back
CTIZAN AD

विश्वभरी कोरोनाको कहरः कुन देशबाट कति नेपाली स्वदेश फर्किए त ?

वि.सं.२०७७ साउन ३२ आइतवार

756 

shares

३२ साउन, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को महामारीबाट विश्वका सबैजसो देश आक्रान्त भएको बेला ती देशमा काम गर्ने नेपाली पनि यसको मारमा परेका छन् ।

कोरोनाका कारण रोजगारी गुमाइरहेका र गुम्ने अवस्था आएका तथा विभिन्न कामका लागि विदेश गएर उतै पसेका नेपालीहरु स्वदेश फर्कने क्रम जारी छ ।

महामारीका कारण विदेशमा अलपत्र परेका नागरिकलाई स्वदेश फर्काउने काम सुस्त गतिमा भइरहेको भन्ने नागरिकको गुनासो चलिरहेका बेला पनि झण्डै ५० हजार भन्दा बढी नेपाली स्वदेश फर्किइसकेका छन् ।

नेपाल सरकारको तथ्यांक अनुसार शुक्रबारसम्म विश्वका ३० देशमा रहेका ५१ हजार चारसय ४१ नेपाली नेपाल फर्कन सफल भएका छन् ।
त्यसैगरी स्वदेश फर्कनेमा सबैभन्दा बढी युएईमा रहेका नेपाली रहेका छन् ।

यूएईबाट हालसम्म १४,३१४ नेपाली फर्किसकेका छन् । दोस्रोमा साउदी अरेबियाबाट ७,८१७ नेपाली देश फर्किएका छन् ।
त्यस्तै मलेसियाबाट ७,६४२, कुवेतबाट ६,३२९, कतारबाट ६,१९१, जापानबाट १,२८२, बहराइनबाट ९८०, दक्षिण कोरियाबाट ९६७, अस्ट्रेलियाबाट ९४३, बंगलादेशबाट ८४१, ओमानबाट ८११ र माल्दिभ्सबाट ७०९ नेपाली स्वदेश फर्किएका हुन् ।

त्यस्तै अमेरिकाबाट ४२३, थाइल्यान्डबाट ३२६, सिंगापुरबाट २९७, दक्षिण सुडानबाट २५०, बेलायतबाट २२९, चीनबाट २०८, फिलिपिन्सबाट २०१, इजरायलबाट १२७, टर्कीबाट ११०, हङकङबाट ९, भारतबाट ८५ पाकिस्तानबाट ७२, सेन्ट्रल अफ्रिकन रिपब्लिकबाट ६, अफगानिस्तानबाट ५०, इराकबाट ३९, म्यानमारबाट २६, स्विजरल्यान्डबाट १० जना र श्रीलंकामा रहेका ५ नेपाली स्वदेश फर्किएका हुन् ।
कोरोनाको सुरुवाती चरणमा विदेश बस्ने नेपालीहरु धेरैले देश फर्किन चासो देखाएपनि विभिन्न कारणले देश फर्किनेको यो संख्या कम रहेको बैदेशिक रोजगार विज्ञ बताउँछन्

वि.सं.२०७७ साउन ३२ आइतवार ०९:५२ मा प्रकाशित

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी...

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवद्र्धनका निम्ति द्रुत...

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो एक शाखा कार्यालयको...

नेकपा संयोजक प्रचण्ड तीन दिने भ्रमणका लागि श्रीलङ्का प्रस्थान

नेकपा संयोजक प्रचण्ड तीन दिने भ्रमणका लागि श्रीलङ्का प्रस्थान

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड श्रीलङ्का...

रौतहटमा एक युवकद्वारा आत्मदाह प्रयास, कीर्तिपुर बर्न अस्पताल रिफर

रौतहटमा एक युवकद्वारा आत्मदाह प्रयास, कीर्तिपुर बर्न अस्पताल रिफर

काठमाडौं । रौतहटमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको...

चार मन्त्रीद्वारा सामूहिक राजीनामा

चार मन्त्रीद्वारा सामूहिक राजीनामा

सुर्खेत । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले सामूहिक...