back

विदेशमा नेपालीहरुको पहिचान नै ‘नेपाली टोपी’

वि.सं.२०७३ पुस १८ सोमवार

702 

shares
NTC AD

anuradha

त्यहाँ जाँदा नेपाल प्रेमी खैरेहरुले दौरा सूरुवाल त्यो नभए ठमेलमा पाइने मेड इन नेपालको झकिझकाउ नेपाली पोषाकमा नेपाली टोपी लाएको देख्नुहुनेछ । तपाँइ टाइ सुटमा जानुभएको छ भने लज्जा बोध हुनेछ । अर्को पटक देखि दौरा सुरवाल या जनजाती पोषाक सँझनुहुनेछ तँपाइले । पोषाकको कष्ट छ भने टोपी चाँही खोज्नुहुनेछ । हँसिलो नेपाली ठीटोको शिरमा टोपी देखेपछि नेपाल बारे रुचि भएको खैरे बोल्न आउँछन् आउँछन् तपाइ सँग ।

नेपालमा बस्नेहरु हो तपाइँहरु धोती र टोपीमा लँडाइ लड्नुहोला । भुस्याहा कुकुरले एकले अर्कालाई हेरेर भुके झैँ भुकिरहनु होला । तर यथार्थ यो हो टोपी हाम्रो पहिचान बनेको थियो र हो पनि । ९ थप स् २०२७ साल मँसिर २५ गते गोरखापत्रमा एक सरकारी सूचना निस्केको रहेछ सिँहदरबार छिर्ने नेपालीले अनिवार्य (‘नेपाली टोपी’ लाउनु पर्ने भनेर)। धोती हाम्रो पहिचान बन्न सकेन । अहिले जवरजस्ती बनाउन खोजिएको हो । खोजी पस्यो भने शायद टोपी भन्दा पहिलाका पोषाकहरु नेपालका जनजातीका पोषाकहरु हुनुपर्छ । तर यि पोषाकहरु सबै नेपालीका लागि मान्य भएनन । किनभने हिमालमा बस्नेले तराइको लाउन सकेन । तराइमा बस्नेले पहाडको लाउन सकेन । पूर्वको राइ र पश्चिमको मगरको सँस्कार फरक पर्यो । बाहुन र जनजातीको भाषा र सँस्कृति लवाइ खुवाइ फरक पर्यो । तर यो यस्तोमा टोपी मान्य भयो ।

नेपालमा जे जे नाटक गरेपनि बिदेशमा हामी अर्थात हाम्रा कामी, दमाइ, सार्की, गुरुँग, थारु, भोटे, पोडे, बाहुन, क्षेत्री, नेवार, छुत, अछुत सबै नेपाली दाजुभाइको ुनेपाली पहिचानु नेपाली टोपीु हो । दुविधामा नरहनुहोस । नेपाल भित्र तपाँइले परिचय खोल्नासाथ कुन जात र कुन भात हो भन्ने थाह भैहाल्छ । तर बिदेशमा चाही बिदेशी या स्वदेशीले आयोजना गरेका नेपाल सम्बन्धि कार्यक्रममा ‘टोपी’ नै हो तँपाइलाई नेपाली भनेर छिटै चिनाइहाल्ने ।

यस्ता कार्यक्रममा जाँदा खुकुरी क्रस भादगाउँले टोपी या पाल्पाली ढाका टोपी लाउनुहोस । या अरु नेपाली टोपी । त्यहाँ जाँदा नेपाल प्रेमी खैरेहरुले दौरा सूरुवाल त्यो नभए ठमेलमा पाइने मेड इन नेपालको झकिझकाउ नेपाली पोषाकमा नेपाली टोपी लाएको देख्नुहुनेछ । तपाँइ टाइ सुटमा जानुभएको छ भने लज्जा बोध हुनेछ । अर्को पटक देखि दौरा सुरवाल या जनजाती पोषाक सँझनुहुनेछ तँपाइले । पोषाकको कष्ट छ भने टोपी चाँही खोज्नुहुनेछ । हँसिलो नेपाली ठीटोको शिरमा टोपी देखेपछि नेपाल बारे रुचि भएको खैरे बोल्न आउँछन् आउँछन् तपाइ सँग । कसैले अप्ठेरो मानेको देख्नुभयो भने परिचय गरिहाल्नुस । एकछिनमा उसले टोपी बारे सोध्छ सोध्छ । टोपीको बिज्ञापनका साथ साथ मौका यहि हो नेपाली ह्यान्डिक्राफ्ट, नेपाल, नेपाली सभ्यता या इतिहास छोटो गरी बताउने ।

