back
CTIZAN AD

काठमाडौँ उपत्यकामा नयाँ नागरिकता र राहदानी वितरण १५ दिन बन्द

वि.सं.२०७७ साउन २३ शुक्रवार

810 

shares

२३ साउन, काठमाडौँ । काठमाडौं उपत्यकाले १५ दिन नयाँ नागरिकता वितरण, राहदानी वितरण लगायतका सेवा बन्द गर्ने निर्णय गरेको छ ।

उपत्यकामा कोरोना भाइरसको संक्रमण व्यापक रूपमा फैलँदै गएपछि १५ दिनका लागि अत्यावश्यकबाहेकका प्रशासनिक कार्यालय बन्द गर्ने निर्णय गरेको छ ।

उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को बैठकले अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।

यस अवधिमा नयाँ नेपाली नागरिकता वितरण, नागरिता प्रतिलिपि वितरण, हातहतियार दर्ता÷नविकरण, संस्था दर्ता÷पत्रपत्रिका दर्ता साथै नविकरण सम्बन्धी कार्य, निजी सुरक्षा कम्पनी नविकरण, राहदानी वितरण, नाबालिग परिचयपत्र वितरण र अन्य अत्यावश्यक नभएका सेवाहरु वितरण स्थगित गरिएको जनाइएको छ ।

तर शान्ति सुरक्षा सम्बन्धी सेवा, ठाडो निवेदन र उजुरी सम्बन्धी, मुद्धा सम्बन्धी कार्य, अत्यावश्यक कामको लागि सवारी पास सम्बन्धी कार्य र विपद् व्यवस्थापन सम्बन्धी कार्य भने नियमित सञ्चालन हुने बताइएको छ ।

प्रजिअ बैठकले मास्क र स्यानिटाइजरको प्रयोग नगर्ने तथा सुरक्षा सावधानी नअपनाउनेलाई कडा कारबाही गर्नेसमेत निर्णय गरेको छ ।

जोखिमयुक्त क्षेत्र सिल गर्ने तयारी
सर्वाधिक संक्रमण देखिएका जोखिमयुक्त क्षेत्र महाबौद्द, न्युरोड, टेकुसहितका क्षेत्र स्थानीय तहहरूसँगका सहकार्यमा सिल गर्ने तयारीसमेत गरिएको हो ।

वि.सं.२०७७ साउन २३ शुक्रवार १६:३६ मा प्रकाशित

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...