back
CTIZAN AD

देशलाई अनिर्णयको बन्दी नबनाउ, अब जिम्मेवारी युवालाई देउ

वि.सं.२०७७ साउन २८ बुधवार

654 

shares

‘बिश्व युवा दिवस’ नेपालमा पहिलेका बर्षहरुमा तारे होटेलहरुमा चौरासी ब्यंजन र बिदेशी मदिराको साथमा विभिन्न कार्यक्रम गरेर मनाइन्थ्यो । देशका ७० प्रतिशत युवा खाडीको चर्को घाममा पसिना पुछ्दै सपनाको सुन्दर घर निर्माणमा ब्यस्त थिए, छन् र रहनेछन् ।

युवा को हुन त ?
युवा उमेरावस्था हुँदा शरीरमा के कस्ता लक्षण देखिन्छन् ?युवाले के काम गर्न सक्षम हुन्छन् ? युवाको जिम्मेवारी के हो ? सबै प्रश्नको सरल उत्तर हो–ताकत, बल, हिम्मत र साहसले भरिपुर्ण उमेर भएको ब्यक्तीलाई युवा भनिन्छ । नेपाली उखानमा पनि भन्ने गरिन्छ–‘यो उमेरमा माटो, ढुङ्गा, फलाम जे खाएपनि पच्छ ।’ पहिला पहिला गाउँमा ढुङ्गा र माटोको घर निर्माण हुन्थे । त्यतिबेला घरमा राख्ने काठका ठुला दलिन तथा मैनी खाँबो बोक्ने, प्राकृतिक तथा दैबि प्रकोपका बेला सहयोग गर्ने ब्यक्तिलाईनै युवा भनिन्थ्यो । विभिन्न देशहरुमा उमेरको हिसाबले अलिक तलमाथी भएपनि नेपाली संविधान २०७२ मा उल्लेख भएअनुसार १६ बर्षको उमेरदेखि ४० बर्ष सम्मको उमेर भएकालाई युवा मानिएको छ । भिन्न भिन्न देशका संविधानले भिन्न भिन्न उमेर भएको समूहलाई युवा अवस्थाको सुचिमा राखेका छन् । अध्ययन अनुसार–नेपालको संविधान २०७२ भन्दा पहिले १५ देखि २९ बर्ष सम्मकालाई युवा मानेको पाइएको छ । नेपालमै कृषि बिकास मन्त्रालयले ५० बर्ष सम्मकालाई तथा राजनीतिक दल र विभिन्न सामाजिक संघसंस्थाका आ–आफ्नै अनुकुल अनुसारको उमेर समूहलाई युवा भन्ने गरेका छन् । भिन्न–भिन्न देशका संबिधानले भिन्नभिन्न उमेर समुहका उमेरलाई युवावस्थामा वर्गीकरण गरेको पाइएको छ । सँयुक्त राष्ट्रसंघले १५ देखि २४ बर्ष, फिलिपिन्स र बङ्लादेशले १५ देखि ३० बर्ष, साउथ अफ्रिकी मुलुकमा १५ देखि २९, जर्मनले १४ देखि २६ र हाम्रै छिमेकीहरु भारत र चीनले क्रमश १५ देखि ३५ र १४ देखि २८ मान्दै आएका छन् ।

यो उमेर अवस्थाका ९९ प्रतिशत ब्यक्तिहरु निरोगी, पुर्ण रुपमा फक्रेको गुलाफको फुल जस्तै अनुहारमा चमक, पुर्णरुपमा जोश र जागरले भरिपूर्ण, साहसी, आँटिला अनि फुर्तिलो पनि हुन्छन् । फलस्वरूप जस्तोसुकै कठिन परिस्थितिमा पनि बिचलित नभई धैर्यताका साथ कुनैपनि प्रकारका काममा पछि नहट्ने स्वभावले युक्त हुन्छन् । युवाहरु वास्तविक अर्थमा देश र ससमाजका सबै खाले परिबर्तनका बिज गणितका शुत्र हुन् । समग्र बिकासका मेरुदण्ड हुन् । देशको सामाजिक, आर्थिक, राजनीतिक सत्ता परिवर्तन र सबै खाले बिकासमा युवा नै राष्ट्र निर्माणका पूर्बाधार हुन् । युवा अवस्थाको बेला क्रान्तिकारी अग्रपंक्तिमा रहेर विभिन्न देशको सत्ता परिबर्तन भएको हामीले बिश्व राजनीतिक घटनाक्रमका पाठहरुबाट पनि सजिलै बुझ्न सकिन्छ । तर नेपाली समाजको राजनीति हेर्ने हो भने–नेपालका सबै राजनीतिक दलहरुमा कन्सिरीका सबै रौं सेताम्मे भएर छिनको कुरा छिनमै बिर्सने भैसक्दा पनि हामी युवानेता भनेर दिएका भाषणहरु र बुढाहरुको राजनीतिक पार्टीमा बर्चस्व कायमै रहेको देख्दा कुन उमेर समुहकालाई युवा भन्ने कुरामा हामी युवाहरु आफ्नै युवाबस्थाको पहिचान गर्न असमर्थ रहेका छौं । जसरी मृगले आफूभित्रको कस्तुरी भुलेर हजारौं माइलसम्म कस्तुरीको खोजीमा भौतारिरहेको हुन्छ त्यसरी नै हामी अन्योलमा परिरहेका छौं ।