निर्धक्क भन्नुहोस म उत्पत्ती भएको देश कृषि प्रधान देश हो । यो टोपीले घाम पानी छेक्छ । यो टोपीले पसिना पुच्छन् मिल्छ । यसमा खाजा हालेर खाँदै हिँड्न पनि मिल्छ । जँगल जाँदा जँगली सागपात जरीबुटी -(निउरो, खोले साग, गिठ्ठा, भ्याकुर, एसेलु, अँगुर, तामा काफल,जँगली झारपात, जडीबुटी आदी) टीपेर यसमा हालीवरी घर ल्याउन मिल्छ । यो टोपी मानिसको रुचि अनुसार फरक फरक तरिकाले लगाइन्छ । खुकुरी क्रस टोपीमा हाम्रो इतिहास छ । पहिलो र दोस्रो बिश्य युद्दको । रक्तरँगिन साम्राज्यवादी इतिहास । ठूला बिश्वयुद्दले हामीलाई पनि छोएको थियो र हामीलाई पनि रुवाएर बिदा भएको थियो किनभने हाम्रो नेपालको जनसँख्या घटेको थियो दोस्रो बिश्व युद्दको बेला । (तथ्याँक्य हेर्नुहोस )
हामीहरु पिडामा बाँच्यौँ । रहरले होइन बेलायती सासकको लागि लड्यौँ । खुकुरी गोर्खा या नेपाली सेनाको बिशेष हतियार हो । अरु देशमा यस्तो हतियार छैन । बिश्वयुद्दमा नेपालको सोझो वर्ग अर्थात मगर, गुरुँग, राइहरुलाई प्रयोग गरियो । यो इतिहासलाई जीवन्त पार्ने काम टोपी मार्फत पछि भातगाउँका नेवारहरुले गरे । त्यो बेलाको भातगाउँ अहिले अर्थात काठमान्डु भित्रको भादगाउँको रुपमा परिचित छ । यो मेड इन नेपाल हो । नेपालमा बन्छ ।

पाल्पाली ढाका टोपी लाउनु भएको भए भन्नुहोस यो ढाका नेपाली दिदी बहिनीले बुन्छन् । यो क्षेत्रीय उत्पादन हो अर्थात पश्चिम नेपालको सुन्दर शहर पाल्पाको । यसमा हाम्रा दिदीबहिनीको ढाका कपडामा नया बुट्टा र रँगको कलात्मक मिश्रण झल्किन्छ । यो एक रचना हो । यो ढाकाको टोपी मात्र होइन बिबाहमा लाउने पोषाक देखि महिलाहरुले लाउने बिशेष चोलो समेत बन्छ । होला कुनै बेला अहिलेको ढाका कपडा या बुट्टा बँगलादेशको ढाका बाट आयो होला । तर यो अहिले त नेपाली पहिचान बनेको छ । यथार्थता नविगारौँ । साँचो बोलौँ । साँचो भनौँ । साँचो जानकारी दिउँ । बिदेशीले हामीलाई फटाहा र पहिचान बिहीनहरु हुन् भनेर चिन्दैनन । गरिव छन् पहिचान बोक्ने टोपी लाउँछन् रनेपाली हरु सज्जन छन् भनेर चिन्छन् ।
नेपाली या नेपाली मुलको हुनुमा गर्व गरौँ । भोली अरु जनजातिका पोषाक प्रचलनमा आउन थाले भने तिनलाई पनि नेपाली पोषाकका रुपमा बिकास गरौँला । अहिले भइरहेको पहिचान नमेटौँ ।

 पत्रकार अनुराधा पौडेलको फेसबुकबाट लिइएको

वि.सं.२०७३ पुस १८ सोमवार ०२:४९ मा प्रकाशित

ADBL AD
त्यो पहिलो महिनावारी…

त्यो पहिलो महिनावारी…

काठमाडौँ । “ह्या उता जा ! जहिले खुट्टा चढाउँछे ।”...