back
CTIZAN AD

सभामुख श्रेष्ठ र प्रमुख सचिव खड्काको पिसीआर रिपोर्ट नेगेटिभ

वि.सं.२०७७ साउन २४ शनिवार

792 

shares

२२ साउन, काठमाडौँ । वाग्मती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ र प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काको कोभिड–१९ को पिसीआर रिपोर्ट नेगेटिभ आएको छ । उनीहरु दुवैको कोरोना नेगेटिभ नतिजा आएको वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा पुरुषोत्तम सेढाइँले जानकारी दिए ।

वाग्मती प्रदेशसभाका प्रवक्ता, सहप्रवक्ता अन्य कर्मचारीसहित सुरक्षाकर्मी गरी ४० जनाकोे पिसीआर परीक्षण गर्न स्वाब सङ्कलन गरी शुक्रबार किटजन्य रोग तथा अनुसन्धान तालीम केन्द्र हेटौँडामा पठाइएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशसभाका कूल ४० जनामध्ये आज अपराह्नसम्ममा ३० जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको र १० जनाको रिपोर्ट पुनःपरीक्षण भइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । त्यसैगरी वाग्मती प्रदेशसभाको सचिवालयमा केही दिन अघि सङ्घीय प्रतिनिधिसभा सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डे भेटघाट र भिडियो वार्ताको लागि सभामुख र प्रमुख सचिवसँग भेटघाट र वार्ता भएको थियो ।

प्रवक्ता डा पाण्डेलाई कोरोनाको सङ्क्रमण पुष्टि भएको कारणबाट वाग्मती प्रदेशका सभामुख, प्रमुख सचिवलगायत कर्मचारी र सुरक्षाकर्मीको स्वाब सङ्कलन गरी परीक्षणको लागि पठाइएको थियो ।

वि.सं.२०७७ साउन २४ शनिवार १९:११ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...