back
CTIZAN AD

मुक्तिनाथ विकास बैंकले घटायो हायर पर्चेज कर्जाको ब्याजदर

वि.सं.२०७७ भदौ ३ बुधवार

726 

shares

काठमाडौं । मुक्तिनाथ विकास बैंकले हायर पर्चेजमा ब्याजदर घटाएको छ ।

बैंकले १ भदौदेखि लागू हुने गरी ब्याजदर २ प्रतिशतसम्म घटाएको हो । बन्दाबन्दीका कारण अर्थतन्त्रमा परेको असर सँगसँगै अत्यन्त प्रवाहित क्षेत्रका रूपमा रहेको यातायात व्यवसायमा परेको प्रभावलाई मध्यनजर गर्दै ब्याजदर घटाएको बैंकले जनाएको छ ।

यसबाट चैत महिनादेखि भएको बन्दाबन्दीले सानो लगानीमा आफ्नो स्वआर्जन गरी व्यवसाय गर्दै आएका ग्राहकहरूलाई राहत मिल्ने बैंकले विश्वास लिएको बैंकका सूचना अधिकारी तिलबहादुर गुरुङले बताए ।

बैंकले ४२ जिल्लामा १ सय ३८ शाखामार्फत सबै प्रकारका बैंकिङ सेवा दिइरहेको जनाएको छ । साथै बैंकले प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्गलगायतका सेवाहरु पनि प्रदान गर्दै आएको जनाएको छ ।

वि.सं.२०७७ भदौ ३ बुधवार ११:४० मा प्रकाशित

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप...

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो एक शाखा कार्यालयको...

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

काठमाडौं । प्रभु बैंक लिमिटेडबाट रिसोर्ट निर्माण तथा जग्गा खरिदका...

कति छ आजका लागि नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजका लागि नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...