back
CTIZAN AD

कृषि बिकास बैंकको आम्दानी १७.२६ प्रतिशतले खुम्चियो, निक्षेप संकलन भने २०.८९ प्रतिशतले बढ्यो

वि.सं.२०७७ साउन ३२ आइतवार

792 

shares

३२ साउन, काठमाडौँ । कृषि बिकास बैंकको आम्दानी १७.२६ प्रतिशतले घट्दा त्यसको असर सेयरधनीको लाभांसमा परेको छ । बैंकले सार्बजनिक गरेको गत आर्थिक बर्ष २०७६/७७ को अपरिष्कृत बित्तिय बिबरण अनुसार गत आर्थिक बर्षमा बैंकले ३ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा अघिल्लो आर्थिक बर्षकोभन्दा १७.२६ प्रतिशतले कम हो । अघिल्लो आर्थिक बर्षमा बैंकले ४ अर्ब १९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत बर्ष बैंकले गरेको नाफा अघिल्लो आर्थिक बर्षकोभन्दा ७२ करोड ३५ लाख रुपैयाँले कम हो ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नितिमा देशको अग्रणी बैंकको रुपमा स्थान दिएको बैंकको चुक्ता पूँजी १४ अर्ब ९८ करोड रुपैयाँ रहेको छ भने वितरण योग्य नाफा १ अर्ब ६६ करोड रुपैयाँ छ । त्यसो हुँदा बैंकले नाफाबाट ११.११ प्रतिशत सेयरधनीलाई लाभांश वितरण गर्नसक्छ ।

त्यस्तै बैकको ब्याज आम्दानी पनि घटेको छ । अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक वर्षमा बैंकको खुद ब्याज आम्दानी पनि २०.७१ प्रतिशतले घटेको छ । अघिल्लो बर्ष ६ अर्ब ८६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले गत बर्ष ६२ करोड रुपैयाँ कम ६ अर्ब २३ करोड रुपैँयामा सीमित भएको छ ।

त्यस्तै गत बर्ष बैंकले १ खर्ब ४३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब २३ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेको छ । यसरी हेदा बैंकको निक्षेप संकलन २०.८९ प्रतिशतले र कर्जा प्रवाह १३.०९ प्रतिशतले बढेको छ ।

बैंकको प्रति शेयरको आम्दानी १८.७१ प्रतिशतले घटेको छ । अघिल्लो आवमा ४०.४५ रुपैंयाँ प्रतिसेयर आम्दानी रहेकोमा गत आवमा ३२.८८ रुपैंयाँमा खुम्चिएको छ । त्यस्तै खराबकर्जा २.७१ रहँदा बेसरेट ९.२६ प्रतिशत र स्प्रेडरेट ४.४४ प्रतिशत रहेकोछ ।

वि.सं.२०७७ साउन ३२ आइतवार १२:३६ मा प्रकाशित

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ  आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बिहिबार)का लागि विदेशी मुद्राको...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बुधबार)का लागि विदेशी मुद्राको...

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौँ । एनएमबि बैंक लि. ले ६५ मेगावाट क्षमताको मनाङ...

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौँ । बाँदर र बँदेलबाट कृषि बालीमा क्षति बढ्दै गएपछि...

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आन्तरिक राजस्व विभागसँगको सहकार्यमा सञ्चालन...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...