माथि उल्लेख गरिएको युवाको उमेरको वर्गीकरण अनुसार नेपाली युवाको संघीय गणतान्त्रिक नेपालको राजनीतिमा सहभागीता निकै कम देखिएको छ । कुल मतदातामा १८ देखि ३५ बर्षका मतदाताको बाहुल्यता रहेपनि नेतृत्व पंक्तिमा युवाको संख्या नं को बराबर छ ।
२०४६ देखि यता भएको मतदानलाई हेर्ने हो भने युवाको भुमिकाले नै राजनीतिक दलहरुले चुनाब जित्दै आइरहेका छन् । चुनाबको परिणाम नै युवाको प्रभाब हो । नेपालको एतिहासिक आन्दोलनहरु–२००७,२०४६,२०६२ र २०६३ तथा समग्र १० बर्षे जनयुद्ध पनि युवाहरुद्वारा सफल गराइएको हो । जति पनि उपलब्धि भए यसको उचित प्रयोग नजान्दा देशले अहिलेसम्म दुर्गति बेहोर्नु परिरहेको छ । युवाले नेपालमा मात्र नभई चाहे त्यो भारतमा मइ-२०१४)पछिल्लो बर्ष मई-२०१९ मा सम्पन्न भएको चुनाबमा नरेन्द्र मोदीको अप्रत्याशित जीत होस् वा उनकै पार्टीले २०१४ मा दिल्ली र बिहारमा ब्योहोर्नु परेको नराम्रो हार । सन् २०१३ मा भुटानमा भएको सत्ता परिबर्तन होस् या कम्बोडियाको बलियो सत्ता लत्त्याउने प्रयास,यी सबै युवाहरुद्वारा गरिएका परिबर्तनहरु हुन् । युवा हरेक परिबर्तनका कारक हुन् । युवाको गैर हाजिरीमा देशको सामाजिक तथा आर्थिक बिकास र देशको उन्नति हुनै सक्दैन ।

तर बिडम्बना ! यसरी संसार परिवर्तन गर्ने युवाशक्तिलाई देशमै संचालित गर्न नसकेर देशका ६० लाख युवा खाडी र युरोपेली मुलुकमा पसिना सँग जीवन साट्न बाध्य भइरहेका छन् । आज युवाहरु बिदेशी धर्तीमा पसिना बगाइरहँदा उनीहरुबाट प्राप्त हुने रेमिट्यान्सको रकमबाट देशको अर्थतन्त्र त धानिएको छ नै त्यही मेहनतको पसिनामा पनि भ्रष्टाचार हुँदा आफ्नै पसिनाले आफैलाई भतभती पोल्दो रहेछ । खाडी लगायत अन्य देशहरुमा रातदिन अहोरात्र खटिएर देशमा रेमिट्यान्स भित्राउने युवाको समस्या कस्ले देख्छ ? काम गर्ने ठाँउ सुरक्षित नहुनु, बारम्बार दुर्घटना तथा आक्रमणमा पर्नु, उचित स्वास्थ्योपचार नपाउनु, समयमा तलब तथा भत्ता नपाउनु, ठगीमा पर्ने भनेको काम र रकम नदिने, दलालमार्फत् कन्टेनरमा लुकिछिपी समुद्रको बाटो बिदेश जाने क्रममा कतिको ज्यान गयो यसको कुनै लेखाजोखा नै छैन । माथि उल्लेखित कुराहरु प्रमुख समस्याहरु हुन् । अरु सानातिना समस्या त कति हुन्छन् कति ।

