back
CTIZAN AD

युएई र इजरायलबीच सिधा टेलिफोन सेवा शुरु

वि.सं.२०७७ भदौ १ सोमवार

651 

shares

१ भदौ, दुबई । युनाइटेड अरब इमिरेट्स (युएई) र इजरायलबीच कुटनीतिक सम्बन्ध स्थापना भएलगत्तै दुबै देशबीच टेलिफोन सेवा शुरु भएको छ ।

इजरायलले पश्चिम किनाराको केही भूभाग इजरायलमा गाभ्ने निर्णय हाललाई स्थगित गर्नेगरी संयुक्तराज्य अमेरिकाले मध्यस्थता गरेसँगै दुबै मुलुकबीच कुटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

पश्चिम किनारा र गाजापट्टिलाई समेटेर स्वतन्त्र प्यालेस्टिनी मुलुक निर्माण गर्ने अभियान वर्षौंदेखि जारी छ एसोसिएटेड प्रेसका जेरुसलेम र दुबईमा रहेका पत्रकारहरुबीच टेलिफोनमा स्थानीय समय अनुसार अपराह्न १.१५ बजे कुराकानी भएको थियो ।

एक घण्टापछि युएईका अधिकारीहरुले विदेश मन्त्री शेख अब्दुल्ला बिन जायद अल नाहयानले उनका इजरायली समकक्षी गाबी आश्केनाजीबीच टेलिफोनमा संवाद भएको जानकारी दिएका थिए ।

इजरायली संचारमन्त्री योआज हान्डेलले एक विज्ञप्ति प्रकाशन गरी टेलिफोन सेवा खुला गरेकामा संयुक्त अरब इमिरेट्सलाई बधाई दिएका छन् । “धेरै आर्थिक अवसर अब खुला हुनेछन्, र यी विश्वास निर्माणका कदमहरु आ–आफ्ना मुलुकलाई अघि बढाउन महत्वपूर्ण पाइला हुनेछन् ।आइतबार नै इजरायली समाचार वेबसाइटहरु युएईमा खुला गरिएका छन् । युएईले आफ्नो मुलुकमा हेर्न नपाउने गरी रोकेका टाइम्स अफ इजरायल, जेरुसलेम पोस्ट र वाईनेट जस्ता वेबसाइटहरु निर्वाध रुपमा हेर्न पाउने गरी खुला गरिदिएको छ ।

टेलिफोन सेवा स्थापित हुनुलाई दुबै मुलुकबीच सम्पन्न सम्झौताको एक महत्वपूर्ण कडीका रुपमा हेरिएको छ ।इजरायल र संयुक्त अरब इमिरेट्सले गत बिहीबार पूर्ण कुटनीतिक सम्बन्ध स्थापना गर्ने ऐतिहासिक घोषणा गरेका थिए । अमेरिकी मध्यस्थतामा भएको उक्त सम्झौतालाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।

उक्त ऐतिहासिक सम्झौतालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा प्रमुख विदेश नीतिमा सफलता प्राप्त भएको रुपमा हेरिएको छ ।

यो सम्झौतापछि इजरायलसँग दौत्य सम्बन्ध भएका अरब मुलुकहरुको संख्या तीन पुगेको छ । यसअघि इजरायलको कुटनीतिक सम्बन्ध इजिप्ट र जोर्डानसँग मात्र थियो । नयाँ सम्झौतासँगै दुबै मुलुकबीच पर्यटन, प्रत्यक्ष हवाई उडान तथा राजदूतावासहरुको स्थापना हुनेछन् ।

आइतबार नै युएईको सरकारद्वारा संचालित वाम समाचार समितिले युएईको एउटा कम्पनीले कोरोनाभाइरस महामारीका विषयमा अनुसन्धान र अध्ययन गर्न एउटा इजरायली कम्पनीसँग सम्झौता भएको खबर प्रसार गरेको छ ।

युएई र इजरायलबीच भएको पछिल्लो सम्झौताप्रति कतिपय अरब विज्ञहरुले प्यालेस्टाइन राज्य स्थापना गर्ने विगतदेखिको प्रयासमा युएईले धोखा दिएको प्रतिक्रिया दिएका छन् । पाकिस्तानमा उक्त सम्झौताको विरोध गर्दै सयौंले जुलुस निकालेका थिए ।

उक्त सम्झौताले क्षेत्रीय प्रतिद्वन्द्वीका रुपमा रहेको युएईसँग इरान र टर्कीलाई पनि चिढ्याएको छ । इरानका सैनिक प्रमुख मोहम्मद होसेन बाघेरीले युएईको निर्णय दुर्भाग्यपूर्ण रहेको प्रतिक्रिया दिँदै अबुधाबीलाई आफ्नो कदम सच्याउन आग्रह गर्नु भएको छ ।

बाघेरीले पर्सियाली खाडी क्षेत्रमा कुनै सानोतिनो घटना भएपनि त्यसलाई इरानको सुरक्षा खतराका रुपमा लिइने बताउँदै यस्तो कदम युएईका कारण भएको ठहर गरी कुनै पनि कदम चाल्न सकिने बताए । एपी

वि.सं.२०७७ भदौ १ सोमवार ०८:५० मा प्रकाशित

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...