३१ साउन, काठमाडौं । गत आर्थिक बर्ष २०७६/७७ मा १६ वटा बाणीज्य बैंकको नाफा रु ३१ अर्ब ७३ करोड ६१ लाख ७ हजार २०५ रहेको छ । बैंकहरुले उपलब्ध गराएको बित्तिय बिबरण अनुसार शनिबारसम्म २७ मध्ये १६ वटा बाणीज्य बैंकले आफ्नो बित्तिय बिबरण बुझाएका छन ।
बिबरण बुझाउनेमध्ये अधिकांस बैंकको नाफा अघिल्लो आर्थिक बर्षको तुलनामा केहि घटेको छ । तर विश्वव्यापिरुपमा फैलिरहेको कोरोना भाईरसको माहामारीका कारण अर्थतन्त्रका अधिकांश क्षेत्रमा नराम्रो धक्का लागेको बेला बैंकहरुको नाफा भने उच्च देखिएको छ । नाफा बढेसंगै बैंकहरुले कर्मचारीहरुको बोनस लगायतका कुराहरुको बितरण पनि थालेका छन ।
कुन बैंकको नाफा कति ?
१) ग्लोबल आईएमई बैंक
गत आर्थिक बर्षमा अर्को ठूलो बाणीज्य बैंसंग बिग मर्जर गरेको ग्लोवल आइएमई बैंकले गत वर्ष २०७६/७७ मा ३ अर्ब १४ करोड नाफा कमाएको छ ।
अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा नाफा २ अर्ब ७५ करोड रहेको थियो । जतिबेला ग्लोवल आइएमई बैंक र जनता बैंकसंग मर्जर भएको थिएन । तर गत आर्थिक वर्षमा जनता बैंकसंग मर्जर गरे पछि उसको नाफमा बृद्धि भएको छ । गत बर्ष ग्लोवल आइएमई बैंकले बिभिन्न बैक तथा बित्तियसंस्थाहरु मर्जर तथा एक्विजेशन गरेर विभिन्न आकारमा आफूलाई पहिलो नम्बरमा पुर्याएको छ ।
मर्जर पश्चात १८ अर्ब ७५ करोड चुक्ता पूँजी रहेको ग्लोबल आइएमई बैंकले गतवर्षको नाफाबाट सेयरधनीलाई बाड्न मिल्ने नाफा १ अर्ब ७३ करोड गरेको जनाएको छ । यसरी हेर्दा सेयरधनीलाई गतवर्षको नाफाबाट ९ प्रतिशत लाभांश बाँडने देखिन्छ ।
हाल बैंकको रिजर्भमा ८ अर्ब ४१ करोड रुपैयाँ छ । जनताको स्वापको पैसाको आधारमा बैंकको लाभांश क्षमता १६ प्रतिशत हुने देखिन्छ । यद्यपी पूर्ण लेखापरीक्षण हुँदा यो रकम फरक पर्नसक्ने देखिन्छ ।
हाल बैंकको निक्षेप २ खर्ब १२ अर्ब रुपैयाँ रहेको छ भने १ खर्ब ८९ अर्ब रुपैयाँ कर्जा रहेको छ ।
त्यस्तै बैंकको पूँजीकोष अनुपात १२.४१ प्रतिशत छ ।
खराब कर्जा अनुपात (एनपीएल) गत वर्षभन्दा बढेको छ । गतवर्ष ०।५५ प्रतिशत रहेको एनपीएल यो वर्ष १.८० प्रतिशत रहेको छ ।
ग्लोवल आइएमई बैंकको बेसरेट ८.४२ प्रतिशत छ भने स्प्रेडदर ४.४३ प्रतिशत छ । प्रतिसेयर आम्दानी १६.२७ रुपैयाँ रहेको छ ।
२) सानिमा बैंक
अधिकांस बिदेशमा रहेका नेपालीहरु सेयर रहेको सानिमा बैंकको गतवर्ष २०७६/७७को१ अर्ब ७० करोड नाफा रहेको छ । अघिल्लो वर्ष सो बैंकको नाफा २ अर्ब २५ करोड थियो ।
बैंकले गतवर्ष कमाएको नाफाबाट सेयरधनीलाई बाड्न मिल्ने १ अर्ब ११ करोड नाफ गरेका छ । यो बैंकको चुक्ता पूँजी ८ अर्ब ८० करोड रहेको छ भने बैंकले गतवर्षको नाफाबाट १२.६१ प्रतिशत लाभांश दिन सक्ने देखिन्छ । तर लेखापरिक्षण हुँदा भने फरक पर्नसक्ने बैंक स्रोतले बताएको छ ।
