२४ साउन, काठमाण्डौं । केही महिनादेखि निरन्तर उकालो लागेर १ लाख नाघेको सुनको भाउ आइतबार फेरि ओरालो लागेको छ ।
शुक्रबार एकैदिन १ हजार बढेर १ लाख ३ हजार ५०० मा कारोबार भएको छापावाल सुनको भाउको मूल्य आज ९ सयले घटेर प्रतितोला १ लाख २ हजार ६०० मा कारोबार भइरहेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको बजारमा तेजावी सुन प्रतितोला १ लाख २ हजार १ सयमा कारोबार भइरहेको छ भने चाँदीको भाउ प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।
वि.सं.२०७७ साउन २५ आइतवार ११:१९ मा प्रकाशित






























