back
CTIZAN AD

भारतको एक अस्पतालमा आगलागी हुँदा ८ कोरोना संक्रमितको मृत्यु

वि.सं.२०७७ साउन २२ बिहीवार

798 

shares

२२ साउन, काठमाडौं । भारतको अहमदावादस्थित एक कोभिड १९ अस्पतालमा आगलागी हुँदा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
अहमदावादको श्रेय कोभिड अस्पतालमा रातको ३ः३० बजे भएको आगलागीमा परि ८ संक्रमितको मृत्यु भएको हो जसमा ५ पुरुष र तीन महिला रहेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

कोरोना संक्रमितको उपचारका लागि बनाइएको ५० शैथ्याको उक्त अस्पतालमा घटनाका क्रममा ४० देखि ४५ विरामी रहेका थिए ।
हाल उक्त अस्पताललाई शिल गरिएको छ भने अस्पतालमा उपचाररत अन्य विरामीलाई सरदार वल्लभ भाई पटेल अस्पतालमा सारिएको बताइएको छ ।

विद्युत् शर्टका कारण उक्त घटना भएको बताइएको छ । बेड नं ८ को नजिक विद्युत् शर्ट भएको र बेडमा रहेकी महिलाको कपालमा आगो लागेको उनलाई बचाउन अस्पतालका कर्मचारी आउँदा उनीहरुको पिपिई ड्रेसमा समेत आगो लागेपछि उनीहरु पनि घाईते भएका थिए ।
आगो लागेपछि अस्पतालमा भागदौड हुँदा अक्सिजन सिलिण्डर ढलेपछि त्यसैबाट आगो फैलिएको बताइएको छ ।

आइसीयुमा उपचाररत १० मध्ये ८ जनाको ज्यान गएको बताइएको छ । आइसीयुमा आगो फैलिएपछि विरामी बाहिर निस्कने मौका नपाउँदा यति ठूलो घटना घटेको बताइएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घटनाप्रति दुःद व्यक्त गर्दै घटनामा परि मृत्यु भएका मृतकका परिवारलाई प्रधानमन्त्री राष्ट्रिय राहतकोषबाट २-२ लाख आर्थिक सहयोग गरिने बताएका छन् ।

वि.सं.२०७७ साउन २२ बिहीवार १३:१२ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...