back
CTIZAN AD

कोरोनाबाट बच्न मुगुमा उच्च सर्तकता, भदौ १ देखि यी सेवाहरु बन्द गरिने

वि.सं.२०७७ साउन ३२ आइतवार

822 

shares

३२ साउन, काठमाण्डौं । कोरोना महामारीबाट बच्न उच्च सर्तकता अपनाउने जिल्ला संकट ब्यवस्थापन केन्द्रले शनिबार निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय आयोजना गरेको संकट ब्याबस्थापन बैठकमा प्रदेश सभासद दानसिह परियार प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौला, श्रीदल गुल्मका सेनानी अन्जन बिष्ट, प्रहरी नायव उपरिक्षक भुवनेश्वर प्रसाद साह, शसस्त्र प्रहरी नायव उपरिक्षक खुमबहादुर केसी, जिल्ला स्वास्थ्य प्रमुख निर्मल नगरकोटी, जिल्ला समन्वय समिति प्रमुख पूर्णबहादुर रोकाया, नगर प्रमुख हरिजंग शाही, रेडक्रस सभापति जयबहादुर मल्ल लगायत दलका प्रतिनिधि स्थानीयतहका प्रमुख सहितको उपस्थितीमा कोरोना महामारी फैलिन नदिन उच्च सर्तकता अपनाउने निर्णय गरिएको छ ।

बिभिन्न जिल्लाहरुमा संक्रमितको संख्या बढेर भयाभहको अबस्था उत्पन्न हुन थालेपछि जिल्ला संकट ब्याबस्थापनको बैठक बसेर सर्तकता अपनाउन बिभिन्न निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाले बताए ।

छिमेकी जिल्ला बाट आउआउ बन्द गर्ने, कामले घर बाहिर जाँदा अनिबार्य माक्स लगाउने, जिल्ला बाहिरबाट मासुजन्य आयतमा रोक लगाउने र अर्को निर्णय नभएर सम्म शैक्षिक संस्था टयूसन सेन्टर समेत नखोल्ने निर्णय गरिएको निरौलाको भनाई छ ।

त्यसैगरी होटल, शैलुन सेन्टर तथा सरकारी कार्यालयबाट प्रवाह हुने सेवाहरु भदौ १ देखि लागु हुने गरि दुई हप्तासम्म बन्द गर्ने । पसलहरु दिउसो १० बजे खोल्ने ६ बजे बन्द गर्ने निर्णय गरेको छ ।

रात्रिकालिन आवतजावत पूर्णरुपमा निषेध गर्ने र आन्तरिक यातायातलाई पास लागु गर्ने । सभा सम्मेलन गोष्टीलाई अर्को आदेश नभएसम्म बन्द गर्ने । स्थानीयतहमा चिकित्सक पठाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारीको भनाई छ ।

रारा बिमानस्थलमा चार्टर उडान बढी भएको र तराईका जिल्लामा संक्रमितको संख्या बृद्धि हुदै गएको हुँदा हवाई जहाजबाट आउजाउ धेरै हुन थालेको हुँदा कोरोना फैलिन सक्ने डर भएको हुँदा अति आबश्यक काम बाहेक जहाजबाट जिल्ला बाहिर बढी आउजाउ नगर्न कर्मचारी स्थानीय र ब्यापारीलाई संकट ब्याबस्थापन समितिले आग्रह गरेको छ ।

जिल्ला बाहिरबाट भित्रिने जो कोहीलाई १४ दिन सम्म क्वारेन्टाइनमा राख्ने माक्स नलगाई हिडनेलाई १ सय जरिवाना गर्ने । भोकमरी संकट हुन नदिन खाद्य आपूर्तीमा सहज बनाउने जिल्ला संकट ब्यवस्थापन केन्द्रले निर्णय गरेको छ ।

जिल्ला संकट ब्याबस्थापन केन्द्रले गरेको निर्णय अटेर गरी पालन नगर्नेलाई संक्रमण रोग ऐन २०२० स्थानीय प्रशासन ऐन २०२८ अनुसार कडा कारबाही गरिने प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिएका छन् ।

वि.सं.२०७७ साउन ३२ आइतवार १२:४५ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...