कोरोना भाईरसको अहिलेको संकटले गर्दा बैंकको रिर्टन अन इक्विटी अघिल्लो वर्षभन्दा घटेको छ । अघिल्लो वर्ष २३.२० प्रतिशत रहेको आरओई यो वर्ष १५.४२ प्रतिशतमा झरेको बैक स्रोतले बताएको छ ।
सानिमा बैंकले एकवर्षमा १७ अर्ब रुपैयाँले निक्षेप बढाएको छ । सानिमा बैंकको गत असार मसान्तसम्ममा १ खर्ब ६ अर्ब निक्षेप संकलन गरेको छ जुन अघिल्लो वर्ष असार मसान्तमा ८९ अर्ब रुपैयाँ मात्र निक्षेप संकलन गरेको थियो ।
बैंकको कर्जा पनि ९ अर्बले बढेको छ । बैंकलेगत असार मसान्तसम्ममा ९० अर्ब कर्जा प्रबाह गरेकोछ जुन अघिल्लोवर्ष ८१ अर्ब मात्र रहेको थियो ।
अघिल्लो बर्ष यो बैंकको खराब कर्जा न्यून रहेको थियो तर तगत बर्ष भने खराब कर्जा बढेको छ । गत असार मसान्तमा खराब कर्जा ०।४८ प्रतिशतरहेको छ । बैंकको कर्जा निक्षेप अनुपात(सिसिडि) ७४.७२ प्रतिशत रहेको छ भने बेसरेट ८.६२ प्रतिशत तथा स्प्रेडरेट ३.४७ प्रतिशत रहेको छ ।
३) नेपाल ईन्भेष्टमेन्ट बैंक
नेपाल इन्भेष्टमेन्ट बैंकले गत आर्थिक वर्ष २०७६/७७ मा २ अर्ब ५७ करोड रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा नेपाल इन्भेष्टमेन्टको नाफा ३ अर्ब ३२ करोड रहेको थियो ।
१४ अर्ब २४ करोड चुक्ता पूँजी रहेको बैंकको रिजर्भमा ११ अर्ब ४१ करोड छ । त्यस्तै बैंकको विवरणयोग्य नाफा ६५ करोड रुपैयाँ रहेको छ । यसरी हेर्दा बैंकले सेयरधनीलाई बाड्न मिल्ने नाफा गतवर्षको नाफाबाट ५ प्रतिशत मात्र हुन आउँछ।
०७७ असार मसान्तसम्ममा बैंकले २ अर्ब ६२ करोड रुपैयाँ व्याज र किस्ता उठाउन नसकेको कारण यसको असर नाफामा देखिएको हो ।
तर ०७७ असारसम्ममा उठ्न नसकेको रकम असोज मसान्तमा उठाएको खण्डमा गत आर्थिकबर्ष कै हिसाबमा देखाउन पाउने व्यवस्था राष्ट्र बैंकले गरिदिएको पछि फुल अडिट गर्दा बैंकको नाफा र सेयरधनीलाई बाँड्ने लाभांशमा फरक पर्नसक्ने देखिन्छ ।
गत वर्षबैंकले १७ अर्ब रुपैयाँले निक्षेप बढाएको छ । असार मसान्तमा बैंकको निक्षेप १ खर्ब ६६ अर्ब रुपैयाँ रहेको छ । जुन अघिल्लो वर्षको असार मसान्तमा १ खर्ब ४९ अर्ब रुपैयाँ रहेको थियो ।
बैंकको कर्जा भने १३ अर्ब रुपैयाँले बढेको छ । गत असार मसान्तसम्ममा बैंकले १ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेको छ जुन अघिल्लो वर्ष १ खर्ब २२ अर्ब रुपैयाँ रहेको थियो ।
त्यस्तै बैंकको पूँजीकोष अनुपात १३.२३ प्रतिशत रहेको छ । खराब कर्जा २.९१ प्रतिशत रहेकोनेपाल इन्भेष्टमेन्ट बैंककोबेसरेट७.५१ प्रतिशत रहेको छ ।
४) एभरेष्ट बैंक लिमिटेड
गत बर्ष एभरेष्ट बैंकको नाफा १८.२६ प्रतिशतले घटेको छ । अनुपातमा नाफा घटेको देखिए पनि आर्थिक वर्ष २०७६र७७ मा बैंकले २ अर्ब ४९ करोड नाफा गरेको छ । अघिल्लो आर्थिक वर्ष बैंकको नाफा ३ अर्ब ५ करोड थियो ।
त्यस्तै बैंकको सेयरधनीलाई बाड्न मिल्ने नाफा १ अर्ब ६७ करोड रहेको जनाएको छ । ८ अर्ब ५१ करोड चुक्त पूँजीरहेको एभरेष्ट बैंकको गतवर्षको नाफाको आधारमा सेयरधनीले १९।६२ प्रतिशत लाभांश दिने सक्ने देखिएको छ ।
