back
CTIZAN AD

दक्षिण कोरियामा फेरि बढ्न थाल्यो कोरोना संक्रमण: एकै दिनमा १६६ थपिए

वि.सं.२०७७ साउन ३२ आइतवार

645 

shares

३२ साउन, सियोल । दक्षिण कोरियामा कोरोनाभाइरस सङ्क्रमण दर पुन: बढ्ने क्रम देखिएको यहाँका अधिकारीहरूले बताएका छन् ।

गत २४ घण्टामा कोभिड-१९ सङ्क्रमितको सङ्ख्या १६६ पुगेको र यो पाँच महिना यता दक्षिण कोरियामा एकै दिन सङ्क्रमित व्यक्तिको सङ्ख्या सबैभन्दा धेरै छ ।

पाँच करोड १० लाख जनसङ्ख्या रहेको राजधानी शहर सियोलमा पछिल्ला दिनहरूमा सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुन थालेपछि सरकारले सङ्क्रमण नियन्त्रणका उपायहरूलाई थप कडा पारिरहेको छ ।

दक्षिण कोरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (केसीडीसी) ले शनिबार सार्वजनिक गरेको तथ्याङ्कमा देशभर अहिलेसम्म सङ्क्रमितको सङ्ख्या १५ हजार ३९ रहेको र ३०५ सङ्क्रमितको मृत्यु भएको जनाइएको छ ।

केसीडीसीले नयाँ सङ्क्रमितमध्ये १५५ जना स्थानीय रहेको र अन्य कोरियामा विभिन्न कामको शिलशिलामा पुगेका विदेशी रहेको बताएको छ । सङ्क्रमितमध्ये अधिकांश राजधानी शहर र वरपरका क्षेत्रका नागरिक हुन् ।

अधिकारीहरूले पुनः सङ्क्रमण देखिन थालेपछि तत्काल हजारौं चर्चहरूलाई बन्द गर्न निर्देशन गरेका छन् । कोरियामा सङ्क्रमण फैलिनसक्ने एउटा प्रमुख क्षेत्रका रूपमा चर्चलाई लिएका छन् । यस पहिले पनि कोरियाको एक चर्चमा गएका केही व्यक्तिबाट सङ्क्रमण फैलिएको थियो । त्यसैगरी नर्सिङ होम, विद्यालय, रेस्टुरेण्ट र धेरै उपभोक्ताको भेला हुने बजारहरू रहेका छन् ।

सरकारी अधिकारीहरूले शनिबार सियोलमा सरकारको विरोधमा प्रदर्शनकारी र मजदुर युनियनहरूले गरेको प्रदर्शनका कारण सङ्क्रमण अझ फैलिनसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।सङ्क्रमण वृद्धि भएका कारण ठूला शहरहरूमा सामाजिक दूरीको उपायहरूलाई अझ कडा बनाउन सक्ने अधिकारीहरूले बताए ।

अहिलेसम्म आर्थिक चिन्ताको कारण शहरी क्षेत्रमा खासै कडाई गरिएको छैन । सरकारले सार्वजनिक जमघटमा प्रतिबन्ध, मनोरन्जन स्थलहरूलाई बन्द गर्ने र बेसबल र अन्य व्यावसायिक खेलहरूबाट प्रशंसकहरू हटाउनेजस्ता प्रतिबन्ध समावेश गर्न सक्ने बताएको छ । दक्षिण कोरियाले जुलाईको अन्त्यदेखि आंशिक रूपमा दर्शकहरूलाई खेल हेर्न खुला गरेका थिए । एपी

वि.सं.२०७७ साउन ३२ आइतवार १०:१८ मा प्रकाशित

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...