back

अत्यधिक चिसोबाट बचौँ, नत्र हुनसक्छ स्ट्रोक

वि.सं.२०७३ पुस १७ आइतवार

219 

shares
NTC AD
Global IME AD
NMB Bank Limited Long Ad Banner

 

१७ पुस,काठमाडौँ  । फेरिएको जीवनशैलीका कारण आजकल धेरै युवामा उच्च रक्तचापको समस्या बढाएको चिकित्सकले बताउँदै आएका छन् । जाडोमा यसैपनि मानिसको रक्तचाप उच्च हुने हुनाले धेरै शारिरीक समस्या निम्तिने गरेको छ ।

उच्च रक्तचाप देखिएपछि बिरामीले औषधि सुरु गर्ने र बीचमा छाड्ने, पानी कम पिउने बानीका कारण आजकल स्ट्रोक (नसा फुटेर रगत बग्ने वा नसामा बन्द हुने) रोगका बिरामी पनि बढ्न थालेका छन् ।

जाडोको समयमा अरु समयमा भन्दा रक्तचाप बढी भई अचानक बान्ता हुने टाउको दुख्ने समस्या भएका बिरामीको सङ्ख्या बढेको वरिष्ठ स्नायु शल्यचिकित्सक डा वसन्त पन्त बताउनुहुन्छ । उहाँका अनुसार जाडोमा पानी पनि कम पिउने स्ट्रोकको अर्को कारण भएको चिकित्सकको भनाइ छ ।

उहाँले अहिले स्नायु अस्पतालमा पक्षघात र स्ट्रोक (नसा फुटेर रगत बग्ने वा नसामा बन्द हुने) का बिरामीले भरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “स्टोक भन्नाले रगतको नसा फुटेर वा कुनै नसा बन्द भएको अवस्थालाई भनिन्छ । यस्तो भएको मानिस अचानक बेहोस हुने, बान्ता गर्ने वा पक्षघात (प्यारालाइसिस) भई शरीरको कुनै एक भाग नचल्ने पनि हुनसक्छ ।”

उहाँका अनुसार अरु समयमा स्ट्रोक हुन्छ तर जाडोमा स्ट्रोकका बिरामी बढी हुन्छन् । नसा फुटेर रक्तस्राव भएका बिरामी अझ बढी आउने गरेका छन् । बिहानै चिसोमा काम गर्ने, चिसो धाराको पानीमा टाउको थापेर नुहाउने, बिहानको घुमफिरमा जाने मानिसमा रक्तचाप अनियन्त्रित भएर पक्षघात, दीर्घरोग, मुटुसम्बन्धी रोग लाग्ने सम्भावना बढी हुने चिकित्सकको भनाइ छ ।

डा पन्त भन्नुहुन्छ, “जाडोमा स्ट्रोकका बिरामी बढी हुन्छन् । धेरै मानिस उच्च रक्तचाप भएपछि औषधि खाने र बीचमा छाड्ने गरेका कारण पनि यस्तो समस्या बढी देखिएको छ ।”

स्ट्रोकको समस्याबाट पुरुषलाई भन्दा महिला बढी प्रभावित हुने गरेको डा पन्तको अनुभव छ । महिलामा हर्मोनका कारणले बढी रक्तचाप घटबढ भइरहने र परिवार नियोजनका साधन खाने र लगाउने महिलालाई पनि बढी मात्रामा यस्तो समस्या देखिएको उहाँले बताउनुभयो ।

स्ट्रोकबाट बच्न बढी पानी पिउने, सकेसम्म परिवार नियोजनका (पिल्स, सुई, कपर्टी नरपलान्टलगायत) साधन प्रयोग नगर्ने र चिसोमा बिहानै हुस्सु लागेको समयमा बच्ने, घर बाहिर ननिस्कने, मोटरसाइकलमा बिहानै नहिँड्ने गर्नुपर्छ ।

चिसोमा अचानक बेसरी टाउको दुखेमा, बान्ता भएमा वा रक्तचाप उच्च भएमा तुरुन्त चिकित्सक कहाँ गई उपचार गराइहाल्नुपर्छ । रासस

वि.सं.२०७३ पुस १७ आइतवार १६:४९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण  समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)...

कुमारी बैंक मोवाइल बैंकिङ एपमार्फत कर्जा लिन सकिने

कुमारी बैंक मोवाइल बैंकिङ एपमार्फत कर्जा लिन सकिने

काठमाडौं । कुमारी बैंकको मोवाइल एपमार्फत कर्जा लिन सकिने भएको...

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले गुणस्तरीय...

समाजको विकाससँगै ज्येष्ठ नागरिक पछिल्लो समय एक्लिदै गएको छ : मन्त्री शर्मा

समाजको विकाससँगै ज्येष्ठ नागरिक पछिल्लो समय एक्लिदै गएको छ : मन्त्री शर्मा

घोराही (दाङ) । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बदलिँदो...

आज पनि सुनले नयाँ रेर्कड ब्रेक गर्यो, कतिमा हुँदै छ कारोबार ?

आज पनि सुनले नयाँ रेर्कड ब्रेक गर्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । सुनको भाउले फेरी नयाँ रेर्कड ब्रेक गरेको छ...

प्रधानमन्त्री ‘प्रचण्ड’ र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा छलफल

प्रधानमन्त्री ‘प्रचण्ड’ र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा छलफल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेपाली...