back
CTIZAN AD

आज काठमाडौं उपत्यकाका १५९ सहित ६८१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २८,९३८ पुग्यो

वि.सं.२०७७ भदौ ३ बुधवार

825 

shares

३ भदौ, काठमाडौं । नेपालमा आज काठमाण्डौं उपत्यकाका १५९ जनासहित ६८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा १३४, ललितपुरमा १७ र भक्तपुरमा ८ जना संक्रमित थपिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार आज प्रदेश १ को ओखलढुंगामा १ महिला, झापामा १६ पुरुष, पाँचथरमा १ पुरुष, मोरङमा २८ महिला र ४१ पुरुष गरी ६९ जना, सुनसरीमा ५ महिला ३१ पुरुष गरी ३६ जना संक्रमित थपिएका छन् ।

प्रदेश २ को धनुषामा ७ महिला र २१ पुरुष गरी २८ जना, पर्सामा ३४ महिला, ७४ पुरुष गरी १०८ जना, बारामा ५ महिला र १० पुरुष गरी १५ जना, महोत्तरीमा ३ महिला र ९ पुरुष गरी १२ जना, रौतहटमा १ महिला र ३ पुरुष गरी ४ जना, सप्तरीमा १३ पुरुष, सर्लाहीमा ४ महिला र १५ पुरुष गरी १९ जना, सिराहामा ४ महिला र १५ पुरुष गरी १९ जनामा संक्रमण पुष्टि भएको छ ।

बाग्मती प्रदेशको काठमाण्डौंमा ४५ महिला र ८९ पुरुष गरी १३४ जना, चितवनमा १५ महिला र ९ पुरुष गरी २४ जना, धादिङमा १ पुरुष, भक्तपुरमा २ महिला र ६ पुरुष गरी ८ जना, ललितपुरमा ७ महिला र १० पुरुष गरी १७ जना संक्रमित थपिएका छन् ।

गण्डकी प्रदेशको कास्कीमा ५ पुरुष, गोर्खामा १ महिला र २ पुरुष गरेर ३ जना, तनहुँमा ४ पुरुष, नवलपरासीपूर्वमा २ महिला र १० पुरुष गरी १२ जना, लम्जुङमा ३ पुरुष, कपिलवस्तुमा १ महिला र ५ पुरुष गरी ६ जना संक्रमित थपिएका छन् ।

प्रदेश नं ५ को दाङमा ३ पुरुष, नवलपरासीमा १ महिला,पाल्पामा १ पुरुष, प्युठानमा २ पुरुष, बर्दियामा २ पुरुष, बाँकेमा ८ महिला र १० पुरुष गरी १८ जना, रुपन्देहीमा ३३ महिला र २९ पुरुष गरी ६२ जना संक्रमित थपिएका छन् ।

कर्णाली प्रदेशको जुम्लामा २ महिला र ७ पुरुष गरी ९ जना, डोल्पामा १ पुरुष, दैलेखमा १ महिला र ३ पुरुष गरी ४ जना, सल्यानमा ५ महिला र १२ पुरुष गरी १७ जना, सुुर्खेतमा ७ महिला र ६ पुरुष गरी १३ जना संक्रमित थपिएका छन् ।

सुदूरपश्चिम प्रदेशको अछाममा ३ पुरुष, कैलालीमा २ महिला र १ पुरुष गरी ३ जना, डोटीमा २ महिला र २ पुरुष गरी ४ जना संक्रमित थपिएसँगै पछिल्लो २४ घण्टामा ६८१ जना संक्रमित थपिएका छन् । जसमा २१६ महिला र ४६५ जना पुरुष रहेका छ ।

आज काठमाडौं उपत्यकाका २०५ सहित १०१६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २८,२५७ पुग्यो

वि.सं.२०७७ भदौ ३ बुधवार १६:५० मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...