांक्षा र बाँडफाँट
संसदीय दलकाे नेता – बाबुराम भट्टराई
जनसेना ईन्चार्ज – रामबहादुर थापा”बादल”
संगठन विभाग प्रमुख – माेहन वैद्य “किरण”
उपप्रधानमन्त्री तथा गृहमन्त्री – नारायणकाजी श्रेष्ठ
पार्टी अध्यक्ष तथा संसदीय दलकाे नेताबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अपदस्थ गर्न केन्द्रीय कमिटीमा हस्ताक्षर संकलन, बाबुराम, वैद्य, बादल, नारायणकाजी र बिप्लवकाे माेर्चाबन्दी ।
माओवादी धारकाे १ दर्जन समुहमा विभाजन र विघटन ।
अहिले १० बर्षपछि साउनकाे याे बेला
खुमलटार गठबन्धनकाे रिहर्सल
आकांक्षा र बाँडफाँट
राष्ट्रपति – झलनाथ खनाल
प्रधानमन्त्री – पुष्पकमल दाहाल “प्रचण्ड”
अध्यक्ष – माधवकुमार नेपाल
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री – नारायणकाजी श्रेष्ठ
प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीविरूद्द दाहाल, खनाल, नेपाल र नारायणकाजी श्रेष्ठको माेर्चाबन्दी ।
याे पद, प्रतिष्ठा, गुटबन्दी र भागबण्डा नभएर विधि, पद्दति र एकताकाे लडाई रे ? पार्टी विभाजनकाे खुल्लमखुला हाँक, हाेहल्ला र रिहर्सल ।
नेकपा विभाजन र समाप्त पार्ने कसरत ।
देशीविदेशी षडयन्त्र र चलखेल ।
ग्याङ अफ फाेरकाे पत्रकार भेघाटपछिकाे परिदृश्य ???

वि.सं.२०७७ साउन २२ बिहीवार ०८:३५ मा प्रकाशित

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज ।  बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी...

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...