नेपालबाट दैनिक झन्डै ७०० युवा कामको खोजीमा बाहिरिन्छन भन्नेकुरा हामीले विभिन्न पत्रपत्रिका र रेडियो मार्फत पढदै र सुन्दै आएका छौँ । यसरी स्वदेशमा काम नपाएर बिदेशीएका झन्डै ३० लाख युवाले भित्र्याउने अरबौ रुपियाँको रेमिट्यान्सले नेपालको अर्थतन्त्र धानिएको छ भन्नेकुरा हामी सबैलाई बिदितै छ । सरकारी तथ्यांकनुसार वैदेशिक रोजगारीमा गएका नेपाली युवाका सरदर चारवटा शव बाकसमा फर्कने मात्र होइन बाँचेकाहरु पनि अंगभङ भएर अनेकौं पिडा लिएर फर्किने गरेका छन् । कतिजनाको त शब नै फेला पर्दैन । यस्ता कुराहरुमा नेपाल सरकारले गम्भीरता लिन पर्ने देखिन्छ ।

हुन त यिनै कुराहरु मनन गरि सरकारले बैदेशिक रोजगार नीति २०६८ ल्याएको थियो । तर, यो नीति र कार्यान्वयन कहिले र कसले लागू गर्ने भन्ने कुरा यसै क्षेत्रमा काम गर्ने अभियानकर्ता पनि अन्योलमै देखिन्छन् । सन् २०१६ मा अफगानिस्तानको काबुलमा बम आक्रमणमा मारिएकाहरुको शब लैजान गरिएको सरकारी पहल सराहनीय थियो । अरु क्षेत्रमा पनि यसरी नै सरकारको ध्यान पुगोस् । सरकार समक्ष सबै क्षेत्रमा यसैगरी ध्यान पुर्याइदिन हुन पनि हार्दिक अनुरोध गर्दछु ।

पहिला हामी सानो हुँदा आफू भन्दा ठुलोले आशिर्वाद दिदा मन्त्री, प्रधानमन्त्री बन्नु बाबू भनेर दिएको त्यही आशिर्बाद आज अभिशाफ बन्न पुगेको छ । अहिलेका दिनहरुमा आशीर्वाद दिदा नेता र मन्त्री नबन्नु अरु जे गर्दा पनि हुन्छ भन्ने खालका मनस्थितिहरु उब्जेको पाइन्छ । राजनीतिज्ञहरुको सामाजिक मान र प्रतिष्ठा घटदो क्रम महशुस गरिएको छ । यसको एउटा कारण युवाबर्गले राजनीतिमा अबसर नपाउनु पनि हुन सक्दछ । राजनीतिमा प्रेम, स्वच्छ सेवा, भ्रष्टाचारको रङ नमिसिएको हुनु पर्नेमा, परिवारबाद, नाताबाद, कृपाबाद्ले नेपालको राजनीतिमा जरा गाडेको छ । अब यो पुरानो परिपाटी र बुढो र पुराना बिचाराहरुले यो आधुनिक युगमा काम दिन सक्ने क्षमता देखिदैन र राख्दैन पनि त्यसैले साच्चिकै देश बिकास गर्ने हो र देशप्रति अलिकती पनि माया छ भने अब उमेर पुगेका सबै दलका नेतृत्वहरुले शिक्षित युवाहरूलाई देशको जिम्मा लगाउनु पर्दछ ।

