back
CTIZAN AD

मेरो देश भनेर गर्व लाग्ने कुरा नै भेट्न सकिन

वि.सं.२०७७ साउन २२ बिहीवार

1.2K 

shares

दोष मेरो देशको हाईन, दोष मेरो नेपालको होइन, दोष यही पवित्र भुमीमा बस्ने हामी नेपालीको अपवित्र सोच विचारको हो । हामी नेपालीको सोच विचार जहिले सम्म बदलिदैँन, तबसम्म हामी नेपाली भन्न लायक बन्दैनौं । नत हामी स्वाभीमानी छौं नत आफ्नो संस्कृति जोगाउन सकेका छौ, नत रितीरिवाजलाई जोगाउन सकेका छौ । हामी विदेशी संस्कृति मन पराउँछौ, देखासिकी गर्छौ । विदेशी रहनसहन सिक्यौ तर विदेशी सभ्यता, विदेशी उच्च सोच विचार, उच्च व्यवहार सिक्न सकेनौ किनकी हामी नेपाली होनित !!! हामी नेपालीको परिचय भनेकै कुटनित र छलकपटको पेशा गर्छौ, स्वार्थको धन्दा गर्छौ, इमान र मानवता बेच्ने व्यपार गर्छौ, फोहोरी राजनिति गर्छौ । के यही हो नेपालको प्रतिनिधीत्व गर्ने शिङ्गो राष्ट्र काँधमा बोकेर हिड्ने व्यक्तिहरुको परिचय ?

मेरो देश नेपाल शान्ति भुमी, बुद्धको भुमी, पवित्र धार्मिक भुमी, प्राकृतिक सौन्दर्यले भरिपूर्ण भुमी, हरियालीको भुमी प्यारो भुमी मनै देखी गर्व लाग्ने मेरो भुमी जहाँ गएपनि आँखा अगाडी झझल्की रहने मेरो देश स्वभावैले असाध्यै प्यारो लाग्छ । यति प्यारो हाम्रो देशमा बसोबास गर्ने हामी नेपालीहरुमा आफ्नो देश जस्तै गर्व लाग्ने खालका हामी हुन सकेनौ !!!के सतीले सरापेको नै हो त? यति राम्रो भुमीमा रहेर पनि कुन कुन कुरामा भनु मलाइ मेरो देश प्रति गर्व लाग्छ भने शिक्षा, स्वास्थ्य सुरक्षा, धर्म, मानवता, सभ्यता, रहनसहन, रितिरिवाज, संस्कार, संस्कृति, कुनै पनि कुरामा मेरो देश भनेर गर्व लाग्ने कुरा नै भेट्न सकिन ।

शिक्षाकै कुरा गरौं । शिक्षा पवित्र शब्द, अज्ञानता हटाउने मुल मन्त्र ज्ञानको ज्योति यति पवित्र क्षेत्रमा अनियमीतता, राजनितिक, कुटनितिक व्यपार भइरहन्छ यहाँ । देशभर शिक्षामा एकरुपता छैन सरकारी र निजि २ भागमा बाँडिएको छ । त्यसमा पनि गुणस्तरयुक्त र गुणस्तरहीन शिक्षा प्रणाली भनेर सुन्न, भोग्न र देख्न पाईन्छ हाम्रो नेपालमा हामी नेपालीद्धारा । त्यसैभित्र पनि राजनिती र कुटनिती जस्ता कसींगरहरु मिसीएर फितलो बनीरहेको पाईन्छ । शिक्षा जस्तो पवित्र चीजमा एकरुपता नभएपछि कसरी सक्षमता उत्पादन हुन्छ । सक्नेले पैसा खर्च गरेर शिक्षा किन्छ, राम्रो बोडिङमा पढ्छ । गुणस्तरयुक्त शिक्षा प्राप्त गर्छ । लक्ष्य भेटाउँछ । नसक्नेले कम गुणस्तरयुक्त स्कुल पढ्छ । खुबी तथा क्षमता भएर पनि खुम्चिदै पछाडी धकेलिन्छ । अनि लक्ष्यहीन र गन्तव्यहीन बन्दै परदेशको गुलामी बन्छ । यस्तो परिवेशलाई मिलाउन नखोज्ने सरकारको जनता बन्दै म कसरी भनु मेरो देश नेपाल मलाई गर्व लाग्छ भनेर ।

त्यसैगरी स्वास्थ्यको कुरा गरौ भने अझ आक्रोस बढ्छ । स्वास्थ्यको लागि भनेर यती रकम भनी बजेट छुट्याइन्छ, भाषण गरीन्छ, जनताहरुलाई मख्ख पारिन्छ, बाटो पुगेको ठाँउमा, सुविधा भएकै ठाँउमा पनि अस्पतालको अभावले एउटी महिला प्रसुति पीडामा छटपटाउँदै ज्यान गुमाउँछिन् भने एउटा मुटु रोगी नियमित जाँचको अभावले अल्पआयुमै ज्यान गुमाउँछ । यस्तो भोगाईबाट गुज्रदै कसरी भनुँ नेपाली हुनुमा गर्व छ भनेर ।

