back
CTIZAN AD

पाँच दिनमा धेरै काम भयो भन्दै ओलीका सल्लाहकार थापाले भने, ‘सचिवालयका असन्तुष्टि पनि अन्त्य भए’

वि.सं.२०७७ भदौ २ मंगलवार

897 

shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले नेकपाभित्रको विवाद अन्त्यको दिशातिर गएको दाबी गरेका छन् । प्रधानमन्त्री ओलीले दिएको डेटलाईनअनुसार धेरै काम भएको उनको भनाई छ ।

पार्टीको आन्तरिक विवाद मात्रै नभई भारतसँगको सम्बन्धमा पनि नयाँ वातावरण तयार भएको थापाले बताएका छन् । मंगलबार सामाजिक सञ्जाल ट्विटरमार्फत उनले पाँच दिनको बीचमा दुई अध्यक्षबीचको संवादहीनतामा आइसब्रेक आएको, विवाद समाधानका लागि ६ सदस्यीय कार्यदल गठन भएको र सचिवालयबाट बँचुखुचेका असन्तुष्टिसमेत अन्त्य भएको बताएका छन् ।

थापाले पार्टीभित्रको आन्तरिक सम्बन्धमा मात्रै नभई छिमेक सम्बन्धमा पनि नयाँ वातावरण तयार भएको बताएका छन् । थापाले ४ महिनापछि प्रधानमन्त्री ओलीले भारतीय समकक्षीसँग छलफल गर्ने वातावरण बनेको भन्दै त्यसले नेपाल–भारत सम्बन्ध नयाँ कोर्षमा अगाडि बढेको बताए ।

नेकपाभित्रको विवाद चुलिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले एक टेलिभिजनसँगको अन्तरवार्तामा पाँच दिनभित्र विवाद समाधान हुने डेटलाईन दिएका थिए । उनले डेटलाईन दिएको भोलीपल्ट नै दुई अध्यक्षबीच लामो समयपछि संवाद सुरु भएको थियो ।

वि.सं.२०७७ भदौ २ मंगलवार १६:०५ मा प्रकाशित

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर । कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा मात्रै...

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

दशरथचन्द (बैतडी) । अस्वस्थकर खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम...

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

नारायणगढ (चितवन) । अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर...

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

काठमाडौँ । फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप २०२६ को...

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...