गत असार मसान्तसम्ममा बैंकको निक्षेप संकलन १ खर्ब ४३ अर्ब रुपैयाँ रहेको छ जुन अघिल्लो आर्थिक वर्षको असार मसान्तमा १ खर्ब २९ अर्ब रहेको थियो ।
गत असार मसान्तसम्ममा बैंकले १ खर्ब १२ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेको छ जुन अघिल्लो वर्षको असार मसान्तमा १ खर्ब ४ अर्ब रुपैयाँ रहेको थियो ।
बैंकको १३.३२ प्रतिशत पूँजीकोष अनुपात रहेको छ भने खराब कर्जा ०.२२ प्रतिशत रहेको छ । कर्जा निक्षेप अनुपात ६८.५७ प्रतिशत रहेको बैंकको बेसरेट ८.०५ प्रतिशत रहेको छ भने स्प्रेडरेट ३.५९ प्रतिशत रहेको छ ।
५) सनराइज बैंक
बोर्ड र व्यवस्थापनका बिचमा भएको बिबादलाई राष्ट्र बैंकले हस्तक्षेप गर्नुपर्ने अबस्थामा पुगेर बिबाद सुल्झिएको सनराइज बैंकले गत बर्ष करिब १५ अर्ब रुपैयाँले निक्षेप बढाएको छ ।बैंकले गत असार मसान्तसम्ममा ९० अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । जुन अघिल्लो वर्षको असार मसान्तमा ७५ अर्ब ४४ करोड रुरहेको थियो ।
त्यस्तै गत बर्ष बैंकको कर्जा पनि १३ अर्बले बढेको छ । गत असार मसान्तसम्ममा ८१ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेको बैंकले अघिल्लो वर्ष ६८ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेको थियो ।
गत आर्थिक वर्षमा१ अर्ब ३९ करोड रुपैयाँ खुद नाफा गरेकोबैंकले अघिल्लो आर्थिक वर्षमा १ अर्ब ७० करोड नाफा गरेको थियो।
यसरी हेर्दा सेयरधनीलाई बाड्न मिल्ने बैंकको नाफा ५२ करोड ९१ लाख रुपैयाँ हुन आउँछ ।
त्यस्तै बैंकको पूँजीकोष अनुपात १४।६० प्रतिशत रहेको छ भने १.८६ प्रतिशत खराब कर्जा रहेको छ । त्यस्तैकर्जा निक्षेप अनुपात ७१.३० प्रतिशत रहेको बैंकको स्प्रेडरेट ४.३७ प्रतिशत रहेको छ ।
६) एनएमबि बैंक
गत आर्थिक बर्षमा एनएमबि बैंकको नाफा ०.५९ प्रतिशतले वृद्धि भएको छ । बैंकले उपलब्ध गराएको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७६/७७ को असार मसान्तसम्म २ अर्ब २७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिमा २ अर्ब २५ करोड रुपैयाँ नाफामा कमाएको बैंकले १ करोड ३३ लाख रुपैयाँ थप आम्दानी गरेको हो ।
बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार वितरण योग्य नाफा १ अर्ब ४२ करोड रुपैयाँ छ ।
गत आर्थिक वर्षमा ओम डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेको बैंकको चुक्ता पुँजी १३ अर्ब ९५ करोड रुपैयाँ पुगे छ भने गत वर्षको नाफाबाट सेयरधनीलाई १०.२२ प्रतिशत लाभांश वितरण गर्ने देखिएको छ ।
यो अवधिमा बैंकले १ खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब १५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ । गत बर्ष बैंकले कर्जा प्रबाह वापत ५ अर्ब ५२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ जुन अघिल्लो आवको तुलनामा ३०.१९ प्रतिशत बढी हो । अघिल्लो आवमा बैंकले ४ अर्ब २४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो भने सो अवधिको संचालन नाफा २ अर्ब ४३ करोड रकम छ ।
