back
CTIZAN AD

बल्खु खोलामा बग्न २/४ ग्लास ‘लोकल’ मात्र कारण हुनसक्दैन

वि.सं.२०७७ साउन २८ बुधवार

978 

shares

सनातनी प्रहरीले यसलाई ‘नसाले अचेत भई खोलामा डुबी मरेको’ भन्नसक्ला। तर, नेपालबाट धेरै टाढा बसेरै भन्न सक्छु, ‘बलराम बानियाँ आफैं मर्न तम्सिएका होइनन्।’ यो आत्महत्या गर्न बाध्य पारिएको हो।

नेपालको नम्बर १ पत्रिकाका सहायक सम्पादकले दिनमै मद्यपान गरेर सडकमा लर्खरिने, घर जाने भनेर पूलमुनि लाग्ने, ‘जुत्ता हिलोमा अड्केर खोलामा बग्ने’ अवस्था कसरी आयो ?

कुनैबेलाका अग्रज सहकर्मी Balaram Baniya यो अवस्थामा पुग्न उनको अन्तर्मुखी स्वभाव र ‘लो प्रोफाइल’मा रम्ने बानी मात्र जिम्मेवार छ या मिडिया हाउसभित्र हुने राजनीति पनि कारक छ ?

सबैजसो समकालीन सहकर्मीले एकपछि अर्को अवसर पाइरहँदा, सेटिंग गरेर काठमाडौंमा महल ठड्याइरहँदा २० बर्षदेखि पत्रकारिताको मूलधारमा काम गरिरहेका उनले के पाए ?

बाहिरबाट ‘अल्कोहलिकको मृत्यु यस्तै हो’ भन्न जति सजिलो छ, एउटा अन्तर्मुखी पत्रकारले दिउँसै मद्यपान गर्नुमा नदेखिने धेरै कारण हुनसक्छन्। बल्खु खोलामा बग्न २र४ ग्लास ‘लोकल’ मात्र कारण हुनसक्दैन, २/४ क्विन्टल डिप्रेसनले थिचेको हुनुपर्छ।

क्षमता र योगदानअनुसार मिडिया हाउसमा भूमिका नपाउँदा उत्पन्न हुने मानसिक विचलनले निम्त्याएको दुस्खद् घटना त होइन ? हिजोका कतिपय ‘चप्पलवाला’ सहकर्मीले आफ्नो निष्ठालाई अहिले ‘बुट’ले बजारेको परिणाम त होइन ?

बानियाँका बाइलाइन बेच्ने मिडिया हाउसले कति कमाए ? बानियाँका समाचारले कतिपल्ट राज्यकोष दुरूपयोग हुनबाट जोगियो ? बानियाँका समाचारको फाइदा उठाएर कति नेताले सत्ताको सिँढी चढे ? बानियाँको सोर्स लगाएर कतिले चोला फेरे ?

अनवरत फ्रन्टपेज स्टोरीमा २० बर्ष छाइरहँदा पनि बल्खुको हिलोमा जाकिनुपर्ने कारण मद्यपान मात्र हुनसक्दैन। दिउँसै मद्यपान गरेर खोलातिर लाग्न पक्कै उनको आत्मसम्मानमा ठेस लागेको हुनुपर्छ।

बाहिरबाट ‘अल्कोहलिकको मृत्यु यस्तै हो’ भन्न जति सजिलो छ, एउटा अन्तर्मुखी पत्रकारले दिउँसै मद्यपान गर्नुमा नदेखिने धेरै कारण हुनसक्छन्। बल्खु खोलामा बग्न २र४ ग्लास ‘लोकल’ मात्र कारण हुनसक्दैन, २/४ क्विन्टल डिप्रेसनले थिचेको हुनुपर्छ।

सनातनी प्रहरीले यसलाई ‘नसाले अचेत भई खोलामा डुबी मरेको’ भन्नसक्ला। तर, नेपालबाट धेरै टाढा बसेरै भन्न सक्छु, ‘बलराम बानियाँ आफैं मर्न तम्सिएका होइनन्।’ यो आत्महत्या गर्न बाध्य पारिएको हो।

नेपाली पत्रकारिताको पाठका लागि यस्ता कुराको जवाफ खोजिनुपर्ने हो। बानियाँलाई प्रयोग गरेर फाइदा लिनेहरुले बोल्नुपर्ने हो। कमसे कम बाँचेका परिवारको चोटमा दर्हो गरी मल्हमपट्टी गरिदिनु पर्ने हो।

मृत्युपछि फेसबुकमा लेखिने ‘हार्दिक श्रद्धांजली’ले मात्र बानियाँको दिवंगत आत्मालाई पक्कै शान्ति मिल्दैन। एउटा कलमजिवीको दुस्खद् मृत्युको कारक को को हुन्, पत्ता लगाएर सजाय दिन सरोकारवालालाई दबाव दिऔं।

वि.सं.२०७७ साउन २८ बुधवार २१:१७ मा प्रकाशित

कृषि नीति असफलताको कारण र सुधारको बाटो

कृषि नीति असफलताको कारण र सुधारको बाटो

​ हाम्रो अवस्था र परनिर्भरताको विडम्बना ​नेपालको संविधान, राष्ट्रिय दीर्घकालीन...

खाली सिलिण्डर र भोका सपनाहरु

खाली सिलिण्डर र भोका सपनाहरु

आमाले बिदाइका बेला आँखाभरि आँसु पार्दै भनेकी थिइन्- “छोरी, दुःख...

गरिबको भान्सामा महँगीको मार

गरिबको भान्सामा महँगीको मार

नेपालमा हालको भान्साको अर्थराजनीति आयातित वस्तुमाथिको परनिर्भरता, कमजोर बजार अनुगमन...

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

धार्मिक गतिविधि, आर्थिक विकास र सामाजिक चेतनाको तथ्यपरक विश्लेषण विश्वका...

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

नेपालमा पशुपालनको विद्यमान अबस्था नेपालको ग्रामीण अर्थतन्त्रको मुख्य आधार स्तम्भका...

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायको बीच झण्डा हटाउने विषयमा शुरू...