back
CTIZAN AD

लकडाउनको समयमा भए जस्तो भ्रष्टाचार र प्रधानमन्त्रीका विवादास्पद अभिव्यक्ति सुन्न नपरोस् : कांग्रेस

वि.सं.२०७७ भदौ ४ बिहीवार

750 

shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लकडाउनमा गरिएका कमजोरी र गल्तिहरुबाट पाठ सिक्न सरकारलाई आग्रह गरेको छ । बिहिबार एक प्रेस विज्ञप्ती जारी गर्दै कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले लकडाउनको बेला गरिएका कमजोरी र गल्तीहरुबाट पाठ सिकेर जारी निषेधाज्ञाको समय काम गर्न आग्रह गरेका हुन् ।

उनले लकडाउन वा निषेधाज्ञा समाधान नभएको भन्दै हल खोज्न पनि आग्रह गरेका छन् । उनले विज्ञप्तीमार्फत लकडाउनका बेलामा सरकारले प्रदर्शन गरेको विवादास्पद शैली निषेधाज्ञाको समयमा नदेखाउन पनि आग्रह गरेका छन् ।

उनले मुलुक लकडाउन भएको बेला सत्ताको द्वन्द, भ्रष्टाचार र प्रधानमन्त्रीका हलुका एंव विवादास्पष्द अभिव्यक्ति सुन्न नपरोस भनि कामना गरेका छन् ।

विज्ञप्तीमार्फत शर्माले निषेधाज्ञा लम्बिन सक्ने भन्दै प्रभावित समुदायलाई राहत दिन पनि आग्रह गरेका छन् । श्रमिक, विद्यार्थी र बेरोजगार वर्गलाई ध्यान दिन उनको आग्रह छ ।

यस्तो छ शर्माले जारी गरेको विज्ञप्ती

वि.सं.२०७७ भदौ ४ बिहीवार १७:५७ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...