अघिल्लो आ.व.मा बैकको १८.७९ रुपैंयाँ रहेको प्रतिसेयर आम्दानी गते आर्थिक बर्षमा १०.९६ प्रतिशतले घटेर १६.७३ रुपैंयाँ पुगेको छ । त्यस्तै बैंकको खराब कर्जा अनुपात पनि १.८६ प्रतिशतले बढेर २.६८ प्रतिशत पुगेको छ ।
७) एनआईसि एसिया बैंक
गत आर्थिक बर्ष एनआइसी एशिया बैंकको नाफा ३.२५ प्रतिशतले बढेको छ । चुस्त ब्यबस्थापन सहित बजारमा आक्रमक रुपले होमिएको उक्त बैंकले गत बर्ष तुलनात्मक रुपले नाफा बढाएको छ।
गत आ.ब.का असार मसान्तसम्ममा जम्मा ९१ करोड रुपैयाँ मात्रै सावाँ ब्याज उठाउन बाँकी रहेको बैंकले जनाएको छ ।
अघिल्लो आर्थिक वर्षमा ३ अर्ब २ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले गत आर्थिक वर्ष ३ अर्ब १२ करोड १४ लाख रुपैयाँ कमाएको छ । त्यस्तै वितरणयोग्य नाफा १ अर्ब ४४ करोड ७ लाख रुपैयाँ रहेको बैंकले जनाएको छ ।
बैंकको लाभांस दिने क्षमता १३ प्रतिशत कायम रहने देखिएको छ भने ९ अर्ब ७१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब ८२ करोड रुपैयाँ छ ।
अघिल्लो आवको चौथो त्रैमाससम्ममा ६ अर्ब ९६ करोड रुपैयाँ रहेको बैंकको खुद ब्याज आम्दानी गत आर्थिक वर्ष बढे ७ अर्ब ६० करोड रुपैयाँ पुग्ने देखिएको छ ।
त्यस्तै बैंकको सञ्चालन मुनाफा भने घटेको छ । अघिल्लो आवको असारमा ४ अर्ब ५१ करोड रुपैयाँ रहेको सञ्चालन मुनाफा गत आवको सोही अवधिमा ४ अर्ब ४६ करोड रुपैयाँ रहेको बैंकले जनाएको छ ।
त्यस्तै गत बर्ष २ खर्ब १ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब ६० अर्ब रुपैयाँ कर्जा प्रबाह गरेको छ ।
प्रतिसेयर आम्दानी ३२.१३रुपैयाँ रहेको बैंकको प्रतिसेयर नेटवर्थ १७७.३६ रुपैंयाँ रहेको छ भने बैंकको खराब कर्जा ०.४६ प्रतिशतबाट बढेर ०.७५ प्रतिशत पुगेको छ । त्यसै गरि पूँजी कोष अनुपात १३.२० प्रतिशत रहँदा कोषको लागत ५.५६ प्रतिशत रहेको छ । बैंकको बेसरेट ७.७० प्रतिशत रहेको छ भने स्प्रेड रेट ४.३९ प्रतिशत रहेको छ ।
८) सेन्चुरी कमर्सियल बैंक
गत आर्थिक बर्षमा सेञ्चुरी कमर्सियल बैंकको नाफा ३३.९९ प्रतिशतले बढेको छ । अघिल्लो आवको असारसम्ममा ६७ करोड ६४ लाख ८ हजार रुपैयाँ रहेको थियो भने गत आवको सोही अवधिमा ९० करोड ६३ लाख २३ हजार रुपैयाँ रहेको छ ।
त्यस्तै वितरणयोग्य नाफा ४० करोड ९२ हजार रुपैयाँ रहेको छ ।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा देखिएको सुधारका कारण बैंकको नाफा रहेको बताईएको छ ।
अघिल्लो आवको असारसम्ममा २ अर्ब ५९ करोड २० लाख ४२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले गत आवको सोही अवधिमा २ अर्ब ८६ करोड ६२ लाख १ हजार रुपैयाँ आम्दानी गरेको छ ।
