back
CTIZAN AD

वरिष्ठ लोकगायक प्रेमराजा महत तथा उनकी जीवन संगीनी कोरोनाबाट संक्रमित

वि.सं.२०७७ साउन २४ शनिवार

735 

shares

वरिष्ठ लोकगायक तथा मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारका महाबाणिज्यदूत प्रेमराजा महत तथा उहाकी जीवन संगीनी (धर्मपत्नी)कविता केसी महत दुवै कोरोनाबाट संक्रमित भएका छन् ।

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमै रहदा दम्पत्ती कोभिड(१९ बाट संक्रमित भएका हुन् । वरिष्ठ लोकगायक महतले अगस्त ७,शुक्रबार दिउसो करिव ३ बजे तिर सामाजिक संजाल (फेसबुक (अनुहार किताव) मार्फत आफू र धर्मपत्नी दुवै संक्रमित भएको सार्वजनिक गरेका छन् ।

अमेरिकामा कोरोनाको प्रारम्भ देखिनै सबैलाई हौसला प्रदान गर्ने र हरेक प्रकारको सहयोग र साथ दिदै आएका महत आफै संक्रमित भएका छन्।

कोरोनाको महामारीमा पूर्ण सतर्कता,सावधान,सामाजिक दूरी र सुरक्षाका सवै उपायहरु अपनाउदा अपनाउदै पनि दम्पत्ति केही समयको लागि एकान्तवास बस्नु पर्ने भएको छ । सबैका साझा र मिलनसार व्यक्तित्वका धनि महतले सामाजिक संजालमा नेपाली समुदायलाई यदि हामीले समयमै सतर्कता अपनाएनौ भने बिश्वमहामारी कोरोनाले हामी कसैलाई पनि अछुतो बनाने वाला छैन भनि अपिल गरेका छन् ।

उनले ध्यान राख्दा राख्दै दुर्भाग्यबस आफू र धर्मपत्नी यसबाट बंच्न सकेनौ भनेकी छन् । महाबाणिज्यदूत महतले हाल आफ्नै घरको एक एक कोठामा आईसोलेसन(एकान्तवास) बसेको जनाएका छन् ।

उनका सुपुत्र डा।सरगम महतको निरीक्षण र निगरानीमा बसेका छौं भनि सामाजिक संजालमा उल्लेख गरेका छन् ।

वरिष्ठ कलाकार तथा समाजसेवी महतले यदि हाम्रो परिवार बाहेक यस्तो समस्या कसैमा देखिएको छ भने कृपया कत्ति पनि लाज नमानी यो रोगलाई गोप्य नराखी समुदायलाई सु(सुचित हुने मौका दिनु हुनेछ भन्दै सबैमा अनुरोध गरेका छन् ।

वि.सं.२०७७ साउन २४ शनिवार १८:२१ मा प्रकाशित

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन -...

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेपाली जनसम्पर्क समिति (नेजस) फ्रान्सको तेस्रो अधिवेशन पेरिसमा सम्पन्न भएको...