back
CTIZAN AD

यस्तो छ नेपालमा आजसम्मको कोरोना अपडेटः २२,५९२ संक्रमित, १६,३१३ निको र मृतकको संख्या ७३ पुग्यो

वि.सं.२०७७ साउन २४ शनिवार

744 

shares

२४ साउन, काठमाडौं। नेपालमा शनिबार (२४ साउन) सम्म पिसीआर प्रविधिबाट ४ लाख ३५ हजार २८९ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ७,८८८ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

त्यसैगरी हालसम्म देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ६,२०६ जनाको उपचार भइरहेको छ । साथै हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्को जिल्लामा पुगेर क्वारेन्टिनमा बस्नेहरुको संख्या १० हजार ७९२ रहेको छ । यो संख्या दिनप्रतिदिन घटिरहेको छ ।

आज थपिएका ४९९ जनासँगै नेपालमा हालसम्म संक्रमितको संख्या २२ हजार ५९२ पुगेको छ भने आज निको भएर डिस्चार्ज भएसँगै नेपालमा हालसम्म १६ हजार ३१३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । साथै आज ३ जनाको मृत्यु भएको पुष्टि भएसँगै हालसम्म मृतकको संख्या ७३ पुगेको छ ।

नेपालमा आज काठमाण्डौं उपत्यकाका ६२ सहित ३७८ जनामा कोरोना संक्रमण
नेपालमा आज काठमाण्डौं उपत्यकाका ६२ सहित ३७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार आज सबैभन्दा बढी काठमाण्डौंमा ५६ जना, पर्सामा ५४ जना, मोरङमा ४९ जना, बाँकेमा ४९ जना, सर्लाहीमा ३५ जना, धनुषामा २० जना संक्रमित भेटिएका छन् । साथै आज ललितपुर र भक्तपुरमा ३÷३ जना संक्रमित थपिएका छन् ।

त्यसैगरी बाग्लुङमा १३, सुनसरीमा १०, बारामा ७, स्याङजामा ७, काभ्रेमा ७, मकवानपुरमा ६, कैलालीमा ४, रामेछापमा ४, रौतहट ४जना, सुर्खेत, बझाङ, कन्चनपुर र कास्कीमा ३÷३ जना, महोत्तरी, चितवन, दोलखा र धादिङमा २÷२ जना संक्रमित थपिएका छन् ।

त्यस्तै सप्तरी, पर्सा, सिन्धुली, सिन्धुली, महोत्तरी, नुवाकोट, रामेछाप, कन्चनपुर, म्याग्दी, रुकुमपश्चिम, बर्दिया र जाजरकोटमा १/१ जना गरी जम्मा ३७८ जनामा संक्रमण पुष्टि भएको छ । आज थपिएका ३७८ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २२ हजार ५९२ पुगेको छ ।

आजपनि ४९९ जनाले कोरोना जितेर घर फर्किए
नेपालमा आज ४९९ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पताल तथा आइसोलेशनमा उपचाररत ४९९ जना संक्रमणबाट निको भएर घर फर्किएका हुन् ।  आज ४९९ जना निको भएसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १६ हजार३१३ पुगेको छ ।

यस्तो छ डिस्चार्ज हुनेको प्रदेश विवरण
प्रदेश १ मा ९४२ जना, प्रदेश २ मा ३,३२६ जना, बाग्मति प्रदेशमा ६ सय जना, गण्डकी प्रदेशमा १,४४१ जना, प्रदेश नं ५ मा ४,१७९ जना कर्णाली प्रदेशमा १,८८७ जना र सुदूरपश्चिम प्रदेशमा ३,९३८ जना गरी हालसम्म १६ हजार ३१३ जना संक्रमणबाट मुक्त भएका हुन् ।

क्वारेन्टिनमा रहनेको प्रदेश विवरण
प्रदेश १ मा २,२४९ जना, प्रदेश २ मा १,४४३ जना, बाग्मति प्रदेशमा ९५२, गण्डकी प्रदेशमा २,८३४ जना, प्रदेश नं ५ मा १,५०४ कर्णाली प्रदेशमा ४८३ जना र सुदूरपश्चिम प्रदेशमा १,३२७ जना विभिन्न क्वारेन्टिनमा रहेका छन् ।

कोरोनाबाट आजपनि ३ जनाको मृत्यु भएको पुष्टि, मृतकको संख्या ७३ पु्ग्यो
नेपालमा आज कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । स्वास्थ्यमन्त्रालयका अनुसार आज मृत्यु हुनेमा काठमाण्डौं, पर्सा र मोरङका रहेका छन् ।

पर्साको वीरगन्ज महानगरपालिका वडा नं ३ छपकैयाका ७४ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको उपचारका क्रममा साउन २३ गते दिउसो विरगन्जको गण्डक कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनी मधुमेह र दमको विरामी रहेको बताइएको छ ।

त्यस्तै मोरङको विराटनगर महानगरपालिका वडा नं ९ का ५८ वर्षीय पुरुषको साउन २३ गते बिहान कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उच्च रक्तचापको समस्या रहेका उनलाई निमोनिया, ज्वरो र श्वास प्रश्वासमा समस्या भएपछि केही दिनअघि सप्ताकोशी अस्पतालमा भर्ना भएका थिए । स्वास्थ्यमा थप जटिलता देखिएपछि उनलाई कोशी अस्पतालमा पुर्याइएको थियो ।

त्यस्तै कोठमाण्डौंको टोखा ६ की ४१ वर्षीया १ महिलाको साउन २३ गते बिहान पाटन अस्पताल ललितपुरमा मृत्यु भएको छ । आज मृत्यु भएको पुष्टी भएका ३ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७३ पुगेको पनि मन्त्रालयले जनाएको छ ।

यस्तो छ हेर्नुहोस् नेपालमा साउन २३ गते सम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ साउन २४ शनिवार १८:४७ मा प्रकाशित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

चितवनमा दुई जनालाई डेङ्गु, छ स्क्रब टाइफस सङ्क्रमित

नारायणगढ (चितवन) ।  चितवनमा यही साउनमा दुई जनामा डेङ्गु र...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

क्यानडा पठाउने भन्दै ठगी गर्ने  सिंह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...