अघिल्लो आर्थिक बर्षमा बैंकको मुनाफा १ अर्ब २ करोड ५९ लाख ६५ हजार रुपैयाँ रहेकोमा गत बर्ष यो बढेर १ अर्ब २२ करोड ८८ लाख ७२ हजार रुपैयाँ पुगेको छ ।
बैंकको चुक्ता पूँजी ८ अर्ब ४१ करोड ५४ लाख ७२ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब ५३ करोड ५१ लाख ४ हजार रुपैयाँ रहेको छ ।
गत बर्ष ६५ अर्ब ३४ करोड ३ लाख ९२ हजार रुपैयाँ निक्षेप संकलन गरेकोमा ५८ अर्ब ४ करोड ४४ लाख २१ हजार रुपैयाँ कर्जा प्रबाह गरेको छ ।
बैंकको खराब कर्जा १.४० प्रतिशतबाट बढेर २.२१ प्रतिशत पुगेको छ ।
प्रतिसेयर आम्दानी १० रुपैयाँ ७७ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १२६.७६ रुपैयाँ रहेको छ ।
९) लक्ष्मी बैंक
लक्ष्मी बैंकले गत आर्थिक वर्षमा १ अर्ब ४८ करोड रुपैयाँ नाफा कमाएको जनाएको छ ।
अघिल्लो आर्थिक वर्षमा बैंकको नाफा १ अर्ब ५९ करोड रुपैयाँ थियो । त्यस्तै बैंकले सेयरधनीलाई बाड्न मिल्ने १ अर्ब १२ करोड रुपैयाँ नाफा गरेको छ ।
कूल ९ अर्ब ८१ करोड रुपैयाँ चुक्ता पूँजी भएको बैंकले गतवर्षको नाफाबाटमात्र सेयरधनीलाई ११।४१ प्रतिशत लाभांश बाड्न सक्ने देखिएको छ ।
बैंकले गत बर्ष २० अर्ब रुपैयाँले निक्षेप बढाएको छ । अघिल्लो बर्ष ८० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको बैंकले यो वर्ष १ खर्ब रुपैयाँ पुर्याएको छ ।
त्यस्तै कर्जा प्रबाह १५ अर्ब रुपैयाँले बढेको देखिएको छ । अघिल्लो आर्थिक वर्षको असारसम्ममा ७४ अर्ब ६१ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा गत बर्ष ८९ अर्ब ४३ करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ ।
बैंकको पूँजीकोष अनुपात १२.४६ प्रतिशत रहेको छ भने खराब कर्जा १.०४ प्रतिशतमा झरेको छ । अघिल्लो वर्ष खराब कर्जा १.२० प्रतिशत रहेको थियो । त्यस्तै सिसिडी रेसियो ७१।७७ प्रतिशत रहेको बैंकको बेसरेट ९.२३ प्रतिशत र स्प्रेड रेट ३.९४ प्रतिशत रहेको छ । त्यस्तै बैंकको १५.१३ रुपैयाँ प्रति सेयर आम्दानी रहेको छ ।
१०) हिमालयन बैंक
गत बर्ष हिमालयन बैंकको खुद नाफा ८ प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०७५/७६ मा २ अर्ब ७६ करोड रुपैयाँ खुद नाफा कमाएको यो बैंकले गत आर्थिक वर्षमा २२ करोड १२ लाख कम २ अर्ब ५४ करोड रुपैयाँ मात्र आम्दानी गरेको छ ।
बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/७७को वित्तिय विवरण अनुसार चुक्ता पुँजी ९ अर्ब ३७ करोड रुपैयाँ रहेको बैकको वितरणयोग्य नाफा १ अर्ब ३० करोड छ । बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई १३.९६ प्रतिशत लाभांश वितरण गर्ने देखिएकोछ ।
