back
CTIZAN AD

एनआरएनए वक्तृत्वकला प्रतियोगितामा २७ देशका ६० जनाले प्रतिस्पर्धा गर्दै

वि.सं.२०७७ साउन २४ शनिवार

705 

shares

लन्डन । गैरआवासीय नेपाली संघको आयोजनामा हुने एक अन्तराष्ट्रिय वक्तृत्वकला प्रतियोगितामा बेलायतको तर्फबाट टिया आचार्यले प्रतिस्पर्धा गर्ने भएकी छन् । साउन २५, आइतवार हुने प्रतियोगितामा २७ देशका ६० जना सहभागी हुने सो प्रतिस्पर्धामा बेलायतबाट सहभागी हुने ९ वर्षीया आचार्य सबैभन्दा कान्छी प्रतियोगी हुन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) एशिया प्यासिफिक क्षेत्रको युथ फोरमले आउँदो आइतबार आयोजना गर्ने विश्वव्यापी वक्तृत्वकला प्रतियोगितामा उत्साहजनक सहभागिता रहेको आयोजकले बताएको छ ।

एनआरएनए एशिया प्यासिफिक क्षेत्रीय उपसंयोजक पारशमणी पोखरेलका अनुसार १९ वर्ष मुनिका २७ देशबाट ६० जना प्रतियोगीले सहभागिताका लागि नाम दर्ता गराएका छन् ।

‘माई ड्रिम फर नेशन’ (मेरो देशको लागि सपना) शीर्षकमा आयोजना हुने सो प्रतियोगितमा पहिलो हुनेले १ लाख, दोस्रो हुनेले ६० हजार, तेस्रो हुनेले ४० हजार र चौथो हुने प्रतियोगीले ३० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

प्रतियोगितमा १३ वर्षभन्दा तलको प्रतियोगीका लागि लिटिल मास्टरको टाइटल र एनआरएन राइजिङ स्टारले सम्मान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा अष्ट्रेलिया, बहराइन, बोस्वाना, क्यानाडा, चीन, हङकङ, आइरल्याण्ड, इटाली, जापान, केन्या, मकाउ, मलेसिया, मोरोक्को, म्यानमार, नाइजेरिया, पोर्चुगल, कतार, रसिया, साउदी अरब, सिंगापुर, कोरिया, स्पेन, थाइल्याण्ड, अमेरिका, युएई र युकेका प्रतियोगी सहभागी हुने भएका छन् ।

विदेशमा हुर्किदै गरेको नयाँ पुस्तालाई एनआरएनए अभियानमार्फत् नेपालसँग जोड्न कार्यक्रम फलदायी हुने उपसंयोजक पोखरेलको विश्वास छ ।

प्रतियोगितमा सञ्चारकर्मी समा थापा, हाँस्यकलाकार सन्दिप क्षेत्री, साहित्यकार प्रकाश सायमी र सदीक्षा श्रेष्ठ, एनआरएनए एशिया प्यासिफिक क्षेत्रीय उपसंयोजक पारसमणी पोखरेल निर्णयक मण्डलमा छन् । यस्तै कार्यक्रममा संचारकर्मीहरु भूषण दाहाल र रवि लामिछानेलाई समेत विषेश अतिथिको रुपमा आमन्त्रण गरिएको छ ।

एनआरएनए एशिया प्यासिफिक क्षेत्रको युथ फोरमका संयोजक दिपक कंडेलले प्रतियोगितको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।

प्रतियोगिता सफलताका लागि गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, पूर्व अध्यक्षहरु जीवा लामिछाने, देवमान हिराचन, शेष घले, भवन भट्ट तथा वर्तमान अध्यक्ष कुमार पन्तले शुभकामना सन्देश पठाएका छन् ।

यस्तो छ प्रतियोगिहरुको नामावली :
१) नौलाखा उमंग – म्यानमार
२) अभिलाषा खतिवडा – म्यानमार
३ षमुएल गुरूङ – मकाउ
४) दुर्गा रंजीत कुमार क्षेत्री – मलेशिया
५) सुहिम थापा-  नाइजेरिया
६) वीनिषा थापा-  मलेशिया
७) आर्मिंडा देवकोटा – मोरक्को
८) अंशिका बस्नेत-  युगान्डा
९) हर्ष भण्डारी- बोत्सवाना
१०) पवन भण्डारी- युगान्डा
११) श्रेया बम – युगान्डा
१२) मिम्ती गुरूङ- मलेशिया
१३) सुप्रिया गिरी-  सिंगापुर
१४) टिया आचार्य – युके
१५) अक्रिश भण्डारी – केन्या
१६) पुजन खत्री-  जापान
१७) रिसव्चान्द्र आचार्य – जापान
१८) लोनिभा महर्जन – जापान
१९) संयोग आले – सिंगापुर
२०) जस्मिन सयद – साउदी अरेबिया
२१) क्रिस्टिना सिग्देल – स्पेन
२२) कृतिका रावत – बहराईन
२३) निशान्त खत्री – बहराईन
२४) ब्ष्कजब अर्याल- साउदी अरेबिया
२५) दीक्षा थापा- साउदी अरेबिया
२६) दंग तिमिल्सिना (सजना) – थाईल्याण्ड
२७) श्रेया पोखरेल – क्यानाडा
२८) गायत्री शर्मा – पोर्तुगल
२९) स्मिद गैरे – इटाली
३०) करण दाहाल – थाईल्यान्ड
३१) दिव्या धिताल – थाईल्यान्ड
३२) कुञ्जन बोहरा -अष्ट्रिया
३३) समीरा केसी- रूस
३४) बिक्रम केसी- रूस
३५) सब्यता शर्मा – क्यानाडा
३६) Shakshi Bhattarai -युएई
३७) Samaa Siddiqui – युएई
३८) सुप्रिया घिमिरे -संयुक्त राज्य अमेरिका
३९) देव ढकाल- अस्ट्रिया
४०) प्रिन्सेस पाखा
४१) निर्जला कोइराला – दक्षिण कोरिया
४२) मिशन शर्मा – स्पेन
४३) रिषी अधिकारी – युएई
४४) आइशा सिटौला- दक्षिण कोरिया
४५) रिजु पौडेल- अस्ट्रेलिया
४६) परिणीति गुप्ता -आयरल्यान्ड
४७) उन्नती गौतम -आयरल्यान्ड
४८) दिव्या ढकाल-अस्ट्रिया
४९) आयुष्मा गैरे- पोर्तुगल
५०) मानसी खरेल-पोर्तुगल
५१) जीया हमाल – कतार
५२) रोमिन गैरे-कतार
५३) युनिक भण्डारी – कतार
५४) आर्यना राई – हङकङ
५५) प्राथना थापा – चीन
५६) युजन क्षेत्री ज्ञवाली– चीन
५७) रोजी थापा – हङकङ
५८) आयुष कँडेल – क्यानाडा
५९) स्वरूप काफ्ले– आयरल्यान्ड
६०) मनिषा कँडेल– स्कटल्याण्ड

वि.सं.२०७७ साउन २४ शनिवार १८:३९ मा प्रकाशित

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन -...

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेपाली जनसम्पर्क समिति (नेजस) फ्रान्सको तेस्रो अधिवेशन पेरिसमा सम्पन्न भएको...