back
CTIZAN AD

आज काठमाण्डौं उपत्यकाका १०३ सहित ४६४ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या २२,२१४ पुग्यो

वि.सं.२०७७ साउन २३ शुक्रवार

888 

shares

२३ साउन काठमाण्डौं । नेपालमा आज काठमाण्डौं उपत्यकाका १०३ सहित ४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज सबैभन्दा बढी पर्सामा १३७, काठमाडौंमा ९०, मोरङमा ६४, बाँकेमा २८, सप्तरीमा १९ र बर्दियामा १५ जना संक्रमित भेटिएका छन् । साथै आज ललितपुरमा ९ र भक्तपुरमा ४ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापा र सुनसरीका १\१ जना, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा मोरङका २९ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका ३५ र झापाका १ जना, गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणमा सप्तरीका १९ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका १० र सर्लाहीका ३ जना, नारायणी अस्पताल वीरगन्जमा गरिएको परीक्षणमा बाराका ४, पर्साका १३४ र रौतहटका ४ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा सिन्धुपाल्चोकका १, ललितपुरका ३, काठमाण्डौंका १४, नुवाकोटका ८, सर्लाहीका ६ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतामा गरिएको परीक्षणमा भक्तपुरका २, बाराका २, कैलालीका २, काठमाण्डौंका ३९ जना, सर्लाहीका २, ललितपुरका ३, पर्साका २, रौतहटका १ तनहुँका २ जना, पाटन अस्पतालमा गरिएको परिक्षणमा काठमाण्डौंका ५, धनुषाका १, भक्तपुरका १, ललितपुरका २ र कास्कीका १ जना, विर अस्पतालमा गरिएको परीक्षणमा बाँकेका १, काठमाण्डौंका ४, बारा र बर्दियाका १/१ जना, टिचिङ अस्पताल महाराजगन्जमा गएिको परीक्षणमा काठमाण्डौंका १, नेपाल प्रहरी अस्पताल काठमाण्डौंमा गरिएको परीक्षणमा काठमाण्डौंका ७ जना, स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा काठमाण्डौंका ११, ललितपुरका १, पर्सा र सर्लाहीका १\१ जना, बिआइडिएच ल्याब काठमाण्डौंमा गरिएको परीक्षणमा ललितपुरका १, काठमाण्डौंका २ जना, ह्याम्स अस्पतालमा गरिएको परीक्षणमा काठमाण्डौंका ४ जना, नेपाल कोरिया मैत्री अस्पतालमा भक्तपुरका १, काठमाण्डौंका १, स्याङजाका १ र पर्साका १ जनामा संक्रमण पुष्टि भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका २ जना, प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा नवलपरासी पूर्वका १ र कास्कीका ८ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका १,नवलपरासीका २ जना, भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको परिक्षणमा बाँकेका २८ र बर्दियाका १४ जना, सुर्खेत प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा कालिकोटका ४, सुर्खेतका १ जना, सुर्या हेल्थ केयर काठमाण्डौंमा काठमाडौंका ४ जना, सेति प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा अछामका १, कैलालीका १७, कन्चनपुरका १ जना गरी जम्मा ४६४ जनामा संक्रमण पुष्टि भएको छ । आज थपिएका ४६४ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २२,२१४ पुगेको छ ।

आज काठमाण्डौं उपत्यकाका ८७ सहित ३६० जनामा कोरोना संक्रमण भएको पुष्टि

 

वि.सं.२०७७ साउन २३ शुक्रवार १७:०३ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...