back
CTIZAN AD

ब्राजिलमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ३३ लाख ५९ हजारभन्दा बढी

वि.सं.२०७७ भदौ ३ बुधवार

621 

shares

३ भदौ, ब्रासिलिया । ब्राजिलमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ३३ लाख ५९ हजार ५७० पुगेको ब्राजिलको स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी गराएको छ ।

ब्राजिलमा विगत महिनाहरूको तुलनामा दैनिक कोभिड–१९ सङ्क्रमित तथा मृतकको सङ्ख्यामा कमी आएको भएपनि अझै नियन्त्रणमा आउन सकेको छैन ।

ब्राजिलमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या आइतबार २३ हजार रहेकोमा सोमबार १९ हजारमा झरेको थियो । केही हप्ता अगाडिसम्म सङ्क्रमितको सङ्ख्या भने सोमबारको तुलनामा करिब तीन गुणाले बढी रहेको थियो ।

विश्व स्वास्थ्य संगठनका अनुसार ब्राजिलमा गत २४ घण्टामा कोभिड–१९ सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ६२० थपिएको र अहिलेसम्म कूल एक लाख आठ हजार ५३६ पुगेको छ भने अहिलेसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २४ लाख ७० हजार रहेको छ । ब्राजिलमा अझै नौ लाख मानिस सङ्क्रमित रहेका छन् ।

कोरोनाभाइरसका कारण विश्वभर दुई करोड १० लाख ५० हजारभन्दा माथि रहेको छ भने सात लाख ६७ हजारभन्दा बढीको मृत्यु भएको छ ।

विश्वमा अमेरिका पछि बढी सङ्क्रमित रहेको देश ब्राजिल हो भने क्रमशः भारत, रूस तथा दक्षिण अफ्रिका सङ्क्रमणका हिसाबले बढी प्रभावित मुलुक हुन् । यद्यपि मृत्यु सङ्ख्या भने रूस र दक्षिण अफ्रिकामा भन्दा भारतमा बढी रहेको छ । मृत्यु सङख्याका हिसाबले बेलायत, इटली, फ्रान्स र स्पेन बढी प्रभावित मानिन्छन् । एएनआई

वि.सं.२०७७ भदौ ३ बुधवार १०:३४ मा प्रकाशित

इरानबाट आएका चार क्षेप्यास्त्र जोर्डनको हवाई प्रतिरक्षाद्वारा निस्तेज

इरानबाट आएका चार क्षेप्यास्त्र जोर्डनको हवाई प्रतिरक्षाद्वारा निस्तेज

अम्मान । जोर्डनको हवाई प्रतिरक्षा प्रणालीले मङ्गलबार बिहान इरानी भू–भागबाट...

बैङ्ककको पबमा आगलागीः आधारभूत सुरक्षा उपायको अभाव रहेको विज्ञको दाबी

बैङ्ककको पबमा आगलागीः आधारभूत सुरक्षा उपायको अभाव रहेको विज्ञको दाबी

बैङ्कक । थाइल्यान्डको राजधानी बैङ्ककस्थित एक बारमा भएको भीषण आगलागीमा...

सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण

सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण

ब्रसेल्स । सत्ताईस सदस्यीय युरोपेली सङ्घ (इयू)को जनसङ्ख्या सन् २०२९...

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

काठमाडौँ । फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप २०२६ को...

रूसविरुद्ध समर्थन जुटाउन युक्रेनी राष्ट्रपति जेलेन्स्कीको पेरिस भ्रमण 

रूसविरुद्ध समर्थन जुटाउन युक्रेनी राष्ट्रपति जेलेन्स्कीको पेरिस भ्रमण 

किएभ। यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की रूसविरुद्ध समर्थन जुटाउन पेरिसमा यूरोपेली...

युरोपेली दाताहरूबाट गाजा पुनर्निमाणका लागि एक अर्ब डलर सहयोगको घोषणा 

युरोपेली दाताहरूबाट गाजा पुनर्निमाणका लागि एक अर्ब डलर सहयोगको घोषणा 

ब्रसेल्स, बेल्जियम ।  युरोपेली सङ्घले सोमबार युरोपेली दाताहरूले युद्धबाट प्रभावित...