२३ साउन, काठमाण्डौं । नेपालमा शुक्रबार (२३ साउन) सम्म पिसीआर प्रविधिबाट ४ लाख २७ हजार ५०१ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।
जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ७,९२६ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले शु्क्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
त्यसैगरी हालसम्म देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ६,३३० जनाको उपचार भइरहेको छ । साथै हालसम्म भारत लगायत विभिन्न देश र एक जिल्लाबाट अर्को जिल्लामा पुगेर क्वारेन्टिनमा बस्नेहरुको संख्या १०,२०७ रहेको छ । यो संख्या दिनप्रतिदिन घटिरहेको छ ।
आज थपिएका ४६४ जनासँगै नेपालमा हालसम्म संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ भने आज निको भएर ४२५ जना डिस्चार्ज भएसँगै नेपालमा हालसम्म १५ हजार ८१४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । साथै आज ५ जना थपिएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७० पुगेको छ ।
आज काठमाण्डौं उपत्यकाका १०६ सहित ४६४ जना कोरोना संक्रमित थपिए
नेपालमा आज काठमाण्डौं उपत्यकाका १०६ सहित ४७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज सबैभन्दा बढी पर्सामा १३८, काठमाडौंमा ९२, मोरङमा ६४, बाँकेमा २९, सप्तरीमा १९, कैलालीमा १९ र बर्दियामा १५ जना संक्रमित भेटिएका छन् । साथै आज ललितपुरमा १० र भक्तपुरमा ४ जना संक्रमित थपिएका छन् ।
आज काठमाण्डौं उपत्यकाका १०३ सहित ४६४ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या २२,२१४ पुग्यो
सर्लाहीमा १२, कास्कीमा ११, धनुषामा १०, नुवाकोटमा ८, बारामा ८, रौतहटमा ५, कालिकोटमा ४ जना, कैलाली, तनहुँ, नवलपरासी र झापामा २/२ जना, सुनसरी, सिन्धुपाल्चोक, धनुषा, स्याङजा, नवलपरासीपूर्व, गुल्मी, अछाम र सुर्खेतमा १\१
कन्चनपुर १ जना गरी जम्मा ४६४ जनामा संक्रमण पुष्टि भएको छ । आज थपिएका ४६४ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २२ हजार २१४ पुगेको छ ।
कुन प्रदेशमा कति संक्रमित उपचाररत छन् त ?
प्रदेश १ मा ४२५, प्रदेश २ मा २८३९, बाग्मति प्रदेशमा ९४३। गण्डकी प्रदेशमा २७६, प्रदेश नं ५ मा ३७६, कर्णाली प्रदेशमा २३१ र सुदूरपश्चिम प्रदेशमा १२४० जना विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचाररत छन् ।
आज ४२५ जनाले कोरोना जितेर घर फर्किए, निको हुनेको संख्या १५,८१४ पुग्यो
२३ साउन, काठमाण्डौं । नेपालमा आज ४२५ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पताल तथा आइसोलेशनमा उपचाररत ४२५ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएका हुन् ।
आज ४२५ जना निको भएसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १५ हजार ८१४ पुगेको छ ।
त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचारत जिल्लामा पर्सा, रौतहट, महोत्तरी र काठमाण्डौं रहेका छन् । साथै हालसम्म ६ जिल्ला कोरोना संक्रमण मुक्त भएका छन् । ती जिल्लामा खोटाङ, धनुकुटा, संखुवासभा, मनाङ, मुस्ताङ र रुकुम पश्चिम रहेका छन् ।
नेपालमा आज कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको पुष्टि
नेपालमा आज कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज मृत्यु भएको पुष्टि भएकामा पर्साका मात्रै ३ जना रहेका छन् भने सिराहार र सर्लाहीका १\१ जना रहेका छन् ।
मन्त्रालयले दिएको जानकारी अनुसार आज संक्रमणबाट मृत्यु भएको पुष्टि भएकामा पर्साको विरगन्ज महानगरपालिका वडा नं ९ माइस्थानका ४५ वर्षीय पुरुषको साउन २२ गते दिउँसो पाटन अस्पतालमा मृत्यु भएको हो । उनमा मधुमेह र रक्तचापको समस्या रहेको थियो ।
वीरगन्ज महानरगपालिकाकै वडा नं ११ श्रीपुरका ७९ वर्षीय पुरुषको साउन २० गते मृत्यु भएको छ । घरमै मृत्यु भएका उनको नमुना परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको पनि मन्त्रालयले जानकारी दिएको छ ।
त्यस्तै विरगन्ज महानगरपालिका वडा नं ११ श्रीपुरकै अर्का ५७ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । उनको साउन २२ गते विहान गण्डक अस्थायी कोभिड अस्पताल विरगन्जमा उपचारका क्रममा मृत्यु भएको हो । उनको मृत्युपछि गरिएको श्वाव परीक्षणमा कोरोना पुष्टि भएको हो । उनमा मधुमेह र उच्च रक्तचाप र मुटुको समस्या रहेको बताइएको छ ।
सिरहाको गोलवजार नगरपालिका वडा नं १२ का २५ वर्षीय युवकको पनि संक्रमणकै कारण मृत्यु भएको छ । साउन २२ गते राति १०ः४५ मा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको हो । मिगौलामा समस्या भएर डाइलोसिस गराइरहेका उनलाई स्वास्थ्यमा समस्या बढी देखिएपछि जनकपुरबाट त्यहाँ रिफर गरिएको थियो ।
त्यसैगरी सर्लाहीको बसन्तपुरका ४५ वर्षीय पुरुषको पनि संक्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार उनको साउन २३ गते विहान पाटन अस्पताल ललितपुरमा मृत्यु भएको हो ।
आज ५ जनाको मृत्यु भएको पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७० पुगेको छ ।
नेपालमा साउन २२ सम्मको कोरोना अपडेटः २१,७५० संक्रमित, १५३८९ निको, मृतकको संख्या ६५ पुग्यो
वि.सं.२०७७ साउन २३ शुक्रवार १९:०३ मा प्रकाशित






























