३ भदौ, काठमाडौं । काभ्रेमा एकै परिवारका १० जनामा कोरोना संक्रमण देखिएको छ ।
धुलिखेल नगरपालिका वडा नं ६ का एकै परिवारका १० जनामा संक्रमण पुष्टि भएको छ भने सोहि परिवारका ९८ वर्षीय वृद्धको मंगलबार मृत्यु भएको छ ।
कोरोना संक्रमण भएको पुष्टि भएपछि साउन २६ गते धुलिखेल अस्पतालमा भर्ना भइ उपचार गराइरहेका उनको उपचारका क्रममा मृत्यु भएको हो ।
वृद्धका छोरा बुहारीसहित परिवारका १० जनामा संक्रमण देखिएको बुधबारको गोरखापत्र दैनिकमा समाचार छ ।
कोरोना संक्रमणबाट काभ्रेमा वृद्धसँगै दुईजनाको मृत्यु भएको छ । यसअघि पाँचखाल नगरपालिकाकी ५० वर्षीया महिलाको पनि संक्रमणबाट मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य यअधिकृत डा. नरेन्द्र कुमार झाका अनुसार काभ्रेमा मंगलबार मात्रै १३ जनामा संक्रमण पुष्टि भएको छ । ती मध्ये धुलिखेल अस्पतालका ६ जना कर्मचारी रहेका छन् । काभ्रेमा हालसम्म संक्रमितको संख्या ९३ पुगेको छ ।
वि.सं.२०७७ भदौ ३ बुधवार १०:४० मा प्रकाशित






























