back
CTIZAN AD

अत्यधिक चिसोबाट बचौँ, नत्र हुनसक्छ स्ट्रोक

वि.सं.२०७३ पुस १७ आइतवार

1K 

shares

 

१७ पुस,काठमाडौँ  । फेरिएको जीवनशैलीका कारण आजकल धेरै युवामा उच्च रक्तचापको समस्या बढाएको चिकित्सकले बताउँदै आएका छन् । जाडोमा यसैपनि मानिसको रक्तचाप उच्च हुने हुनाले धेरै शारिरीक समस्या निम्तिने गरेको छ ।

उच्च रक्तचाप देखिएपछि बिरामीले औषधि सुरु गर्ने र बीचमा छाड्ने, पानी कम पिउने बानीका कारण आजकल स्ट्रोक (नसा फुटेर रगत बग्ने वा नसामा बन्द हुने) रोगका बिरामी पनि बढ्न थालेका छन् ।

जाडोको समयमा अरु समयमा भन्दा रक्तचाप बढी भई अचानक बान्ता हुने टाउको दुख्ने समस्या भएका बिरामीको सङ्ख्या बढेको वरिष्ठ स्नायु शल्यचिकित्सक डा वसन्त पन्त बताउनुहुन्छ । उहाँका अनुसार जाडोमा पानी पनि कम पिउने स्ट्रोकको अर्को कारण भएको चिकित्सकको भनाइ छ ।

उहाँले अहिले स्नायु अस्पतालमा पक्षघात र स्ट्रोक (नसा फुटेर रगत बग्ने वा नसामा बन्द हुने) का बिरामीले भरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “स्टोक भन्नाले रगतको नसा फुटेर वा कुनै नसा बन्द भएको अवस्थालाई भनिन्छ । यस्तो भएको मानिस अचानक बेहोस हुने, बान्ता गर्ने वा पक्षघात (प्यारालाइसिस) भई शरीरको कुनै एक भाग नचल्ने पनि हुनसक्छ ।”

उहाँका अनुसार अरु समयमा स्ट्रोक हुन्छ तर जाडोमा स्ट्रोकका बिरामी बढी हुन्छन् । नसा फुटेर रक्तस्राव भएका बिरामी अझ बढी आउने गरेका छन् । बिहानै चिसोमा काम गर्ने, चिसो धाराको पानीमा टाउको थापेर नुहाउने, बिहानको घुमफिरमा जाने मानिसमा रक्तचाप अनियन्त्रित भएर पक्षघात, दीर्घरोग, मुटुसम्बन्धी रोग लाग्ने सम्भावना बढी हुने चिकित्सकको भनाइ छ ।

डा पन्त भन्नुहुन्छ, “जाडोमा स्ट्रोकका बिरामी बढी हुन्छन् । धेरै मानिस उच्च रक्तचाप भएपछि औषधि खाने र बीचमा छाड्ने गरेका कारण पनि यस्तो समस्या बढी देखिएको छ ।”

स्ट्रोकको समस्याबाट पुरुषलाई भन्दा महिला बढी प्रभावित हुने गरेको डा पन्तको अनुभव छ । महिलामा हर्मोनका कारणले बढी रक्तचाप घटबढ भइरहने र परिवार नियोजनका साधन खाने र लगाउने महिलालाई पनि बढी मात्रामा यस्तो समस्या देखिएको उहाँले बताउनुभयो ।

स्ट्रोकबाट बच्न बढी पानी पिउने, सकेसम्म परिवार नियोजनका (पिल्स, सुई, कपर्टी नरपलान्टलगायत) साधन प्रयोग नगर्ने र चिसोमा बिहानै हुस्सु लागेको समयमा बच्ने, घर बाहिर ननिस्कने, मोटरसाइकलमा बिहानै नहिँड्ने गर्नुपर्छ ।

चिसोमा अचानक बेसरी टाउको दुखेमा, बान्ता भएमा वा रक्तचाप उच्च भएमा तुरुन्त चिकित्सक कहाँ गई उपचार गराइहाल्नुपर्छ । रासस

वि.सं.२०७३ पुस १७ आइतवार १६:४९ मा प्रकाशित

कांग्रेससँगको सत्ता सहकार्य अन्त्यसँगै बागमती प्रदेश सरकारबाट एमाले बाहिरिँदै

कांग्रेससँगको सत्ता सहकार्य अन्त्यसँगै बागमती प्रदेश सरकारबाट एमाले बाहिरिँदै

काठमाडौं । केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेबीचको सत्ता सहकार्य...

नयाँ पुस्तालाई नेता चन्द्र भण्डारीको सन्देश – एकैचोटि सबै गर्न खोज्दा सफलता टाढिन्छ

नयाँ पुस्तालाई नेता चन्द्र भण्डारीको सन्देश – एकैचोटि सबै गर्न खोज्दा सफलता टाढिन्छ

काठमाडौं । नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले नयाँ पुस्तालाई जीवन,...

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने तयारी

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने तयारी

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई...

आज देशैभरी भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

आज देशैभरी भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न...

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाईते

जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाईते

अमरगढी (डडेल्धुरा) । डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा जिप दुर्घटना हुँदा...

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

काठमाडौँ । सरकारले शिक्षक सेवा आयोगको रिक्त अध्यक्ष र दुई...