गत बर्ष बैंकले १ खर्ब २५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब १ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ । कर्जा प्रबाह वापत बैंकले ४ अर्ब ७५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो आर्थिक बर्षकाे तुलनामा ५.४५ प्रतिशत कम हो । गत वर्षको असार सम्ममा बैंकको १ अर्ब २९ करोड रुपैयाँ सावाँ तथा ब्याज उठ्न बाँकी रहेको छ ।
त्यस्तै बैंकको अघिल्लो बर्ष ३२.४४ रपैंयाँ रहेको प्रतिसेयर आम्दानी गत बर्ष १६.३६ प्रतिशतले घटेर २७.१३ रुपैंयाँमा सिमित भएको छ ।
त्यस्तै बैंकको खराब कर्जा ०.११ प्रतिशतले घटेर १.०१ प्रतिशतमा झरेको छ भने स्प्रेडरेट ३.७७ प्रतिशत, तथा बेसरेट ८.३८ प्रतिशत रहेको छ । त्यस्तै कर्जा तथा निक्षेपको अनुपात ६६.८५ प्रतिशत रहेको छ
११) माछापुच्छ्रे बैक
यो बैंकले गतवर्ष निक्षेप १९ अर्ब रुपैयाँले बढाउन सफल भएको छ ।
बैंकले सार्बजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार गत बर्षको असार मसान्त सम्ममा निक्षेप १ खर्ब ४ अर्ब रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोहि अबधिमा बैंकले ८५ अर्ब निक्षेप संकलन गरेको थियो ।
त्यस्तै गत बर्षको असार मसान्तसम्ममा बैंकले ९२ अर्ब ३३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ । अघिल्लो बर्ष असार मसान्त सम्ममा बैंकले ७५ अर्ब ९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
गतवर्ष बैंकले १ अर्ब २५ करोड नाफा गरेको छ । अघिल्लो बर्ष बैंकले १ अर्ब ६९ करोड नाफा गरेको थियो ।
त्यस्तै सेयरधनीलाई लाभांस बाड्न मिल्ने ९० करोड नाफा गरेको बैंकको ८ अर्ब ४५ करोड चुक्ता पूँजी भए रहेको छ । बैंकले गत बर्षको नाफाबाट १० प्रतिशत लाभांस बाड्न सक्ने देखिन्छ ।
मुनाफा द्दटेको बैंकको खराब कर्जा भने बढेको छ । गत बर्षको बैंकको खराब कर्जा ०.५४ प्रतिशत छ जुन अघिल्लो वर्ष ०.३७ प्रतिशत रहेको थियो । त्यस्तै पूँजीकोष अनुपात १३ प्रतिशत रहेको बैंकको
कर्जा निक्षेप अनुपात ७३.८१ प्रतिशत छ भने बेसरेट ९.२१ प्रतिशत स्प्रेडरेट ४.३६ प्रतिशत रहेको छ ।
१२) कुमारी बैंक
गत बर्ष मात्रै देव विकास बैंकलाई आफूमा गाभेको कुमारी बैंकले सोहिबर्ष १ अर्ब २२ करोड नाफा गरेको छ ।
यस मध्ये सेयरधनीलाई बाड्न मिल्ने नाफा ७१ करोड २८ लाख गरेको देखिएको छ ।
यसरी हेर्दा १२ अर्ब ५२ करोड चुक्ता पूँजी रहेको बैंकले नाफाबाट ५.६७ प्रतिशत लाभांश बाड्न सक्ने देखिन्छ । त्यस्तै बैंकसंग ३ अर्ब ८२ करोड रुपैयाँ जगेडा रहेको छ ।
गत बर्ष यो बैंकको निक्षेप १ खर्ब १६ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा प्रबाह १ खर्ब ११ अर्ब रहेको छ ।
बैंकको पूँजीकोष अनुपात १४.४२ प्रतिशत रहेको छ । त्यस्तै खराब कर्जा ०.९७ प्रतिशत बाट बढेर १.४१ प्रतिशत पुगेको छ । बैंकको कर्जा निक्षेप अनुपात ७५.८५ प्रतिशत रहेको छ भने बेसरेट १०.०८ प्रतिशत र स्प्रेड रेट ४.०७ प्रतिशत रहेको छ ।
१३) नेपाल बंगलादेश बैंक
