back
CTIZAN AD

कोरानो उपचारमा सफल देखिदै प्राकृतिक चिकित्सा

वि.सं.२०७७ साउन २२ बिहीवार

1.1K 

shares

२२ साउन, नवलपुर । विश्वव्यापि रुपमा कोभिड १९ अर्थात कोरोना भाईरसको संक्रमण बढीरहेको र सो महामारीबाट मृत्यु हुनेको सँख्यामा पनि वृद्धि भइरहेको बेलामा नवलपुर जिल्ला (नवलपरासी सुस्ता बर्दघाटपूर्व) रजहरमा रहेको प्राकृतिक चिकित्सालयमा सञ्चालित क्वारेन्टाइनमा रहेका संक्रमितहरु प्राय सबै निको भएका छन् । महिना दिनसम्म अन्य उपचार केन्द्रमा रहँदा पनि पोजेटिभबाट नेगेटिभ हुन नसकेको संक्रमितलाई पनि सो चिकित्सालयले दिने नियमित प्राकृतिक चिकित्साका उपचार दिँदा हप्ता दिन भित्रै ठिक भएको सो अस्पतालका निर्देशक डा. विनोद पौडेलले बताएका छन् ।

हाइजिनिक खानपान एवं सद्भावपूर्ण वातावरणबाट सो अस्पतालको क्वारेन्टाइनमा रहेका संक्रमितहरुलाई योगध्यान, जलनेती, वास्प उपचार, खेलकुद् आदि क्रियाकलाप गराइने भएकोले संक्रमितलाई रोगसँग लड्ने प्रतिरोधशक्ति एवं हिम्मत बढ्ने हुनाले यस प्रकारको परिणाम मिलेको डा. विनोद बताउँछन् । ७५ वर्षका दम्पति र ११ वर्ष तलको बच्चालाई समेत आफ्नो उपचारले पूर्णरुपमा कोरोनाबाट मुक्त गराउन सकेको उनको भनाइ छ ।

हालसम्म तीनसय अठार जना संक्रमित सो क्वारेन्टाइनमा भर्ना भएकोमा दुईसय सन्तानब्बे जनालाई कोरोना नेगेटिभ भइ घर पठाइसकिएको र अन्यमा पनि कुनै समस्या नदेखिएको बताइएको छ । आउँदा ज्वरो, रुघाखोँकी आदि लक्षण भए पनि दुईचार दिनमै सो अस्पतालले दिने प्राकृतिक खानपान, जलनेती, वास्प उपचार, नूनपानीबाट कुल्ला लगायतका प्राकृतिक चिकित्सा र केही जडीबुटीजन्य पेयको प्रयोगले सुधार आइहाल्ने गरेको डा. पौडेलको भनाई छ ।

डा. विनोदका अनुसार संक्रमितलाई मानसिक रुपमा म रोगी हुँ भन्ने भावना हुनै दिइएको छैन । कोदो, फापर, उमारेको गेडागुडी, पोलिस नगरेको चामललगायतका नितान्त शाकाहारी र स्वस्थकर खाना खुवाइएको छ । अस्पतालमा रहँदाको समयको लागिमात्रै नभएर घर गएपछि पनि कसरी स्वस्थकर खाना खाने, स्वस्थकर खाना के हो आदिको बारेमा केही जानकारी गराएर पठाउने गरिएको छ । संक्रमितलाई नूनपानीले कुल्ला गराउनाले नाकमुखमा भएको भाइरस मर्ने र अरुलाई सर्न नपाउने कारणले नूनपानीले कुल्ला गर्ने व्यवहारलाई अभियान बनाइएको छ ।

कोरोनाको संत्रास र उच्च जोखिम बढेर गइरहेको यस अवस्थामा योग, ध्यान तथा प्राकृतिक चिकित्साका विधि र जडीबुटी एवं आरोग्यवर्धक आहारविहारबाट संक्रमण बढ्नबाट रोक्न सकिनुको साथै संक्रमितलाई उपचार गर्नसकिने बलियो उपाय देखिएकोले यसतर्फ संबन्धित सबैले ध्यान पुर्याउन जरुरी देखिन्छ ।

वि.सं.२०७७ साउन २२ बिहीवार १६:५२ मा प्रकाशित

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण...

घरवासको आनन्द लिन रामकोट जाने कि !

घरवासको आनन्द लिन रामकोट जाने कि !

रामकोट (बन्दीपुर) । तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका...

नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमाको साधारणसभा सम्पन्न

नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमाको साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखाको पाँचौ वार्षिक...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी । लुम्बिनी प्रदेशका तराईका जिल्लामा चैते धानखेतीमा किसानको आकर्षण...