back
CTIZAN AD

राष्ट्रिय झण्डा जलाएको गीत सार्वजनिक गर्ने गीतका गायककारसहित ८ जना पक्राउ

वि.सं.२०७७ भदौ ३ बुधवार

672 

shares

काठमाडौं । राष्ट्रिय झण्डा जलाइएको गीतको भिडियो सार्वजनिक गर्ने समुहका ८ जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ६ जना र महानगरीय अपराध अनुुसन्धान महाशाखाले दुई जनालाई पक्राउ गरेको हो ।

सीआईबीको टोलीले गीतका गायक ग्यालेन दोर्जे तामाङलाई पनि पक्राउ गरेको छ । तामाङले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत चुनौतिपूर्णं भाषा प्रयोग गर्दै झण्डा जलाइएको विषय स्वीकार गरेका थिए ।

सोमबार मङगोल होप नामक यूट्यूब च्यालनबाट सार्वजनिक भएको गीतको भिडियोमा राष्ट्रिय झण्डा जलाइएको देखाइएको छ । भिडियोमा बाहुन–क्षेत्री समुदायमाथि अत्यन्तै घृणायुक्त भावले गाली गरिएको छ । पूर्वराजा र प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरुको फोटो जलाइएको छ ।

मंगोल हप अफिसियल नामक यूट्युब च्यानलबाट सोमबार अपलोड गरिएको उक्त भिडियोबारे सामाजिक सञ्जालमा निकै प्रतिक्रिया आएका छन् । सबैले गीतमाथि तत्काल कारबाही गर्न माग गरेका छन् ।

सामाजिक सञ्जालमा निकै प्रतिक्रिया व्यक्त भएको भएपनि गीतलाई हालसम्म यूट्युबबाट भने निकालिएको छैन् । र्याप शैलीमा गाइएको गीतको सुटिङ्ग मकवानपुरको विष्णु आधारभूत विद्यालयको प्रांगणमा गरिएको देखिन्छ ।

के हुनसक्छ कारबाही ?

गीतमा अत्यन्तै आपत्तीजनक शब्दहरु पनि छन् । गीतमा भएका आपत्तीजनक शब्दहरु प्रति सामाजिक सञ्जालमा अहिले निकै कमेन्टहरु गरिएका छन् । गीत निर्माण र गायक गायीकामाथि तत्काल कारबाही गर्नुपर्ने माग सामाजिक सञ्जाल प्रयोगकर्ताले गरेका छन् ।

नेपालको कानूनमा पनि यस्ता गतिविधि गर्नेमाथि कारबाही हुने कुरा छ । नेपालको मुलुकी अपराध (संहिता) ऐन २०७४,को १५१ को दफा १ र २ अनुसार नेपालको राष्ट्रिय झण्डा जलाउने र च्यात्नेलाई तीन वर्षसम्म कैद वा ३० हजारसम्म जरिवाना वा दुवै हुने उल्लेख छ ।

सम्बन्धित समाचार

राष्ट्रिय झण्डा जलाउँदै, बाहुन–क्षेत्री समुदायलाई गाली गरेको आपत्तिजनक म्यूजिक भिडियो, के होला त कारबाही ?

https://sansarnews.com/220788/

वि.सं.२०७७ भदौ ३ बुधवार १२:२१ मा प्रकाशित

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा...

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

काठमाडौँ । नेपाल टेलिकम र जल तथा मौसम बिज्ञान विभागबीच...

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी...

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवद्र्धनका निम्ति द्रुत...