नेपाल बंगलादेश बैंकको नाफामा उल्लेख्य गिरावट आएको देखिएको छ । आर्थिक वर्ष २०७५र७६ मा १ अर्ब ५८ करोड ७९ लाख ६० हजार १४५ रुपैयाँ नाफा कमाएको बैंकले गत आर्थिक वर्षमा १ अर्ब २४ करोड ४५ लाख ८० हजार २०५ रुपैयाँ नाफा कमाएको जनाएको छ । यसरी हेर्दा बैंकले गत बर्ष बैंकको नाफामा २१.६२ प्रतिशतले कमि आएको छ ।
गत असारमा बैंकको ब्याज र किस्ता गरि कू्ल १ अर्ब २० ँकरोड रुपैंया उठ्न नसकेपछि नाफामा संकुचन आएको देखिएको हो ।
यो बैंकको वितरणयोग्य नाफा ४४ करोड ९१ लाख १४ हजार १२ रुपैयाँ रहेको छ । यो बैंकको क्षमता ५.२८ प्रतिशत हो ।
बैंकको नाफाको अलवा खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा पनि गिरावट आएको देखिएको छ । अघिल्लो आर्थिक बर्षको अन्त्यमा बैंकले २ अर्ब ९० करोड ६५ लाख ३६ हजार ९२१ रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको थियो तर गत आवको सोही अवधिमा २ अर्ब ८४ करोड ४७ लाख ३६ हजार ४७२ रुपैयाँ नाफा गरेको छ ।
यसैगरि सञ्चालन मुनाफा पनि २ अर्ब २७ करोड २० लाख २७ हजार ५६२ रुपैयाँबाट घटेर १ अर्ब ८० करोड ५ लाख ५८ हजार ९२१ रुपैयाँमा खुम्चिएको छ ।
बैंकको चुक्ता पूँजी ८ अर्ब ४९ करोड ५८ लाख १४ हजार २९५ रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४ अर्ब ११ करोड २१ लाख ९९ हजार ३३७ रुपैयाँ रहेको बैकले जनाएको छ ।
गत बर्ष ६६ अर्ब ४३ करोड ५० लाख ५४ हजार ४२३ रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ५८ अर्ब ९६ करोड ६५ लाख १७ हजार ३४ रुपैयाँ कर्जा प्रबाह गरेको छ ।
त्यस्तै बैंकको खराब कर्जा १.७४ प्रतिशतबाट बढेर २.८९ प्रतिशत पुगेको छ ।
प्रतिसेयर आम्दानी १५.०१ रुपैंयाँ रहेको बैंकको नेटवर्थ भने १५४.१५ रुपैंयाँ रहेको छ ।
त्यस्तै मूल्य आम्दानी अनुपात १३.९२ रुपैयाँ छ भने निक्षेप कर्जा अनुपात ३४.४५ प्रतिशत रहेको छ ।
१४) स्टयान्डर्ड चार्टर्ड बैंक
स्टयान्डर्ड चार्टर्ड बैंकको नाफा अघिल्लो बर्ष भन्दा १७.७६ प्रतिशतले घटेको छ ।
आर्थिक बर्ष २०७५/७६ को असारमा २ अर्ब ४३ करोड ४६ लाख ६५ हजार रुपैयाँ आम्दानी रहेकोमा आव २०७६/७७ को सोही अवधिमा १ अर्ब ९८ करोड ३९ लाख २६ हजार रुपैयाँ आम्दानी रहेको छ ।
त्यसैगरि बैंकको वितरणयोग्य नाफा १ अर्ब ५१ करोड ५७ लाख ८० हजार रुपैयाँ रहेको छ । त्यस्तै आफ्नो नाफाबाट २४।७६ प्रतिशत लाभांश दिन सक्ने क्षमता रहेको छ ।
बैंकले उपलब्ध गराएको बिबरण अनुसार नाफाका तथा खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा गिरावट आएको छ । अघिल्लो आर्थिक वर्षको असारमा ३ अर्ब ५३ करोड १८ लाख ६२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा गत आर्थिक बर्षको सोही अवधिमा ३ अर्ब ५१ करोड ३२ लाख ५९ हजार रुपैयाँ आम्दानी रहेको छ ।
अघिल्लो बर्ष बैंकको सञ्चालन मुनाफा ३ अर्ब ४७ करोड ७६ लाख २७ हजार रुपैयाँ रहेकोमा गत बर्ष घटेर २ अर्ब ८४ करोड १४ लाख ४० हजार रुपैयाँमा खुम्चिएको छ ।