तर बिडम्बना ! यसरी संसार परिवर्तन गर्ने युवाशक्तिलाई देशमै संचालित गर्न नसकेर देशका ६० लाख युवा खाडी र युरोपेली मुलुकमा पसिना सँग जीवन साट्न बाध्य भइरहेका छन् । आज युवाहरु बिदेशी धर्तीमा पसिना बगाइरहँदा उनीहरुबाट प्राप्त हुने रेमिट्यान्सको रकमबाट देशको अर्थतन्त्र त धानिएको छ नै त्यही मेहनतको पसिनामा पनि भ्रष्टाचार हुँदा आफ्नै पसिनाले आफैलाई भतभती पोल्दो रहेछ । खाडी लगायत अन्य देशहरुमा रातदिन अहोरात्र खटिएर देशमा रेमिट्यान्स भित्राउने युवाको समस्या कस्ले देख्छ ? काम गर्ने ठाँउ सुरक्षित नहुनु, बारम्बार दुर्घटना तथा आक्रमणमा पर्नु, उचित स्वास्थ्योपचार नपाउनु, समयमा तलब तथा भत्ता नपाउनु, ठगीमा पर्ने भनेको काम र रकम नदिने, दलालमार्फत् कन्टेनरमा लुकिछिपी समुद्रको बाटो बिदेश जाने क्रममा कतिको ज्यान गयो यसको कुनै लेखाजोखा नै छैन । माथि उल्लेखित कुराहरु प्रमुख समस्याहरु हुन् । अरु सानातिना समस्या त कति हुन्छन् कति ।

दक्ष जनशक्तिमा निपुण भएका नेपाली युवाहरुको अब कुनै कमि छैन । हो, सूचना तथा प्रबिधिको बिकासमा नेपाल अरु देशको तुलनामा पछाडी नै छ तर कतिपय युवाले दैनिक जीवनलाई सहज गर्ने उद्देश्यले रोचक स्मार्ट फोन अप्लिकेसन बनाएर विकसित मुलुकका उपभोक्तालाई समेत आकर्षक गरेका छन् । बहादुरी र शाहसको कुरा गर्नु पर्दा बिश्वमा नेपाली युवा पहिलो नम्बरमा पर्दछन हामीले यो कुरा दोश्रो विश्वयुद्धबाट पनि प्रमाणित गरिसकेका छौँ ।

२१ शताब्दीका युवाहरु शिक्षित पनि छन् । उनिहरुको देश– बिदेशको अनुभबहरु पनि छन् । नेपाली युवा बैज्ञानिक पनि छन् । दक्ष इन्जिनियर पनि छन् तर उनिहरुलाई काम गर्ने अबसर नै मिलेको छैन । त्यतिमात्र कहाँ हो र, नेपालले आफ्ना युवाशक्तीलाई देश भित्रैका सम्भाबित ठाँउमा अटाउन सकेको छैन । यसमा विभिन्न कालखण्डमा बनेका सबै दलका सरकारहरु समान दोषी छन् । हामी युवाहरु बिदेशी भुमीमा पसिना बगाईरहदा, गाउँमा उर्वर जमीन बाझिएको छ । अर्को कारण किसानलाई उन्नत जातको बीउ र मल उपलब्ध गराउन नसक्नु, सिंचाइको ब्यबस्था राम्रो नहुनु पनि अर्को कारण हो ।

युवा नै देशका धरोहर हुन्, परिबर्तनका शक्ति हुन्, युवाले देशको राजनीतिक, आर्थिक, सामाजिक तथा अन्य सबै तहहरुमा पतिबर्तन गर्न सक्ने खुबी भएकोले सरकारका सबै अङ्गमा युवाको सहभागिता अपरिहार्य छ । अतः उमेर पुगेका सबै राजनितीक दलका बृद्ध नेतृत्वहरुसँग मेरो अनुरोध छ–देशको जिम्मा युवालाई लगाइदिएर आफू पिँढीमा बसेर नाति नातिनासङ रमाउदै युवाहरुलाई सल्लाह सुझाब दिदा आफुलाई पनि आराम मिल्ने देशले पनि नयाँ तरिकाले बिकासको गति पाउने थियो । दुई फाइदा एकसाथ हुनेछन् ।

अन्त्यमा,
१-युवा भबिस्यका कर्णधार हुन् त्यसैले यिनिहरुलाई ठुलो जिम्मेवारी दिनु पर्दछ ।

२-शिक्षित युवाहरूलाई राजनीतिमा स्थान दिनु पर्दछ ।

३-नेतृत्वको योग्यताको अति जरुरी छ ।

सबै राजनीतिक दलहरुमा नेतृत्वहरुको ६० बर्षपछि अबकास हुने ब्यबस्था हुनु पर्दछ ।

अन्तराष्ट्रिय युवा दिवसको अवसरमा सबैलाई शुभकामना ।

वि.सं.२०७७ साउन २८ बुधवार १५:०० मा प्रकाशित

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

१. पृष्ठभूमि बीपी सडक निर्माणको अर्थराजनीतिमा शक्ति, धन, र नीतिगत...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...