त्यस्तै कुरा आउँछ रोजगारीको । पढ्ने गर्छु किताबहरुमा अनि देख्छु आफ्नै आँखाले मेरो देश प्रकृतिको धनी छ, जलस्रोतको धनी छ, यहाँ धेरै सम्भावनाहरु छन्, हाम्रो देश केहि कुरामा कम छैन भन्ने कुराहरुलाई गर्व गर्दै मन मस्तकमा सजाउँछु, तर जब समय पैसाको लगानी गरेर आफ्नो लक्ष्य भेटाएको व्यक्ति अन्तिममा योग्यता अनुसारको काम नपाएर फेरि परदेशको गुलामी बनेको देख्नुपर्छ, अनि कसरी भनुँ नेपालको भौगोलिक बनोट र प्राकृतिक भरिपूर्णताले गर्व लाग्छ भनेर ।

यहाँनिर जोड्न मन लाग्छ राजनितिलाई मेरो देशका भद्र, बुद्धिमान मानिएका नेत्रित्वका लागि छानिएका व्यक्तिहरुले चोखो राजनिती गरी व्यक्तिगत स्वार्थलाई पछाडि राखी देशका कमजोगर भागहरुमा दिृष्टि मात्र राखिदिए, कुर्चि र पदको लागि नभएर विकासको निम्ती प्रतिस्पर्धा गरिदिने हो भने मेरो देश अपाङ्ग हुने थिएन । एउटै दलभित्र पनि आपसमा मनमुटाव, बैरीभाव, आपसको लाडाई, कुटनितिक छलकपट, होच्याउने, गिराउने, लाडाउने, उचाल्ने, पछार्ने जस्ता नाटकिय क्रियाकलापले देशलाई धमिराले काट खाएझै गरी भित्रभित्र शोषेर खोक्रो पारे । जानीजानी अनि उनीहरु नै आफुलाई भद्र, ईमान्दार, बुद्धिजिवी, देशभक्त ठान्दै जनता जीउँदै मार्ने राजनितिज्ञहरुसंग बसी म कसरी भनुँ मेरो देश नेपाल मलाई गर्व लाग्छ भनेर । यति पवित्र शान्तिमय बुद्धको देशमा, मन्दिरै मन्दिर भएको धार्मिक भुमिमा कपी किताबको साथमा आफ्नो लक्ष्य बोकेर हिँडेका कति निर्मलाहरु बलात्कृत भएका छन् कति चेलीहरुको अनुहरमा एसिड खन्याईएको छ । एउटी विधवा अवला नारी आफ्नै घरभित्र बन्चरोको शिकार भएकी छिन्, चोखो प्रेम गर्ने दलित माया गरेकै अपराधमा दिन दाहाडै बाटोघाटोमा मारिन्छ । अनि सुरक्षा खोज्न म कहाँ जाँउ । भगवान राम बसेको ठाँउमा रावणले पाईला टेकी सीता हरण गरे जस्तो मेरो देशको कहानी !!! रावणै रावणले राज गरेको मेरो देशमा कुन कुरामा गर्व गँरु सरकार ?

ठुला ठुला धार्मीक स्थलहरु, प्रशिद्ध मन्दिरहरु छन्, जहाँ धर्मको नाम बेचेर व्यपार गरिन्छ । धर्मकै नाम बेचेर अनेकौ कला रचिन्छ यहाँ । तैपनि यहाँ सबै कुराहरुमा छुट हुन्छ । कुनै एक चिजमा त चोखो नेपालीत्व बनाईदेउ सरकार !!!

दोष मेरो देशको हाईन, दोष मेरो नेपालको होइन, दोष यही पवित्र भुमीमा बस्ने हामी नेपालीको अपवित्र सोच विचारको हो । हामी नेपालीको सोच विचार जहिले सम्म बदलिदैँन, तबसम्म हामी नेपाली भन्न लायक बन्दैनौं । नत हामी स्वाभीमानी छौं नत आफ्नो संस्कृति जोगाउन सकेका छौ, नत रितीरिवाजलाई जोगाउन सकेका छौ । हामी विदेशी संस्कृति मन पराउँछौ, देखासिकी गर्छौ । विदेशी रहनसहन सिक्यौ तर विदेशी सभ्यता, विदेशी उच्च सोच विचार, उच्च व्यवहार सिक्न सकेनौ किनकी हामी नेपाली होनित !!! हामी नेपालीको परिचय भनेकै कुटनित र छलकपटको पेशा गर्छौ, स्वार्थको धन्दा गर्छौ, इमान र मानवता बेच्ने व्यपार गर्छौ, फोहोरी राजनिति गर्छौ । के यही हो नेपालको प्रतिनिधीत्व गर्ने शिङ्गो राष्ट्र काँधमा बोकेर हिड्ने व्यक्तिहरुको परिचय ?

त्यसैले मेरो नेपाल भुमी र यहाँको बस्तुहरुको यहाँका अस्थित्वको कुरा गरें भने, बयान गरे भने मेरो कलम थाक्छ, मेरा पेजहरु भ्रिन्छ तरपनि कहिँकतै भेट्नै सकिन मेरो देशमा मलाई गर्व लाग्ने चिज !!!

वि.सं.२०७७ साउन २२ बिहीवार १८:१३ मा प्रकाशित

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

१. पृष्ठभूमि बीपी सडक निर्माणको अर्थराजनीतिमा शक्ति, धन, र नीतिगत...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...