back
CTIZAN AD

जेलबाट भाग्ने ११ कैदीको प्रहरी कारबाहीमा मृत्यु

वि.सं.२०७७ भदौ ३ बुधवार

657 

shares

३ भदौ, पपुवा न्यूगिनी । पपुवा न्यूगिनीकोलाई शहरमा जेलबाट सामूहिक रूपमा कैदी भाग्ने क्रममा प्रहरीले चलाएको गोली लागि कम्तीमा ११ कैदीको मृत्यु भएको मङ्गलबार प्रहरीले पुष्टि गरेको छ ।

पपुवा न्यू गिनीको गृह प्रशासनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “बिरामी कैदीलाई उपचारको लागि अस्पताल लाने क्रममा बन्दीगृहको गेट खोलेको मौका पारी कैदीहरूले सामुहिक रूपमा भाग्ने क्रममा जेल सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले कर्तव्यपालनाको शिलशिलामा गोली चलाउँदा ११ जनाको मृत्यु भएको छ भने ३६ जेलबाट भाग्न सफल भएका छन् । उनीहरू समाचार तयार पार्दासम्म फरार रहेका छन् ।”

उक्त समूहले जेलको सुरक्षार्थ खटिएका एक ड्युटी अफिसरलाई चक्कू प्रहार गरी जेलबाट बाहिर भागेका थिए ।

सुरक्षाकर्मीले भाग्न लागेको समूहलाई रोक्न खोज्दा झडप भएपछि चलाइएको गोली लागि कम्तीमा ११ कैदीको मृत्यु भएको सुधार गृहका आयुक्त स्टीफन पोकानिसले पुष्टि गरे ।

उनले मङ्गलबार एएफपीसँग भने, “हामीले आफ्नो तथ्याङ्कलाई अद्यावधिक गरेका छौं । जेल तोड्ने कार्यमा ४७ जनाको सम्लग्नता रहेको पाइएको छ । जसमध्ये ११ जनाको मृत्यु भएको छ भने अन्य फरार रहेका छन् ।”

पपुवा न्यूगिनीमा सन् २०२० मा जेलबाट भाग्न गरिएको चौथो ठूलो घटना हो । यस पहिले जनवरीमा बुइमो जेलबाट १६ कैँदी जेल तोडी भागेका थिए । त्यस्तै सन् २०१७ मा भएको यस्तै एक घटनामा परी १७ व्यक्तिको मृत्यु भएको थियो । एएफपी

वि.सं.२०७७ भदौ ३ बुधवार १०:२५ मा प्रकाशित

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनले स्थानीय आवश्यकता र स्रोतसाधनअनुसार कृत्रिम बौद्धिकता (एआई) उद्योगको विकास...

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...