back
CTIZAN AD

चीनद्वारा पाकिस्तानलाई एक हजार भेन्टिलेटर सहयोग प्रदान

वि.सं.२०७७ साउन ३२ आइतवार

621 

shares

३२ साउन, इस्लामावाद । चीनले पाकिस्तानलाई सहयोगस्वरुप एक हजार भेन्टिलेटर उपलब्ध गराएको छ ।

पाकिस्तानी राष्ट्रिय प्रकोपको व्यवस्थापन व्युरोका प्रमुख मुहाम्मद अफजारले हालै पाकिस्तानको राजधानीमा भएको एक कार्यक्रममा चीन सरकार र चिनियाँ जनताप्रति कृतज्ञता ज्ञापन गरेका छन् ।

अफजारले उक्त हस्तान्तरण समारोहमा चीन सरकार र चिनियाँ जनताले कोरोना भाइरस महामारी बिरुद्ध पाकिस्तानलाई निरन्तर र ठूलो सहायता दिएको भन्दै पाकिस्तानलाई महामारीको रोकथाम तथा नियन्त्रण गर्न महत्वपूर्ण सहयोग गरेको बताए ।

पाकिस्तानका लागि चिनियाँ राजदूत याउ चिङले चीन सरकारले पाकिस्तानलाई महामारीको बिरुद्धका कार्यमा महत्व र समर्थन दिएको कुरा बताए ।

पाकिस्तानका लागि चिनियाँ राजदूतावासको तथ्याङ्कअनुसार, चालु वर्षयता चीन सरकारले एकपछि अर्को गरी पाकिस्तानलाई सात पटक स्वास्थ्यसामग्री उपलब्ध गराएको छ । ती सामग्रीमा मास्क, सुरक्षा पोशाक, भेन्टिलेटर, सुरक्षित चश्मा, पन्जालगायतका समावेश छन् । सिन्ह्वा file photo

वि.सं.२०७७ साउन ३२ आइतवार १०:०१ मा प्रकाशित

इरानबाट आएका चार क्षेप्यास्त्र जोर्डनको हवाई प्रतिरक्षाद्वारा निस्तेज

इरानबाट आएका चार क्षेप्यास्त्र जोर्डनको हवाई प्रतिरक्षाद्वारा निस्तेज

अम्मान । जोर्डनको हवाई प्रतिरक्षा प्रणालीले मङ्गलबार बिहान इरानी भू–भागबाट...

बैङ्ककको पबमा आगलागीः आधारभूत सुरक्षा उपायको अभाव रहेको विज्ञको दाबी

बैङ्ककको पबमा आगलागीः आधारभूत सुरक्षा उपायको अभाव रहेको विज्ञको दाबी

बैङ्कक । थाइल्यान्डको राजधानी बैङ्ककस्थित एक बारमा भएको भीषण आगलागीमा...

सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण

सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण

ब्रसेल्स । सत्ताईस सदस्यीय युरोपेली सङ्घ (इयू)को जनसङ्ख्या सन् २०२९...

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

काठमाडौँ । फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप २०२६ को...

रूसविरुद्ध समर्थन जुटाउन युक्रेनी राष्ट्रपति जेलेन्स्कीको पेरिस भ्रमण 

रूसविरुद्ध समर्थन जुटाउन युक्रेनी राष्ट्रपति जेलेन्स्कीको पेरिस भ्रमण 

किएभ। यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की रूसविरुद्ध समर्थन जुटाउन पेरिसमा यूरोपेली...

युरोपेली दाताहरूबाट गाजा पुनर्निमाणका लागि एक अर्ब डलर सहयोगको घोषणा 

युरोपेली दाताहरूबाट गाजा पुनर्निमाणका लागि एक अर्ब डलर सहयोगको घोषणा 

ब्रसेल्स, बेल्जियम ।  युरोपेली सङ्घले सोमबार युरोपेली दाताहरूले युद्धबाट प्रभावित...