back
CTIZAN AD

इन्डोनेसियाको ७५औँ स्वतन्त्रता दिवस काठमाडौंमा मनाइयो

वि.सं.२०७७ भदौ १ सोमवार

708 

shares

१ भदौ, काठमाडौं । गणतन्त्र इण्डोनेसियाको ७५औँ स्वतन्त्रता दिवस नेपालमा पनि मनाइएको छ । उक्त अवसरमा सोमबार नेपालका लागि इण्डोनेसियाका अवैतनिक वाणिज्यदुत एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले वाणिज्य दुतको कार्यालय, आइएमई कम्प्लेक्स परिसरमा इण्डोनेसियाको झण्डोत्तोलन गरेका छन । झण्डोत्तोलनमा वाणिज्यदुत कार्यालय तथा आइएमई ग्रुपमा कार्यरत कर्मचारीहरुको सिमित संख्यामा उपस्थिति रहेको थियो ।

नेपाल र गणतन्त्र इण्डोनेसिया वीच सन् १९६० मा औपचारिक कुटनीतिक सम्बन्ध स्थापना भएको थियो । गणतन्त्र इण्डोनेसियाले आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई नेपालका लागि इण्डोनेसियाको अवैतनिक वाणिज्यदुतमा नियुक्त गरे यता यीदुई देशबीचको सम्बन्ध थप मजबुत बन्दै आएको छ । नेपालका लागि इण्डोनेसियाको गैह्र आवासीय राजदुतको कार्यालय बंगलादेशको ढाकामा अवस्थित छ ।

इण्डोनेसिया आसियान राष्ट्रहरूमध्येको सबैभन्दा ठूलो अर्थतन्त्र भएको मूलुक हो । साथै नेपाल र इण्डोनेसियाबीचको व्यापारको परिमाण पनि निकै ठूलो छ । दुई देशबीच पर्यटन लगायत विभिन्न व्यापार व्यवसायका क्षेत्रमा थुप्रै सम्भावनाहरु रहेका छन् ।

वि.सं.२०७७ भदौ १ सोमवार २१:५७ मा प्रकाशित

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर । कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा मात्रै...

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

दशरथचन्द (बैतडी) । अस्वस्थकर खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम...

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

नारायणगढ (चितवन) । अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर...

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

काठमाडौँ । फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप २०२६ को...

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...