back
CTIZAN AD

अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास सुरू, प्योङ्याङले पार्टीको महत्वपूर्ण बैठक बोलायो

वि.सं.२०७७ भदौ ३ बुधवार

693 

shares

३ भदौ, सोल, दक्षिण कोरिया । संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले आफ्नो वार्षिक ग्रीष्मकालीन सैन्य अभ्यासहरू सुरु गरेपछि प्योङयाङले त्यहाँको सत्ताधारी दलको उच्च स्तरीय बैठक बुधबारका लागि बोलाइएको छ ।

सत्तारुढ मजदुर पार्टीको बुधवारको केन्द्रीय समितिको पूर्ण बैठकमा ‘कोरियाली क्रान्तिलाई विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने’ र पार्टीको ‘युद्ध कुशलता’ लाई बढाउने कुराको निर्धारण गर्ने प्योङयाङको आधिकारिक कोरियाली केन्द्रीय समाचार एजेन्सीले मंगलबारको समाचारमा उल्लेख गरेको छ ।

यस वर्ष कोरोनाभाइरस महामारीको कारण बैठक तथा सभा सम्मेलनलाई कम गरिएको भएपनि सैन्य अभ्यासको थालनीसँगै पार्टीको महत्वपूर्ण बैठक बोलाइएको हो ।

उत्तर कोरियाले बैठकका अन्य बिषयहरूलाई सार्वजनिक गरेको छैन । उत्तर कोरियामा केही समय पहिले भएको अविरल वर्षापछि बाढी, डुवान तथा पहिरोले व्यापक क्षति पु¥याएको थियो ।

त्यस्तै उत्तर कोरियामा संयुक्त राष्ट्रसंघको नाकावन्दी र कोभिड–१९ सङ्क्रमणका कारण उत्तर कोरियामा आर्थिक सङ्कट देखिएको प्योङयाङबारे जानकार कोरियाली प्राध्यापक तथा विश्लेषकले बताए । एपी

वि.सं.२०७७ भदौ ३ बुधवार १०:२९ मा प्रकाशित

इरानबाट आएका चार क्षेप्यास्त्र जोर्डनको हवाई प्रतिरक्षाद्वारा निस्तेज

इरानबाट आएका चार क्षेप्यास्त्र जोर्डनको हवाई प्रतिरक्षाद्वारा निस्तेज

अम्मान । जोर्डनको हवाई प्रतिरक्षा प्रणालीले मङ्गलबार बिहान इरानी भू–भागबाट...

बैङ्ककको पबमा आगलागीः आधारभूत सुरक्षा उपायको अभाव रहेको विज्ञको दाबी

बैङ्ककको पबमा आगलागीः आधारभूत सुरक्षा उपायको अभाव रहेको विज्ञको दाबी

बैङ्कक । थाइल्यान्डको राजधानी बैङ्ककस्थित एक बारमा भएको भीषण आगलागीमा...

सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण

सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण

ब्रसेल्स । सत्ताईस सदस्यीय युरोपेली सङ्घ (इयू)को जनसङ्ख्या सन् २०२९...

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

काठमाडौँ । फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप २०२६ को...

रूसविरुद्ध समर्थन जुटाउन युक्रेनी राष्ट्रपति जेलेन्स्कीको पेरिस भ्रमण 

रूसविरुद्ध समर्थन जुटाउन युक्रेनी राष्ट्रपति जेलेन्स्कीको पेरिस भ्रमण 

किएभ। यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की रूसविरुद्ध समर्थन जुटाउन पेरिसमा यूरोपेली...

युरोपेली दाताहरूबाट गाजा पुनर्निमाणका लागि एक अर्ब डलर सहयोगको घोषणा 

युरोपेली दाताहरूबाट गाजा पुनर्निमाणका लागि एक अर्ब डलर सहयोगको घोषणा 

ब्रसेल्स, बेल्जियम ।  युरोपेली सङ्घले सोमबार युरोपेली दाताहरूले युद्धबाट प्रभावित...