चुक्ता पुँजी ८ अर्ब १ करोड १४ लाख ३१ हजार रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ५ अर्ब ५६ करोड ९० लाख ५४ हजार रुपैयाँ रहेको छ ।
गत बर्ष ९८ अर्ब ४६ करोड ७५ लाख ९८ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ५३ अर्ब ९१ करोड १२ लाख ९४ हजार रुपैयाँ कर्जा प्रबाह गरेको छ ।
त्यस्तै बैंकको खराब कर्जा ०.१५ प्रतिशत रहेकोमा बढेर ०.४४ प्रतिशत पुगेको छ ।
प्रतिसेयर आम्दानी २४.७६ रुपैंयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १८८.५० रुपैयाँ रहेको छ ।
१५) मेगा बैंक
केहि समय अगाडी गण्डकी विकास बैंकलाई आफूमा गाभेको मेगा बैंकको गतवर्ष १ अर्ब ५२ करोड आम्दानी भएको छ ।
बैंकले कमाएको नाफबाट सेयरधनीलाई १ अर्ब १५ करोड लाभांश बाड्न सक्ने देखिएको छ ।
कूल चुक्ता पूँजी १३ अर्ब १३ करोड रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ३२ करोडरुपैंयाँ रहेको छ । गतवर्षको नाफाबाट सो बैंकले ८.४५ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिएको छ ।
त्यस्तै गत बर्ष मेगा बैंकको निक्षेप १ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ भने १ खर्ब १० अर्ब रुपैयाँ बैंकले कर्जा प्रवाह गरेको छ ।
बैंकको पूँजीकोष अनुपात १२.८८ प्रतिशत रहेको छ भने खराब कर्जा १.२० प्रतिशत रहेको छ ।
कर्जा निक्षेप अनुपात ७५.३५ प्रतिशत रहेको मेगा बैंकको बेसरेट ८.३२ प्रतिशत हुँदा स्प्रेडरेट ४.३९ प्रतिशत रहेको छ ।
१६) प्रभु बैंक
प्रभु बैंकले ले गतवर्ष सेयरधनीलाई १ अर्ब ८ करोड रुपैयाँ बाँड्न मिल्ने नाफा गरेको छ ।
१० अर्ब ३१ करोड चुक्ता पूँजी रहेको बैंकले गतवर्षको नाफाबाट सेयरधनीलाई १०।४७ प्रतिशत लाभांश बाँड्न सक्ने देखिएको छ । अहिले बैंकको जगेडामा ४ अर्ब १८ करोड रुपैयाँ रहेको छ ।
गतवर्ष १ अर्ब ३६ करोड नाफा गरेको बैंकले अघिल्लो वर्ष १ अर्ब ७८ करोड नाफा गरेको थियो । त्यस्तै ०७७ असार मसान्तमा उठ्नुपर्ने २ अर्ब रुपैयाँ किस्ता र ब्याज उठ्न नसककेको बैंकले सार्बजनिक गरेको बित्तिय बिबरणमा जनाएको छ ।
सो बैंकले गत असारसम्ममा १ खर्ब २८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ अघिल्लो वर्षको असार मसान्तसम्ममा बैंकले १ खर्ब ५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो ।
त्यस्तै बैंकले ९९ अर्ब ६९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ जुन गतवर्ष ८५ अर्ब ८२ करोड रुपैयाँ रहेको थियो ।
पूँजीकोष अनुपात ११.५९ प्रतिशत रहेको बैंकको खराब कर्जा २.८१ प्रतिशत रहेको छ । जुन अघिल्लो वर्ष ३.७६ प्रतिशत रहेको थियो ।
कर्जा निक्षेप अनुपात ६६.९६ प्रतिशत रहेको बैंकको बेसरेट ८.३२ प्रतिशत रहेको छ भने स्प्रेडदर ३.५७ प्रतिशत रहेको छ ।
वि.सं.२०७७ साउन ३१ शनिवार २२:१९ मा प्रकाशित






























