back
CTIZAN AD

बा

वि.सं.२०७७ भदौ ३ बुधवार

606 

shares

जब छोरी मलाई हेरेर
ढुक्कको सास फेर्छे
म मेरो विगत सम्झन्छु
मेरा बा पनि
घरमा आएपछि
म आँफू निकै सुरक्षित भएको महसूस गर्थें,
बा मेरा लागि,
बा मात्र थिएनन्,
सुरक्षा अनुभूत गराउने बिना वर्दीका प्रहरी थिए
गणितका सूत्र जस्तै मेरा समस्याका समाधान थिए ।
मेरा बा गुण्डाबाट जोगाउने,
फिल्मका हिरो भन्दा कम थिएनन् ।

मेरी छोरी पनि
मलाई सुपरम्यान सम्झन्छे
रित्ता हातबाट पैसा झार्ने जादूगर सम्झन्छे
मैले मेरा बाबाको खल्तीलाई सम्झे जस्तै
मेरो खल्तीलाई कुबेरको पेटारो सम्झन्छे ।

कसैले गर्न नसक्ने काम मैले नै गर्न सक्छु जस्तो
उसका चाहनाहरुमा मैले नै रंग भर्न सक्छु जस्तो
मानौं उसका सबै समस्याहरुसँग जानकार छू म
मानौं उसका सबै समस्याहरुका समाधान हूँ म
कसैसँग रीस उठे, मैलाई गुहार्छे
उसलाई पनि मैलाई जस्तै
बा, सबैलाई जित्न सक्ने योद्धा लागेको छ ।

तर अचानक यस्ता दिनहरु पनि आए,
यस्ता साँझहरु पनि आए,
जहाँ बा आएनन् ।
कैंयौ रातहरु बित्न थाले
बालाई नदेखि, बालाई नभेटी ।
म आमाले सुनाउने कथा सुनेर निदाउँथें ।
बाको स्पर्शबिना ब्युँझिने बिहानहरु
कति नरमाइला र उच्चाटलाग्दा लाग्थे ।
बालाई नभेटी जून भेट्नुपर्दा
बालाई नदेखी घाम देख्नुपर्दा
व्यथित हुन्थें म
लाग्थ्यो बा, मेरा पीडा नबुझ्ने भइसकेका छन् ।
मैले बालाई खोज्दा आमाको उत्तर एउटै हुन्थ्यो–
“बा भोलि आउँछन्,
मेरा सपनाहरुलाई साकार पार्ने
जादूको छडी बोकेर ।”
म आमाको भोलिमा बालाई मनमा राखेर
बा र बाले ल्याउने जादूको छडीको पर्खाईमा वर्ष बिताएँ ।
अहिले मेरी छोरी
मेरो अनुपस्थितिमा यस्तै कल्पेकी होली ।

मैले अलि ठूलो भए पछि थाहा पाएको हूँ
बा त मेरै भविष्यका लागि थकाई लाग्दा पनि
नबिसाएर विदेशका खेतहरुमा जोतिनुभएको रहेछ
होटेलका भाँडाहरुमा घोटिनुभएको रहेछ ।
कुनै दिन यसलाई पनि हेक्का हुनेछ,
म,
उसकै लागि मिहिनेत गरिरहेको छू ।
उसका सपनालाई छोएर सार्थक बनाउने
पारसमणिको जोहो गरिरहेको छू ।

वि.सं.२०७७ भदौ ३ बुधवार १२:०५ मा प्रकाशित

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

दाङ । लमही नगरपालिका र चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...